प्रभाबकारी ढंगको लक डाउन घोषण गर्न ढिला नगर सरकार!
सम्पादकीय
बिश्व ब्यपि महामारीको रुपमा फैलिएको कोबिड१९नामको
कोरोना भाईरसको संक्रमाण रोक्नकोलागि नेपाल सरकारले पहिलो पटक गत चैत ११ गते लक डाउन घोषणा गरयो । साउन ७ गते सम्म भएको लकडाउनलाई असार लागेपछि सरकारले खुकुलो पारेको थियो । कतिपयले बिपन्न जनतालाई राहत दिन नसकेर खुकुलो पारेको पनि भने । कतिपयले कर असुल्नकोलागि खुकुलो पारेको पनि भने । लकडाउनको महत्व के हो? किन लक डाउन गरियो? लकडाउन गरेपछि स्वास्थ्य उपलब्धीहरु के के भए?कति जनालाई चेक गरियो? चेक गर्दा के कस्तो नतिजा आयो? भन्नेबारे सरकारी तवरबाट जनतालाई जानकारी त भयो तर बाहिरबाट आउने संक्रमित ब्यक्तिहरुलाई ब्यबस्थित रुपले चेक जाँच गराएर उचित मापदण्ड अनुसार ब्यस्थित गर्न सकेन । खास गरि भारतबाट नेपाल आउनेहरुको आबगमनलाई सरकारले उचित ढंगले कडाई गरेन । भारत बाहेक अन्य देशबाट आफनै खर्चले नेपाल आउनेहरुको पनि राम्रो ढंगले चेकजाँच गर्न सरकार असफल रहयो। समुदाय स्तरमै उब्जिएको कोरोना नभई ने
पालको सन्दर्भमा बाहिरबाटै भित्रिएको हो भन्ने कुरालाई जान्दा जान्दै पनि सरकारले कडाई गरि नियन्त्रण गर्न सकेन । अहिले सुरक्षाकर्मी, डाक्टर,ब्यपारी,कर्मचारी मात्र होइन बिधायक संसदहरुलाई पनि यो संक्रमणले सताएको छ । जनतालाई पर्याप्त मात्रामा सेवासुबिधा दिएर घरमै बस्न लगाउनु पर्नेमा सरकार त्यो काम गर्दैन । सुबिधाको नाममा केही किलो दाल चामल दिने त्यही पनि आफन्त नातागोता अनि राजनीतिक रुपले भोटर्सलाई फोकस गरेको पाइयो । गुणस्तरहीन सामाग्रि दिएको र सिंगो हिसाब देखाउंदा नपत्याउंदो खर्च उल्लेख गरेपछि सरकारसंग जनता खुसि छैनन। शुरुमै स्वास्थ्य सामाग्रि भित्रयांदा मन्त्रीहरुले गरेको अमिल्दो गतिबिधीदेखि जनता रुष्ट थिए। कोरोनाको नाम भंज्याएर कमाउधन्दामा लाग्ने सरकारका केही मन्त्रीहरुलाई प्रधानमन्त्रीले केही कार्बाही गरेनन । उल्टै संरक्षण गरेर टाउकोमा टेकाए । ल्यायएका सामाग्रिहरु गुणस्तरहीन र मंहंगा भएपनि जनता बाध्य छन । चेक जाँचको रिपोर्ट बिश्वास योग्य ढंगले आएको छैन । दिन दिनै ठाउंठाउंमा जनतालाई कोरोना भाइरसको संक्रमणले गाँजिरहेको छ । दिनहुं बढदै छन । तर सरकारले चित्त बुभ्mदो कुनै नियन्त्रण सम्बन्धी कार्यक्रम ल्याएर संक्रमाणलाई घटाउने काम गरेको छैन । जनतालाई प्रर्याप्त खाध्यन्न,सुरछित र उचित आबगमन लगायत बास,कपास,औषधीको ब्यबस्थाको ग्यारेण्टी गरि प्रभाबकारी ढंगको लक डाउन घोषण गर्न ढिला नगर सरकार ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


