केराबारीमा बनमारा तस्करको दोहोलोः चारवटा ट्याक्टर, एउटा ट्रिपर र एउटा स्काभेटर समातेर कार्बाही

केराबारी÷ लक डाउनको मौका छोपेर बन क्षेत्रमा तस्करी गर्दै धमाधम काठ चोर्ने नियतले प्रबेश गराएका चारवटा सबारी साधनलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।
हाम्रा सहयोगि पत्रकार त्रिलोचन पौडेलले दिनु भएको जानकारी अनुसार श्रावण १८ गत प्रहरी सहायक निरिक्षक रमेश प्रधान नेतृत्वको प्रहरी टोलीले केराबारी ८स्थित चारकोशे झाडी आसपासमा अबैधरुपमा ढुंगा संकलन गर्दै गरेका को २ त ६७५७ नम्बरको ट्याक्टर ७२ घनमिटर ढुंगासहित, को २ त ५८१२ नम्बरको ट्याक्टर १२० घनमिटर ढुंगासहित, को २ त ७०७८ नम्बरको ट्याक्टर १२० घनमिटर ढुंगासहित र को २ त ७१२५ नम्बरको ट्याक्टर १२० घनमिटर ढुंगासहित नियन्त्रणमा लिएर सव डिभिजन बन कार्यालय केराबारीलाई बुझाएको छ । नियन्त्रणमा लिएका ट्याक्टरहरु बन कार्यालयलाई बुझाएको हो।
बन क्षेत्रमा ढुंगा लोड गर्दै गर्दा ४३२ घनमिटर ढुंगासहित नियन्त्रणमा लिएका ति ट्याक्टरहरुलाई बन ऐन २०७६ अन्तरगत कसुर ठहरिएको हुँदा बनलाई बुझाएको केराबारी प्रहरीले जनाएको छ।
यसैबीच सव डिभिजन बन कार्यालय केराबारीका प्रमुख बिक्रम अमात्यले प्रहरीले नियन्त्रणमा लिएर आँफुहरुलाई बुझाएका ट्याक्टरहरुको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धान पश्चात संघीय बन ऐन २०७६ अन्तरगत कारबाही गरिने पूर्वी खबरलाई बताउनुभयो।
यस्तै केराबारी प्रहरीले शनिबार पनि अबैध उत्खनन् गरिरहेको एउटा स्काभेटर र एउटा ट्रिपर नियन्त्रणमा लिएको छ। प्रहरीले केराबारी ९स्थित लोहन्द्रा खोलामा को १ क २३८७ नम्बरको स्काभेटर र को १ ख ४७०५ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको हो।
अवैध रुपमा उत्खनन् गरिरहेका स्काभेटर र ट्रिपर स्थानीयको सहयोगमा प्रहरी नायव निरिक्षक दिपक बरालको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका स्काभेटर र ट्रिपर कारबाहीका लागि केराबारी गाउँपालिकामा बुझाईने केराबारी प्रहरीले जनाएको छ। ती सबारी साधन कसको नाममा छन ? चालकहरु को थिए भन्नेबारे राम्रो छानबिन हुनु पर्ने स्थानीय बुद्धिजीबीले माग गरेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


