श्रीलंकामा खेलो फडकोः प्रदेशको बजेट हाम पार्ने दाउःसंघर्षसमितिीका अध्यक्षलाई निकाल्ने
चक्रघटी
पीबी दियाली
प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्ने भन्दै सुनसरीको वराहक्षेत्र वडा ६ र ९ मा रहेको श्रीलंका टप्पुमा ठूलो बजेट छुटयाएपछि त्यो बजेटको लोभमा हुने नहुने कुराको आर्थिक खेल शुरु भएको छ । सुनसरी जिल्ला अन्र्तगत पर्ने सो वडामा उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाबहादुर थापा स्वस्तिकले घेरेबेरा गरि आफनो हो भन्ने गरे पछि जनता आन्दोलित छन् ।
सुनसरीको वराहक्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु कोशीको पूर्वी र पश्चिमी भङ्गालोको बिचमा अवस्थित छ । पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टाप्पु आउँछ । पछिल्लो समय सुनसरीबाट उदयपुरको बेलका नगरपालिकाबाट पनि श्रीलंका टाप्पु पुग्न सकिन्छ । वषौं देखि खेती किसानी गर्दै आएको जग्गामा घेराबेरा गर्ने कार्य अवरुद्ध गर्ने सम्मको विरोध कार्यक्रम गर्दा पनि उनिहरुका समस्याका बारेमा कतैबाट सुनवाई नभएको संघर्ष समितिका उपाध्यक्ष प्रकाश चन्द्रबंशीले बताएका छन ।
‘पुस्तौं देखी बस्दै आएका हामीलाई विस्थापित गर्न स्थानीय सरकार देखी प्रदेश सरकार सम्म लागिपरेको छ यो खेल के का लागि हो? भन्दै संघर्ष समितिले आबाज उठाउंदा बराहक्षेत्र नगरपालिकाका मेयरले चुं सम्म नबोलेको बताइएको छ । संघर्ष समिति बनाएर बेलका नगरपालिकाले गर्न थालेको घेराबेरा बिरुद्ध आबाज उठाउन स्थानीय ओमनलाल चन्द्रबंशीलाई अघि सारिएको थियो अहिले ओमनलाल संघर्ष समितिबाट भाग्न खोज्दै छन उनी आन्दोलनमा आउंदैनन। कताबाट कसरी बिके वा के कुन लोभमा फसे? हामी प्रमाण खोज्दैछौं साथै ओमनलाललाई हटाएर अर्को समिति बनाउने सोचमा छौं एक पदाधिकारीले भने ।
पहिला प्रकाशपुर र महेन्द्रनगर गाबिस हुदा देखि नै सुनसरी जिल्ला प्रशासनबाटै सबै प्रशासनिक काम हुने गरेकोमा अहिले हठात त्यहाँका जनतालाई उदयपुर जिल्लामा पार्न खोजी भोग चलनको जमिन खोस्न लागेको हो की भन्ने भयले त्यहाँका जनता चिन्तित छन । । समितिले वराहक्षेत्र नगरपालिका, प्रदेश १ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिस कुसियत, मुख्य मन्त्री सेरधन राई समक्ष आफ्ना समस्या सुनाउन निक्कै चोटी छलफल कार्यक्रम राखे ।
२ बर्ष अघि सो ठाउंका जनताले उपभोग गरेको जमिन घेरावेरा गरेर कूषिकार्य गर्ने भन्दै खनजोत ग¥यो । त्यसबेला स्थानीयबासीलाई एक घर एक रोजगार दिने भनिएको थियो । तर २ बर्षमा २५ सय हेक्टर जमिनमा केही कृषिकार्य भएन ती सदस्यले भने । त्यो पैसा कहाँ गयो?कृषिउत्पादन केही नभएर कासघारीले ढाक्यो प । यसपाली वराहक्षेत्र ६ र ९ वडाको रामनगर टोलमा २५ सय हेक्टर जमिनमा स्थानीयले बिरोध गर्दागर्दै पनि बेलका नगरले ठाउँ ठाउँमा क्रमशः ४ । ५ हेक्टर कहि ६ । ७ हेक्टर जमिन घेरावेरा गर्ने रणनीति अपनाइएको छ ।

घेराबेरा बाट करिब ४ सय परिवारलाई प्रभावित जनतालाई बिस्थापित गर्न खोजिएको छ ।’ यस्तो अवस्थामा स्थानीयले भोट दिएर जिताएका वराहक्षेत्र नगरपालिका वडा अध्यक्ष, मेयर उपमेयर, मेयर, प्रदेश १ का मन्त्री जगदीस कुसियतले समेत समस्याको सुनवाइका लागि पहल नगरेकामा टप्पुबासी असन्तुष्ट भएको उपाध्यक्ष प्रकाशले बताए । घेरावेरा कार्यको अवरोध गर्दा बेलका नगरपालिकाले प्रहरी लगाएर केही जनतालाई ३ दिन थुनामा राखेको थियो । ऐलानी जमिनमा बसेका जनतालाई पुर्जा खोई ? तिमीहरु बंगाली हौ उतै जाओ भनेर निरास पार्ने काम भएको बताइएको छ । नेकपा प्रदेश कमिटि सदस्य नरेन्द्र बस्नेतले दुई पक्षीय विवाद टुङग्याउन जरुरी भएको बताए ।
