Spread the love

इटहरी।
सुनसरीको इटहरीमा इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा सङ्क्रमणको पुष्टि भएपछि उनी कसरी सङ्क्रमित हुन पुगे भन्ने कौतुहलता बढेको छ । कोरोना सङ्क्रमणको पुष्टि भए पश्चात् कर्मचारी कसरी कोरोना संक्रमति भए सोधीखोजी हुन थालेको छ । उनी कसरी सङ्क्रमित भए भन्ने विषय थप जटिल भएको छ ।
तर कोरोना सङ्क्रमित कर्मचारीको घरमा भारतीय कामदारहरु केहि रात क्वारेन्टाईनमा नबसी बसेको छिमेकीहरुले बताएका छन् । इटहरीको जनता स्कुल निमार्णधिन छ । त्यहाँका ठेकेदारले भारतबाट सेटिङमा कामदार ल्याएको र उक्त कामदार एक रात उनै इन्जिनियरको घरमा बसेका थिए । भारतबाट आएकाा मुस्लिम समुदायका ती कामदारलाई पछि क्वारेन्टाईनमा राख्ने भने पछि भागेर उनी भारत तिरै गएको स्रोत्रले बताएको छ ।
कोरोना सङ्क्रमित इन्जिनियरका छिमेकीहरुले भने भारतबाट आएका मजदुरहरुबाट सरेको बताउँदै आएका छन् । उनका घरमा भाडामा बस्नेहरु सँग भारतबाट आएकाहरु बसेको स्थानीयहरु बताउँछन । तर यस विषयलाई प्रहरी प्रशासन र स्थानीय सरकारले कर्मचारीलाई कोरोना स¥यो भन्ने यथार्थ पत्ता लगाउन नसकेको खण्डमा कोरोना कहरबाट बच्न सबैको पिसिआर परिक्षण अनिवार्य गर्नुपर्छ । भन्ने आवाजलाई थप मद्धत पुग्नेमा दुईमत छैन अन्यथा उनलाई कसरी सङ्क्रमण भयो भन्ने पत्ता लगाउनुको विकल्प छैन । सुनसरी,मोरङ र झापामा समुदायमा कोरोना सङ्क्रमण फैलिन सुरु भएको छ । अहिले सुनसरीको धरान,इटहरी,विराटनगर तथा झापाका विभिन्न ठाउँहरूमा कोरोना सङ्क्रमण दिनानुदिन बढ्दो छ । विश्वमै कोरोना कहरले प्रताडित मानिस सायदै कोही नहोला । सूचना र प्रविधिको सहज पहुँचका कारण कोरोना सङ्क्रमण,मृत्यु र निदानका विषयमा दिनहुँ अद्यावधिक तथ्याङ्क आईरहेका छन् ।

नेपालमा अधिकतम सङ्क्रमित ट्राभल हिस्ट्री भारत भएका व्यक्तिहरु रहेको पुष्टि भइसकेको छ । तर इटहरीका सङ्क्रमित कर्मचारीले लकडाउन शुरु भए पश्चात सङ्क्रमण फैलिने उच्च सतर्कता अपनाउँने गरेको उनी निकट साथीभाईहरु बताउँछन ।

इटहरीका कर्मचारीलाई सङ्क्रमणको स्रोत पत्ता नलाग्ने हो भने हामी कोरोना सङ्क्रमणको उच्च जोखिममा छौं ।

इटहरीमा हामी धेरै नागरिक लामो ट्राभल हिस्ट्री नभएका पनि छौं,जसरी इटहरीका सङ्क्रमित कर्मचारीको पनि लामो ट्राभल हिस्ट्री थिएन । यहि तथ्यलाई मनन गर्ने हो भने पिसिआर परिक्षणको दायरा फराकिलो बनाउनुको विकल्प छैन । इटहरीका कर्मचारीको सङ्क्रमणको स्रोत पनि पत्ता लगाइ सार्वजनिक गर्नु जरुरी छ ।

इटहरीमा कर्मचारीमा कोरोना पुष्टि भए सँगै अन्य उनका आफन्त तथा साथीभाईहरुको पिसिआर टेष्ट भएको छ । तर रिपोर्ट नआएकै अवस्थामा अधिकांस नजिकका कर्मचारीहरु क्वारेन्टाईनमा बसेका छैनन् । बरु बजारका चिया पसलहरुमा गफिने गरेका छन् ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीमा कोरोना फैलिएको कारण चिन्ता ब्यक्त गरको छन् । इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमित भए सँगै उनका छोरा सहित ४ जनालाई कोरोना पुष्टि भईसकेको छ ।

इटहरीमा जनप्रतिनिधिको सवारी चलाउँनेहरुलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणको दायरा बढाउँने बताएको छ । अहिले सम्म कर्मचारीलाई कोरोना पुष्टि भए पश्चात् २ सय बढिको कोरोना टेष्ट भएको मेयर चौधरीले बताए ।

इटहरी उपमहानगरपालिकाबाट २ सय बढिको पिसिआर टेष्ट भएको र बाँकीको रिपोर्ट आउ पछि मात्र उपमहानगरले थप कदच चाल्ने तयारीमा रहेको इटहरीका मेयर द्धारिकलाल चौधरीले बताए । पिसिआरको दायरा भने बढाउँदै लौजानको चौधरीको भनाई थियो ।

इटहरी उपमहानगरपालीकामा अहिले सम्म कुल १२ सय जनाको पिसिआर चेक गरिएकोमा १९ जनामा काेराेना संक्रमण भेटिएको जनाइएको छ । बिभिन्न समयमा गरिएको पिसिआर चेकिङमा अहिले सम्म १९ जनामा संक्रमण देखिएको इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो ।

त्यस्तै कोरोना जितेर १४ जना घर फर्किसकेको पनि उहाले जानकारी दिनुभयो ।भारतको बिहार हुदै घर फर्किएका , बैदेशिक रोजगारबाट घर फर्किएका र समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित सहित इटहरीमा कुल १९ जनामा संक्रमण पुस्टी भएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ ।

बैदेशिक रोजगारबाट फर्किएका र भारतबाट फर्किएकाहरलाइ इटहरी स्थित जनता कलेजको क्वारेन्टिनमा राखिएको र कोरोना पुस्टी भएसंगै बिपि प्रतिष्ठानको आइसोलेसन र कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखि उपचार गराइएको थीयो ।

उपचारमध्ये १४ जना कोरोना जित्दै घर फर्किएका छन एक जनाको अझै उपचार जारी रहेको बताइएको छ । त्यस्तै इटहरी उपमहानगरको इञ्जिनियर सहित ४ जनालाइ होम आइसोलेसनमा राखेर उपचार पदति सुरू गरिएको जनाकारी प्राप्त भएको छ ।

उपमहानगरको इञ्जिनियरलाइ गत साउन १५ गते कोरोना पुस्टी भएसंगै उपमहानगर भित्रका कर्मचारी र उनको परिवार सहित बिभिन्न चरणमा २७२ जनाको पिसिआर द्धारा स्वाव संकलन गरिएकोमा बिपि प्रतिष्ठानबाट प्राप्त रिपोर्ट अनुसार थप तिन जनामा कोरोना पुस्टी भएको थीयो ।

यो संगै अब इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १९ पुगेको छ भने आइसोलेसनवार्डमा उपचार गराउनेको संंख्या ५ पुगेको छ । २७२ जना मध्ये हाल सम्म ६६ जनाको मात्र रिपोर्ट सार्वजनिक भएको छ भने बाकिको आज साझ सम्ममा आइसक्ने र तत्काल इटहरीलाइ लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी थालिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताउनुभयो ।