Spread the love

”मलाई हिरासत भन्दा आफ्नै भित्र रहेका अवसरवादी र चारदेवाल प्रखाल भित्रका अपराधीहरु शीत डर लाग्छ”

किनहो किन राजनीति गर्नेहरु अवसर जेल नेल यातना नभोगेका कमै होलान । तर मेरो जीवनमा म स्यानै उमेरदेखि विद्रोही सोभावको भएकोले घरको अवस्था भन्नुपर्दा बुवा हजुरबुबाको राजनीतिक पृष्ठभुमि भएकोले पनि होला म मेरो सोभावको कारण जनक्रान्तिकामा (जनताको परिवर्तन) मा होमिए । विभिन्न समयमा राज्यविरुद्वको अभियानमा भएकोले झुटामुद्दा लगाउने छोडने भने थोरैपटक भएको छैन यसको हिसाबकिताब घरमा पक्राउ पुर्जी मिसिलहरुको अध्यानबाट स्पष्ट हुन्छ । प्रहरीको कर्तव्य भनेको माथिको आदेश भन्दै राज्यका माथिल्लो निकायले जेगर भन्छ त्यहिगर्ने एउटा निकाय हो । यहाँ अलि माथिको आदेश भन्दापनी राजनीतिक दाउपेच राजनीतिक आग्रह पुर्वाग्रह जस्ता समस्याहरु तल्लीन देखापरेका छन । प्रहरीले खुलारुपमा राजनीति गर्नेत गरेको हुदैन तर काहींनकही कुनैन-कुनै कोणवाट राजनीतिवाट अछुतो हुन्छ भन्ने छैन त्यो मान्न सकिदैन त्यसैको कारण अलि धामासा बढी दिने राजनीतिक खेलकै कारण हो । प्रहरीको माथिको आदेश पालना गर्ने क्रममा कुनै नेतालाई गिरफ्तार गर्नुपर्ने छ भने उसलाई भेटन सकिएन भनेर रिपोर्ट दिदा के होला ? हामी एक आपसमा हुने लडाइँ नहुने थियोकी । हामिले उठाएका कुराहरू जायज छनकी छैन ? यो कुरा प्रहरी मित्रहरुले बुझाउनु पर्दैन एदि हामीले उठएका कुराहरु पुराभएभने उपभोग हामिले मात्र गर्नेत होइन नि योत सवैले गर्ने हैनर मित्रहरू समझदार वन्दा परिणाम सहि आउन सक्छ, एदि गलत वुझाइ हेको दृश्यले अपमानजनक, अभद्र जस्ता व्यवहार गर्नुभयोभने त्यस्ले नचाहादा नचाहादै गृहयुद्ध ननिम्तेला भन्न सकिँदैन नेता कार्यकर्ता गिरफ्तार गर्दा जुन अवस्थामा गिरफ्तार गर्नु गर्नुभएको छ त्यही अवस्थामा पेशगर्नु राम्रोहो तर प्रहरीहरुको हर्कत भने बम, बन्दुक, गोलिगठठा भिराउने गर्नुहुन्छ यसले वदलाको भाव पैदागर्छ मैले लेख्नखोजेको तिर जान्छु आजकी यो अवस्थामा मलाई दशबर्ष बस्नुपर्‍यो भनेपनी प्रहरी कस्टडिमा राम्रो लाग्न थालेको छ । प्रहरीमा पनि सबै एउटै किसिमको हुदैनन कुनैनकुनैमा मानवियता हुन्छ । त्यसैले प्रहरी कस्टडिनै राम्रो बसाइ लाग्न थालेको छ । कारागारको सवालमा कारागार भित्र त्यहाँ पनि एकखालको तानाशाही व्यवस्था देख्न पाइयो भोगियो पनि कारागारलाई एउटा छुट्टै संसारको रुपमा बुझ्दा हुन्छ । कारागार भित्रका अपराधी जो नाइके बनाइएकाहरु पुरै हदै सम्मको शासन चलाउछन कारागारमा दुइओटा प्रशासनले कारागार संचालन गरेको हुन्छ एउटा बाहिरी प्रशासन जेलरको महात्त्मा हुन्छ भने अर्को प्रशासन आन्तरिक प्रशासन भनिन्छ जो एउटा