छुवाछुत विरुद्ध ‘संयुक्त जागरण अभियान’को तयारी
संयुक्त जागरण अभियानको बारेमा जानकारी दिँदै संयुक्त संघर्ष समितिका संयोजक दिपक ठटाल ।
जातीय छुवाछुत तथा सामाजिक विभेद अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले आठ महिने संयुक्त जागरण अभियानको तयारी गरेको छ । नेपालको संविधानमा ‘कुनै पनि व्यक्तीलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि सोको कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै संयुक्त संघर्ष समितिले मुक्ती आन्दोलनलाई शसक्त बनाउने तयारी गरेको हो ।
जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले आईतबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछुत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ ।
जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै बनाइएको संघर्ष समितिले पछिल्लो समय आफ्नो संघर्षका कार्यक्रमलाई जातीय विभेदका बिरुद्ध ‘डाइभर्ट’ गरेको हो । छुवाछुत बिरुद्धको जागरण अभियानलाई सशक्त बनाउनका लागि आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिका स्तरिय संघर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्ला स्तरिय अन्तरक्रीया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तरक्रीया गर्ने, मंसिर १३ गते पालिका स्तरिय कमिटिसँग अन्तरक्रीया गर्ने कार्यतालिका बनाइएको संयुक्त संघर्ष समितिका संयोजक दिपक ठटालले बताउनुभयो ।
यस्तै, पुस २ गते जिल्लाका सबै वडामा एकै दिन वडा संघर्ष समिति गठन गर्ने, पुस र माघ मसान्तसम्ममा पालिका स्तरमा प्रशिक्षण, तालिम, गोष्ठी, अन्तरक्रीया गर्ने, फागुन १ गतेदेखि मसान्तसम्ममा मार्चपास, मसाल जुलुस, खुला आमसभा गर्ने लगायतका विभिन्न दवावमुलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम निर्धारण गरिएको संयुक्त संघर्ष समितिले जनाएको छ ।
चैतभरी अभियानको समिक्षा गर्ने र आगामी कार्यक्रमको तयारी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सत्तामा पुगेपछि ‘जातीय विभेद सकियो’ भन्ने शासकका कारण आफुहरु मुक्ती आन्दोलनमा लाग्नु परेको जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्माले बताउनुभयो । ‘समतामुलक समाज निर्माणका लागि छुवाछुतमुक्त समाज हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन हुने जागरण अभियानमा क्रमशः अन्य जिल्लालाई ‘कन्भिन्स’ गर्ने तयारी गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा आदिवासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले जातीय भेदभावका सवालमा हालसम्म प्राप्त उपलव्धीलाई कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले जिल्लामा सांकेतिक हतियार प्रदर्शन, १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