बेलका नगरपालिकाले श्रीलंका टाप्पुको पश्चिमतर्फ एक हजार विघा जग्गा घेराबेरा गर्दै आएको छ । टाप्पुका बासीन्दाले भने सुनसरी र उदयपुरको सीमा विवाद रहेकाले पहिले विवाद टुंगो लगाउन माग गरेका छन् । टप्पुका स्थानियबासीको जग्गामा अहिले कोशी नदी बगिरेकोले उनिहरु टप्पुको ऐलानी जग्गामा कृषि र पशुपालन गरेर बसोबास गर्दै आएको स्थानीय युधिष्ठिर चन्द्रवंशीले बताएका छन ।
चन्द्रवंशीका अनुसार ‘नम्बरी जग्गा कोशीले बगाएको छ अहिले उपभोग गरेको जग्गा बिस्तारै नियन्त्रणमा लिने त्रासले टप्पुबासी आक्रान्त बनेका छन् । बेलका नगर पालिकामा तत्कालीन माअेबादीबाट उपप्रमुख उमेदवार संगीता किरातीले ‘सीमा विवाद टुंगो नलगाईकन विकासको नाममा जनतालाई आतंकित पार्नु हुंदैन भन्ने गरेकी त छन तर केही गर्न सकेकी छैनन ।
वराहक्षेत्र नगरपालिका भएर पनि टप्पुबासी पीडितलाई अर्को जिल्लाको नगरपालिकाले अनागरिक जस्तै गरि हेलाहोचो गर्दा बराह क्षेत्र नगरपालिका मेयरले सकरात्मक भुमिका खेल्न नसकेको देखिए पछि नेपाली कांग्रेस वराहक्षेत्र १० सभापति तेजबहादुर गुरुङ्गले आपती जनाएका छन । े नेपाली कांग्रेस वडान ९का सभापति चतुरलाल चौधरी पनि बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल देखि रुष्ट छन । बराहक्षेत्र र बेलका नगरपालिकाकाबीच असार १४ गते बैठक बसेर सहमतिमै काम अघि बढाएको बेलका नगरपालिकाका मेयर दुर्गा थापालेदाबी गरेका छन । ‘प्रदेश सरकारले ७० लाख रुपैयाँ लगानी लगाएपछि कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको झन्डै एक हजार विघा घेराबेरा गर्न थालिएको छ । कोशी टप्पु बन्यजन्तु आरक्ष समेतको मिलेमतोमा ठूलो राजनीतिक चलखेलमा भई रहेको सो कार्यको बिरोध गर्नु पर्ने ९ न वडा सभापति चौधरीको भनाई छ ।
बेलका नगरपालिकाले अघिल्लो वर्ष श्रीलंका टापुकै सार्वजनिक एक सय ६० विगाहा जग्गा घेराबेरा गरेको थियो । उनले भने ‘रातरात सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउने क्रम बढेकाले गर्दा संरक्षण गर्न बेराबेरा गरेपनि यदि सीमांकन गर्ने क्रममा सुनसरीको भूभाग परे सुनसरी लाई दिइनेछ ।’ बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरले भने श्रीलंका टापुका बासीन्दाले उठाएको माग जायज भएको बताइन् । उनले भनिन् ‘श्रीलंका टाप्पुको सीमा विवाद पहिले देखि नै हो, यसलाई बेलकाले सामान्य रुपमा लिएको छ,।’
टप्पुमा टाढा टाढ सम्म फैलिएको वस्तीमा १२ हजार घरधुरी रहेको सभापति चौधरीको भनाई छ । उक्त वस्ती बराहक्षेत्र वडा ६ र ९ को आधा जसो भागमा पर्छ । मधेशको आदिवासी चन्द्रवंशी लगायत मिश्रित समुदाय राई, लिम्बु, वाहुन क्षेत्री, मगरको बसोबास भएको वस्ती अहिले घेराबेरामा परेको हो । कोशीले घेरिएको कारण पनि टप्पुका मतदाता चुनावमा भोट हाल्न कोशी तरेर बराहक्षेत्र आउँछन् । भोट हाल्छन्, त्यो वाहेकको राज्यसँग उनिहरुको अरु लेनदेन देखिदैन । पचासौं वर्ष देखीको यही स्थितिका कारण स्थानीय सरकारले नगरका नागरिकको हिसावले टप्पुका बासीन्दालाई गर्नुपर्ने व्यवहार गर्न सकेको छैन् । स्थानीय पत्रकार संगम बिष्टले आफनो फेसबुकमा यो भनाई पोष्ट गरेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



