Spread the love
alt

इटहरी ।
इटहरी वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीकी आमा सविता देवी चौधरीले २२ धुर जग्गा दिएकी छिन । इटहरी उप-महानगरपालिका ८ नम्बर वडा कार्यालय निर्माणको लागी जग्गा दान दिइएको छ । चौधरीले आफ्नो नाममा इटहरी वडा नम्बर ८ सतन माविको दक्षिण पटि रहेको २२ धुर जग्गा दान स्वरूप दिएकी हुन ।

भवन अभावका कारण ८ नम्बर वडा कार्यालय भाडाको घरमा रहदै आएकोले आमा द्वारा स्वर्गीय श्रीमान् सुशील चौधरी र छोरा चेवन चौधरीको स्मृतिमा कार्यालयको लागि जग्गा दान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

वडा अध्यक्षको कार्यभार समालेको तीन वर्ष पुगेको उपलक्ष्यमा अध्यक्षकी आमा द्वारा श्रीमान् र छोराको स्मृतिमा जग्गा दान गरी वडाकार्यालमा केक काटेर वार्षिक उत्सव समेत मनाइएको थियो ।
कार्यकालको लागी जग्गा उपलब्ध भएको भन्दै सदस्य खुपराज शर्माले भवन निर्माणका लागी बजेटको व्यवस्था मिलाइदिन नगरप्रमुखलाई आग्रह गरे ।
प्रमुख अतिथि रहेका मेयर द्वारिकलाल चौधरीले वडा कार्यालय चाडै बन्ने भन्दै सधैँ भरी दिएरै खान पुगोस् भनेर धन्यवाद दिएका थिए ।

c65ccb64-9ad2-4666-b49c-79c8a88d4c0b
f8f401f4-4de8-41bb-bfe2-0df61208a6ba
209ad8e5-2705-416c-9dc4-6f9b8a91274f
0da751ff-773d-4717-9db5-6da218f51707