नाम पक्कि, काम कच्चि

सग
बेल्टार/असार २५। चौदण्डीगढी नगरपालिका वडा नं. २ माडिबास स्थित निर्माण गरिएको कालो पत्रे सडक नाम पक्कि भएपनि काम भने कच्चि भएको स्थानीयले बताएका छन् । प्रदेश संसद विकास कोष अन्तर्गतको ४७ लाख रुपैयामा निर्मित कालो पत्रको काम कच्चि भएको हो । चौडाई ५ मिटर र लम्वाई ४ सय ९७ मिटर कालो पत्रेको शिलान्यास वडाध्यक्ष सन्तोष सुवेदीले गरेका थिए भने निर्माणको जिम्मा औतारी कन्स्ट्रक्शनले पाएको थियो ।
आफ्नो घर आँगनमा पक्कि सडक बन्ने भयो भनेर खुसि भएका स्थानीयहरुले कालो पत्रेको काम कम्जोरी कच्चि भएको भन्दै गुणासो पोखेका छन् । गाउँको विकास निर्माण हो भनेर आफ्नो बल्ल बल्ल हुर्काएको बोट विरुवाहरु समेट डोजर लगाएर नष्ट गरियो । तर, अहिले कालोपत्रेको अवस्था कम्जोर भएको देख्दा नमिठो लागेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।
अर्का एक जनाले भने, “सानो बजेट त्यै माथि तल देखि माथि सम्म मिलाएर खादो हो, त्यसैले हाम्रो गाउँको कालोपत्रे कच्चि हुन पुग्यो ।” कालो पत्रेको काम हुने भएपछि रोकिएको खोलाको उत्खनन कार्य समेत स्थानीयले ठेकेदारलाई प्रयोग गर्न दिने भनि गत जेठ २६ गते स्थानीयबासीको उपस्थितीमा खोलाको उत्खनन कार्य खुलाएका थिए । तत्काल सकिएको कालो पत्रेको काम शुरुबाटै कमसल सापग्री प्रयोग भएको स्थानीयहरु बताउँछन् ।
गाउँघरमा केही जान्दैनन बुझ्दैनन भनेर आँखामा छारो हालेर ठेकेदारले लापरबाही गरेको एक स्थानीयबासीको बुझाई छ । ठेकेदार गोविन्द थापाले भने, “हामीलाई ईञ्जिनियरले दिने स्टमेट अनुसार काम गरेको हो ।” स्टिमेटमा ३ सेन्टी अर्थात (एक ईञ्च) मात्र भएको ठेकेदार थापाले बताए । यस विषयमा ईञ्जिनियर रितेश गुप्तासंग भने सम्पर्क हुन सकेन ।
त्यसो त स्थानीय नगरबासीको हैसियतले जनता समाजवादी पार्टीले पनि गत २० मा स्थानीय पालिकामा भईरहेको विभिन्न गतिविधिहरु लगायत विकास निर्माणको चरणहरु के कस्तो भईरहेको छ, भन्ने विषयमा बेल्टारको बस पार्क स्थित छलफल कार्यक्रम नै सञ्चालन गरेको थियो । जसपाका चौदण्डीगढी नगर समितिका अध्यक्ष भुपेन्द्र राईले भने, “६ र ७ नं. वडाको केन्द्र विन्दु बेल्टार बजारमा हुनलागेको कालेपत्रे सडक निर्माण कार्यले हामीलाईपनि खुसि लागेको थियो ।
तर, भित्रि कुरा अध्ययन गर्दा दुःख लागेको छ ।” उनेले थपे, “हाल बजार क्षेत्रमा भईरहेको कालोपत्रे सडकलाई ईंगित गर्दै बिकासको नाममा माटो माथी कालो पत्रे गरेर हामी ३ करोड नेपाली नागरिकको रगत र पसिनाबाट सृर्जित कर, बैदेशिक अनुदान, ऋृण अनुदानबाट बनेको बजेटले सम्बन्धित निकाय,कन्ट्याक्टरले स्रोत सृजना गरेर बनाई दिदैगरेको कार्यक्रम जस्तो सम्झेर गलत काम गर्ने जो कोहिलाई छुट दिनु हुँदैन र हामी प्रत्यक्ष सरोकारवाहरुले बुझ्न पर्ने कुरापनि यही ।
आज राष्ट्र नै पुरै भ्रष्टचारको विकासमा लम्किरहेकोले त्यसलाई निरुत्साहित पार्नका कम्ति हाम्रो नगरपालिका भित्र सचेत नागरिकलेपनि चासो दिने गरे लापारबाही हुने थिएन ।” नगरपालिकाका ईञ्नियर शन्तोष राईले भने, “हाम्रो कालो पत्रेको (डिपिआर) भनेको २ सेन्टि हो, तर हामीले ३ सेन्टिको बनाईरहेका छौ त्यो कम्जोर हुँदैन कालो पत्रे हो बलियो नै हुन्छ ।” नगरपालिकाको बजेट या प्रदेश सरकारको बजेटमा पालिकाभरी निर्माणाधिन सबै कालोपत्रेहरु अधिकांश ३ सेन्टिमै बनि रहेको पाईएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


