रामायण पढेर कम्युनिष्ट बनेका ओली, जसलाई यो परिवर्तनको माया छैन !
anis tamang
एउटी आमालाई आफ्नो सन्तानको माया जति लाग्छ, अरुको र अरुलाई त्यति लाग्दैन । कारण हो, ती सन्तानलाई जन्माउन जति पीडा आमाले सहनु पर्छ, त्यति अरुले पर्दैन । पीडा जसले पाउँछ। त्यसको महत्त्व उसैले बुझ्ने हो ।
यो प्रसंग म किन जोड्दैछु भने यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको व्यवहार हेर्दा उहाँलाई यो व्यवस्था माथिको खतरा र कम्युनिस्ट आन्दोलनको चिन्ता एकछेउ पनि छ जस्तो मलाई व्यक्तिगत रुपमा लाग्दैन ।
दुई-दुई पटक मृगौला प्रत्यारोपण गर्ने ओली अनि उहाँको शेषपछि सम्पत्ति खाने कोही छैन यस्तो नाफाको जिन्दगी बाँचिरहेका व्यक्तिले देशको लागि केही गर्लान् भन्ने एकथरी मानिसहरुको विश्लेषण थियो तर यो अनुमानले समेत फेल खाइसकेको अवस्थामा हामी छौँ । उनी अध्यक्ष रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी र उनी नेतृत्वको कम्युनिस्ट सरकारको दिनहुँ बदनाम भइरहेको छ, यसको एकमात्र कारण भनेको ओली नै हो र ओलीको यसमा ठूलो भूमिका छ भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन ।
ओलीको सबै भन्दा नजिकका विश्वासपात्र रक्षामन्त्री ईश्वर पोख्रेल कोरोनाको महामारीको बेला ओम्नि प्रकरणमा मुछिए, महासचिव विष्णु पौडेल बालुवाटारको जग्गा प्रकरणमा मुछिए, ओलीकै घरमा जेठो छोरा जसरी हालीमुहाली गरेर बसेका पूर्वमन्त्री गोकुल बास्कोटाको तेत्रो घुस माग्दै गरेको अडियो टेप सार्वजनिक भयो, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको पनि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा हिनामिना गरेको आरोप लाग्यो ।
जनता यी सबै प्रकरणहरुमा प्रधानमन्त्रीले उच्चस्तरीय छानबिन समिति बनाएर एक्सन लिने आसा गरेका थिए तर त्यो भएन जनतामा विस्तारै निराशा पैदा हुदै आयो ।
पछिल्लो चरण प्रधानमन्त्री केपी शर्मा ओलीमा यति धेरै दम्भ र घमण्ड पैदा भयो कि न त उहाँलाई पार्टीको निर्देशन मान्नुपर्छ भन्ने लाग्यो न त जनता जनार्दनको अवाज सुन्न । उहाँ यसरी अगाडि बढ्नु भयो कि मैले बोलेपछि सक्यो, जसले म विरुद्ध कुरा उठाउँछ तिनीहरू सबै विदेशी दलाल हुन् । पार्टी सचिवालयको कुरा नसुनेपछि स्थायी समितिको बैठक बोलाए तर स्थायी समितिको बैठक एकतर्फी स्थगित गरेर पार्टी फुटाउने चेतवानी दिए ।
देशमा भर्खरै संघीयताको अभ्यास भइरहेको छ, यही संघीय गणतन्त्रको लागि हजारौंको बलिदान भएको छ, हजारौं घाइते भएका छन् तर यही व्यवस्था असफल पार्ने दिशामा प्रधानमन्त्री उन्मुख देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली किन यति धेरै अराजक भए, किन कम्युनिस्ट चरित्रबाट विचलित भए भनेर उहाँको थोरै इतिहास र राजनीतिक पृष्ठभूमिको अध्ययन् गर्ने हो भने सबै चिज छर्लङ्ग हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा वि.स. २०२९ सालमा २१ वर्षको उमेरमा झापामा केही व्यक्तिको हत्या गरि रौतहट स्थित माधव नेपालको घरमा लुकेर बसेका बेला वि.स. २०३० मा २२ वर्ष टेक्दा–नटेक्दै गिरफ्तारमा परे । उहाँलाई विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा १४ वर्ष लामो काराबास राखियो ।