अपराधी हो त्यस्लाई चौकिदार भनिन्छ कारागार भित्रका सम्पुर्ण गतिविधि चौकिदारको महात्त्मा जुन्छ । चौकिदारको सुरक्षार्थ नाइकेहरुले गरेको हुन्छ झापाको कारागारमा नाइकेको संख्या दुई सयजति होलान चौकिदार यताउता हिन्डापनी अरु कैदि बन्दीहरुलाई बाटोबाट मान्छे हटाउने, धारामाजादा धारामा भएका मान्छे सायद लगाउने टवालेट जादा त्यहावाट पनि मान्छे हटाउने देखि कुटपिट सम्म गर्छन भित्र कुनैले तानाशाही तन्त्रका विरुद्ध वोल्योभने मर्णासन्य हुनेगरी कुटेर खाटमुनी हाल्ने बाहिर भित्र दिशा पेसाव जानुपर्दा नाईकेको निगरानीमा जानुपर्ने त्यस्ता घटना झापा कारागार भित्र घटेका घटना हुन तर बाहिरी प्रशासनलाई त्यस्को कुनै अत्तोपत्तो हुदैन । यो बिसयमा बाहिरी प्रशासनले जानकारी लिनुपर्ने हुनसक्छ बाहिरी प्रशासनको मिलोमतो पनि नाइकेहरु हामिले जेगर्दापनी हुन्छ भनेर धम्काउने तर्साउने कुटपिटगर्ने शारीरिक, मानसिक, यातनात कतिहो कति त्यस्को लेखाजोखा छैन । कारागार भित्र राखिएका पसलहरु त्यही चौकिदारको हुन्छ वाहिरबाट कुनैपनी सामाग्री छिर्न दिइदैन किनकी भित्रको सामान बेचिदैन भनेर बाहिरबाट कुनै कैदी बन्दीको आफन्तले केही सामाग्री लियोभने त्यो कब्जागरेर आफ्नो पसलमा राखेर जसको हो उसले आफ्नै सामाग्री पनि बाहिर पाउने सामानको मुल्यभन्दा दोब्बर पैसामा आफ्नै सामाग्री लिनुपर्ने यस्तो अवस्थाको जानकारी बाहिरी प्रशासन जेलरलाई किन थाहाहुदैन ? मलाई लाग्छ जेलरको पनि मिलोमतो सेटिङमा यी सबै कार्यहरु हुदा रहेछन । जेलरको काम भनेको कारागारका सम्पुर्ण समस्या हेर्ने कर्तव्य होइन ? कारागार भित्र उपचारको अभाव छ । कुनै कैदी बन्दी बिमारी पर्दा आधा एक घण्टामा हस्पिटल पुराउदा बच्ने अवस्थाका बिमारी समयमा हस्पिटल पुर्याउन नसक्नुले अकालमै कतिकोत ज्यानै गएको छ । कतिको आन्तरिक प्रशासनको कुटाइबाट ज्यान गएका छन । एउटा अपराधीले अर्को अपराधीमाथी साशनगर्न बनाइएको हो आन्तरिक प्रशासन, आर्थिक शोषण गर्नकोलागी बनाइएको हो ? राज्यको ध्यान किन जानसकेको छैन नाइके भएर भित्र कारागारमा रहेका कैदी बन्दीहरुको सेवागर्न बनाइएका असल चालचलन भएका भनेर स्टाफ बनाइन्छ स्टाफ भएर कैदी बन्दीका समस्यामा सहयोग गर्नुको साटो उल्टै शासन चलाएर तानाशाही हैकम चलाई भित्र रहेका कैदी बन्दीलाई कुटपिट यातना दिने गर्ने गराउन सुबिधा दिइएको हो कि केहो ? कारागार भित्रका चौकिदार नाइकेहरुलाई जेलको कुनै अनुभव छैन उनिहरुलाई हङकङ, कोरिया, जापान, युके, भन्दा राम्रो कमाइ त्यही कारागारमै छ । किन बाहिर निकल्थे र उनिहरु ? नेपाल अधिराज्य भरिका सम्पूर्ण कारागारहरुका व्यवस्थापनमा राज्यको ध्यानाकर्षण हुनजरुरि छ भित्र कारागारमा मुद्दा