फेरि लकडाउन हुन सक्ने ः समुदायमा कोरोना फैलिएको आशंकाले धमाधम परिक्षण हुंदै पत्रकार पनि जोखिममा
pb diyali
इटहरी उपमहानगरपालिकाम इन्जिनीयरलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरले बिशेष ध्यान दिएको छ ।

इटहरीको जनता क्याम्पसमा नगरपालिकाले नै ब्यबस्थापन गरेको क्वारेनटाइनमा बिशेषज्ञहरु बोलाएर समुदायमै कोरोना फैलिएको हो या होइन भन्ने कुरो थाहा पाउने गरि जाँच गर्न थालेको छ । पहिलो दिन हिजो उपमहानगरका जनप्रतिनिधी लगायत केही संख्या गरि ७० जना र आज शनिबार सोही क्याम्पसमा पत्रकार,कर्मचाचरी,ब्यपारी,शिक्षक,सुरक्षाकर्मी लगायत ७० जनाको स्वाब परिक्षणको ब्यबस्था गरिएको छ । पत्रकारहरु धेरैतिरको सम्पर्कमा रहने भएकोले अघिल्लो खेप इटहरी कार्यक्षेत्र भएका २० जना लाई परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । अहिले दोस्रो खेप ५ जना पत्रकारहरुको स्वाब परीक्षण भएको छ । पत्रकार पीबी दियाली,धनबहादुर पुरी, सुमन पुरि,बिमल रेग्मीलगायतको परिक्षण भएको नेपाल पत्रकार महांसंघ सुनसरी अधयक्ष अमर खडकाले बताएका छन । इटहरी उपमहानगर भित्र पर्ने २० वटा वडालाई लक्षित गरि सबै वडाका कर्मचारी समेटिने गरि साथै केही वडासदस्य र कार्यपालिका पदाधिकारीहरु परीक्षणमा क्रमश रहदै जाने कुरा कार्यपालिका सदस्य गौरी परियारले बताएका छन । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

संक्रमितको संख्या बढेसँगै कोरोनाबाट हुने मृत्युदरसमेत बढेको छ। विशेषगरी सीमावर्ती क्षेत्रमा कोरोना संक्रमणको दर बढ्को छ। पछिल्लो समय वीरगंजमा संक्रमित र मृत्युदर बढिरहेको छ।
लकडाउन अन्त्य भएपनि सुरक्षा मापदण्ड अपनाउन सरकार र विज्ञले सुझाव दिँदै आएका छन्। तर सर्वसाधारणले सुरक्षा मापदण्ड नअपनाएको भन्दै विज्ञहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्। कोरोना भाइरस समुदायस्तरसम्म नै फैलिन थालेको भन्दै केही समयको लागि फेरि लकडाउन गर्न सरकारमाथि दबाव बढ्दै गएको छ।
काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणको संख्या दैनिक बढिरहेको छ। कोरोनाको केन्द्र काठमाडौं हुने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन्। बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा भित्रिनेमा कोरोना संक्रमण देखिएपछि गृहमन्त्रालयले साँझ सातदेखि विहान सातबजेसम्म काठमाडौं भित्रिन रोक लगाएको छ।
काठमाडौमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन लगाउन सरकारमाथि दबाव बढेको छ। अहिले पनि विभिन्न शहरहरुमा लकडाउन लगाउन थालिएको छ।
सावधानी नअपाए भयावह हुने चेतावनी
कोरोना संक्रमण समुदायमा फैलिइसकेको अनुमान गरिएको छ। तर सर्वसाधारणले सावधान अपनाउन छोडेपछि विज्ञहरुले भने स्थिति भयावह हुने सक्ने चेतावनी दिएका छन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