उहाँको उर्जाशिल युवा उमेर काराबासमै बित्यो । त्यतिबेला पञ्चायती व्यवस्था भएको कारण काराबासमा कम्युनिस्ट किताबहरु पढ्न पाउने कुरै भएन । त्यहाँ उपलब्ध भएका अरु धार्मिक किताबहरु रामायण, महाभारत लगायत पढेर समय बित्यो । माक्र्सवाद पढेको भए धेरेथोर कम्युनिस्ट आचारण र चरित्र थाहा पाउथे होलान् तर जिन्दगीभर महाभारत र रामायण पढेर शक्तिमा कसरी पुग्ने, मान्छेलाई कसरी चक्रभ्युमा फसाउने, मान्छेलाई कसरी जुधाउने, फुटाउने बाहेक अरु उहाँले सिक्नु भएन, सिकेको भए व्यबहार देखिनु पर्थ्यो ।
ओली १४ वर्ष पछि वि.स. २०४४ मा काराबासबाट निस्किदा ३६ वर्षको उमेर भएको थियो । १४ वर्ष रामायण पढेर निस्केको ओली आफु भन्दा ८ वर्ष कान्छी बैंकको जागिरे भइसकेकी पाटनकी राधिका शाक्यसँग् विवाह गरे । रामायणबाट प्रभावित ओली २ वर्ष जति राधिका शाक्यको पिरतीमा डुबेर निस्किदा देशमा बहुदल आइसकेको थियो । बहुदल ल्याउन ओलीको केही योगदान छैन भनेर त उहाँसंगै जेल बसेका सिपी मैनालीले पटक–पटक भनेका छन् । लामो समय जेलमा बसेको कारणले पार्टीले नै उहाँलाई २ वर्ष छुट्टि दिएको कुरा समेत उल्लेख गरेको छ ।
नेपालमा बहुदल आइसकेपछि पनि पार्टी भित्र मनमोहन अधिकारी र मदन भण्डारीको चर्को विवाद थियो । ओली पनि पार्टी भित्र कुनै विशेष स्थान नहुँदा राजनीतिक बेरोजगारी भएको बेला २०४७ मा देशभरका युवाहरूका लागि छुट्टै संगठन आवश्यक पर्ने नीति बनाएर प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष ओलीलाई बनाएपछि ओली राजनीतिमा कमब्याक भएका थिए । ओलीलाई अध्यक्ष बनाउनु पछाडि सम्पुर्ण युवाहरूलाई एक बनाएर मनमोहनहरुलाई लाइनमा ल्याउने मदन भण्डारीको उदेश्य थियो तर यसमा पनि ओलीले सधैं दोहोरो भूमिका खेलिरहे ।
गणतन्त्रको लागि प्रचण्ड–बाबुराम–वैद्यहरुले २०५२ साल जनयुद्धको घोषणापछि ओली सधैं माओवादीलाई सत्तोसराप गरेरै दिन बिताए । यो व्यवस्था परिवर्तनको लागि हजारौं युवाहरु युद्धमा होमिए, अन्तिममा ०६२÷६३ को जनआन्दोलनमा नेपालका सबै दल एक ठाउँँमा उभिएर गणतन्त्रको लागि सडकमा निस्किँदा ओली दुईचार ओटा मिडिया बोलाएर कौसीमा काजु चपाउँदै ‘नेपालमा गणतन्त्र आउछ भन्नु बयलगाडा चढेर अमेरिका पुग्नु सरह हो’ भनेर खिल्लि उडाउँदै बसे ।
नेपालमा गणतन्त्र सँगसँगै संघीयताको कुरा उठाउँदा बाख्राको टाउको भैसीको सिङ भनेर फेरि ओलीले आफु संघीय विरोधी भन्ने प्रमाण पेस गरे । आज देशमा संघीय गणतन्त्र, समानुपातिक समावेशिता, धर्म निरपेक्षतासहितको राष्ट्र छ । देश संघीयताको अभ्यासमा छ तर विडम्बना यतिबेला तिनै संघीय गणतन्त्र विरोधी ओलीको नेतृत्वमा सरकार छ । अरुले लडेर ल्याएको गणतन्त्र प्रति ओलीको माया छ भन्ने कुरामा अब कसैले विश्वास गर्छन् भने त्यो मुर्खता मात्रै हुनेछ ।
महाभारत पढेर कम्युनिस्ट भएका ओली गोठालो बस्न जाँदा मालिक कम्युनिस्ट नहुदो हो त आज कम्युनिस्ट हुने थिएन । माक्र्सवादी अध्ययनको हिसाबले कांग्रेसको गगन थापाहरु जति पनि चेत नभएको कुरा व्यबहारमा ओली देखिन्छ । जो ओलीको पछाडि लागे उनिहरुले पनि कहिल्यै कम्युनिस्ट चरित्र कस्तो हुनुपर्छ सिकेन र सिकाएनन् । जसले ओली बा भनेर सम्बोधन गर्थे फेदको मान्छेलाई टुप्पोमा तानेर माथि ल्याइदिए, जसले कम्युनिस्ट विधि र पद्धतिको कुरा गरे, लेनिनवादी संगठनात्मक सिद्धान्तको कुरा गरे उनिहरु सधैं पछाडि पारे। त्यसैले पनि ओलीलाई न त कम्युनिस्ट आन्दोलन प्रति चिन्ता छ न त यो व्यवस्था ओजेलमा पर्छ भन्ने सुर्ता छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


