लकडाउनमा जाने कि नजाने भनेर प्रधानमन्त्रीले जनस्वास्थ्यविज्ञसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् ।
समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको सीसीएमसी निकट स्रोतले बाह्रखरीलाई जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।
यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।
“दोस्रो चरणको लकडाउनको कार्ययोजना त बनेको छैन । विज्ञहरूले के सुझाव दिनुहुन्छ, त्यसआधारमा कार्ययोजना तय होला,” कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्देशक समिति निकट स्रोतले बाह्रखरीसँग भन्यो ।
कोरोना संक्रमण समूदायमा फैलिएपछि स्थानीय तहले आवागमन रोक्नेदेखि निषेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् । पछिल्लो समय एक नम्बर र दुई नम्बर प्रदेश उच्च जोखिममा रहेका छन् । वीरगञ्ज, विराटनगर महानगरपालिका जोखिम डरलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जोखिममै रहेको विज्ञहरूले औंल्याएका छन् ।
“संक्रमणको अवस्था हेर्दा अहिलेसम्म नियन्त्रणमै छ । कस्तो रणनीति अपनाउँदा यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न लागेको बुझेका छौं,” स्रोतले भन्यो । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ भने २० हजार ३३२ जना संक्रमित छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