झेलेर बसेका आफ्नो कैद भुक्तान गर्ने कैदिहरुको गिरफ्तार पर्ने बेलामा पहुछ नभएकाहरु गरिविको मारमा परेकाहरुलाई मात्र जेल हो धनिहरु त्यति समय जेलमा बस्दैनन यो मेरो भोगाईले बताउछ । जेल पठाइसकेपछी राज्यले उसको अवस्था के कस्तो छ सो विषयमा ध्यान दिनु पर्छकी पर्दैन ? बिचरा कैदी बन्दीहरुको नाममा आएको स्केलहरु कुपुल्क्याउछन त्यो मेरै आखाले देखेर आएको छु । कारागार अनुगमनमा जानेहरु चाहे मानवअधिकारको क्षेत्रबाट होस चाहे गृहमन्त्रालयबाट होस उनिहरु एकसय जति नाइके हरुको विचमा यसो कारागार भित्र एक राउन्ड लागाएर कैदी बन्दीलाई उनिहरुका समस्याका बारेमा नसोधी नाइकेहरुले उनिहरुलाई एकठाउमा लगेर मिठी खानेकुरा खुवाएर बिदा गर्छन त्यो देखेर अनुगमन गर्नेहरुको नजरमा कारागार स्वर्गजस्तै छ भनेर बाहिरिन्छन भित्र बिचरा कैदी बन्दी मर्छु भन्दापनी मर्न नपाएर पिडामा छट्पटीएका हुन्छन । राजनीतिक बन्दीहरुका बिसयमा राज्यले छुट्टै खालको वयवस्था गर्नु पर्छकी पर्दैन ? हिजो राजा रजौटा पन्चहरुको पालामा राजनीतिक बन्दीका सुबिधा छुट्टै थिए बिपिको पालामा पनि राजनीतिक बन्दिलाइ राम्रो खानपिन बस्नको व्यवस्था थियो आज अरु अपराधी दरहको नजरले हेर्ने यी कम्युनिस्टभनाउदाहरुको सासनमा केत सासन चलाउनेहरुको आखामा रतन्धो लागेको होकि केहो ? यहाँ मुख्य समस्या भनेको आन्तरिक प्रशासनको देखिएको छ हिजोका दिनमा केपि ओलि पनि यो झापाको चन्द्रगढी कारागारमा म बसेकै कोठा नम्बर तिनमा नौउ साल बिताउनु भएकै हो तर विभिन्न समयमा सासनसत्ता चलाउनु भएका केपि ओलिले कारागार व्यवस्थापनमा किन चासो दिएन ? कारागार व्यवस्थापन बिभागले कानुनी रुपमा पाउनुपर्ने सुबिधा कैदी बन्दीले अझै पाउन सकेका छैनन् र नियम अनुसार नेपाल भरिका कुनैपनी कारागार संचालनमा छैनन ।

भित्र पसलहरुमा कैदी बन्दीहरुलाइ सामाग्री कुन रेटमा बेचिदैछ भन्ने बिषयमा जेलरलाई जानकारी हुनुपर्छकी पर्दैन ? मैले हाल बाहिर निस्केर फोनगरेर सोध्दा जेलरले केहिपनी थाहाछैन भन्नू कतिको सहि हो ? झापा जिल्लाको कारागार सुधार गृहनभएर यातना गृहहो भन्न सकिन्छ । नाइकेहरुका राज्यले दिएको सुबिधा बाहेक अरु भित्र आर्थिक शोषण गरेर कमाउने प्रवृत्तिको अन्त गरिनु पर्छ । फोन गर्न फोनको प्रती मिनेट एक रुपया गराउनु पर्छ । सहुलियत पसलको व्यवस्थापन गरिनुपर्छ । सम्पुर्ण कैदी बन्दीहरु यो राज्यले आफ्नै नागरिक हुन भने बिस्वास दिलाउनु पर्छ ।
एदि कारागार व्यवस्थापन राम्रोसित भएनभने एकदिन बिद्रोह हुनेछ र तानाशाही प्रवृत्तिको अन्त्य गर्ने छन ।
धरान हिरासतमा लेखिएको योलेख बिप्लब नेतृत्वको बिद्रोही नेकपाका सुनसरी जिल्लाका पुर्व जिल्ला सेक्रेटरी सन्तोष बिष्ट को हो