विराटनगर बजारमा थप कडाई गरिने

विराटनगर । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको छ.
नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको खण्डमा जरिवाना तिराउनेसम्मको निर्णय बैठकले गरेको छ ।
अटो तथा सिटी रिक्सामा एकलाइनमा एकजनामात्रै यात्रु बोक्न पाउने, निजी प्लेटका सवारी साधनले सिटमा दुरी कायम गर्नुपर्ने, नगरे जरिवाना गर्ने निर्णय गरिएको छ ।
लकडाउनको पूर्वतयारीका लागि पहिलो चरणमा स्वास्थ्य, सुरक्षा र यातायात मापदण्ड कार्यन्वयन अनिवार्य गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित बैठकमा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएपनि निर्णय गरिएको छैन । पहिलो चरणमा कडाई गर्ने र संक्रमितको संख्या थपिदैं गएको अवस्थामा मात्रै लकडाउनमा जाने छलफल भएको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले तुरुन्तै लकडाउन गर्नुपूर्व अन्य क्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको बताउनुभयो । अवस्था हेरेर विस्तारै निर्णय लिइने उहाँको भनाई छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगरस्तरीय सीसीएमसीको बैठक राखेर निष्कर्ष निकालिने बताउनु भएको छ । संक्रमण समुदायस्तरमा विस्तार भएका कारण लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुँदै गएको बताइएको छ ।
बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रस, जनस्वास्थ्य, स्थानीय निकायका प्रमुखहरु पदाधिकारी र प्रतिनिधिहरु सहभागी थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



