कोरोनाको जोखिम बढेपछि धरान बजारमा हलचल
धरान
खिलाnatha कोइराला
समुदाय स्तरमा कोरोना पुग्ने जोखिम बढेपछि सर्वपक्षीय बैठक बस्दै धरानमा औषधी र खाद्यान्न तरकारी बाहेक अन्य बजार पसल विहान ९.०० बजेदेखि बेलुका ५.०० बजेसम्म मात्रै खुल्ने भएका छन ।
धरान–१३ का युवामा संक्रमण देखिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको सर्वपक्षिय बैठकले सतर्कता अपनाउनको लागी भन्दै ८ घण्टा मात्र बजार पसल खोल्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले वताए ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र नै ती यूवालाई संक्रमण भएको भन्ने तथ्य बाहिर आएपछि सर्वपक्षीय बैठकले बजारमा भिडभाड बढेको भन्दै खाद्यान्न, तरकारी र औषधीको पसल सधैँ खुल्ला गर्ने र अन्यलाई बिहान ९.०० बजेदेखि ५.०० बजेसम्म मात्र खोल्न दिइने निर्णय गरेकोे हो । सबै पसलहरुमा सामाजिक दुरी कायम, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने लगायतलाई कडाई पनि गरिने भएको छ ।
बैठकले कोरोना संक्रमण भएका विरामी ओसार पासार लागी एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने शव वहान व्यवस्थापन गर्न शुक्रबार ११.०० बजे एम्बुलेन्स सञ्चालक र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाउने तयारी भएको बताइएको छ । सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले मकालु टुडेलाई वताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


