Spread the love

बेलबारी
मालपोत कार्यालय बेलबारीमा दैनिक सेवा लिनको लागि उर्लाबारी, ईटहरी, लेटाङ, पथरी, सुन्दरहरैचा लगायतका क्षेत्रबाट दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आवजजावज भएपछि जोखिम बढन थालेको छ ।

नेपाल कोरोना संक्रमण दिन दिननै बढिरहेको बेला बेलबारीमा रहेको मालपोत कार्यालयको दैनिक सेवा खुल्ला भएपछि संक्रमण फैलिने त्रास देखिएको छ ।

सामाजिक दुरी कायम नभएको

मालपोत चोक एक स्थानियबासीले कोरोना संक्रमण बढिरहेको बेला नगर भित्र लकडाउनका कारण नगरपालिका, सबै वडा कार्यालय, बैक, पसल, होटल आदि क्षेत्रहरु बन्द हुदा पनि मालपोत कार्यलय बन्द नहुदा झन संक्रमण फैलिने डर भएको बताएको छ । स्थानीय सरकारले लकडाउन गरेपछि मालपोत कार्यालयमा आउने सेवाग्राही आफैले लकडाउन पालना नगर्दा जोखिम बढन सक्ने मालपोत चोकका स्थानीयबासी जेनिस श्रेष्ठले बताए ।

यता नगरपालिकाले लकडाउन गरे पनि संघीय सरकारबाट कुनै परिपत्र नआए सम्म मालपोत कार्यालय बेलबारीको दैनिक सेवा बन्द गर्ने नमिल्ने मालपोत कार्यालयका एक कर्मचारीले बताए ।