Spread the love


इटहरी
इटहरी उपमहानगर वडा नं ५ मा रहेको पर्यटकीय स्थल काव्य बाटिका भित्र बन्न थालेको संरचनामा व्यापक भ्रष्टाचार भएको छ। प्रदेश १ सरकारको उद्योग पर्यटन तथा बाताबरण मन्त्रालय पर्यटन बिकास आयोजना बिराटनगर अन्र्तगतले काब्यबाटिका फन पार्क निर्माण कार्य गराउन उपभोक्ता समिति बनाई काम थालेको छ ।

असारे बिकाससंगै धमाधम भएको कार्यकोलागि जम्मा ६०लाख बजेट परिचालन गरिएको बताइएको छ ।काम गराउने जिम्मा पाएको उपभोक्ता समितिमा श्यामकुमार चौधरी अध्यक्ष छन ।अनुगमन समितिमा ५ न वडाध्यक्ष कल्याण कार्की रहेका छन । सदस्य पुरन चौधरी र ठेकेदार पुस्प चौधरी नातेदार मिलेर काम गर्ने गराउने नाममा ब्यापक लुट

मच्चाउन थालेका छन । पूर्ब वडाध्यक्ष बन्नुलाल चौधरी लगायतको शेटिंगमा काम हात पारि सुरु गरिनलागेको काम एकदमै फितलो रहेको स्थानीय बताउंछन ।अध्यक्ष श्याम चौधरीले भतिजा पुस्प चौधरीलाई प्रकृया पुरयाएको देखावटी कागज बनाएका छन । काम गर्ने लाइसेन्स पनि नरहेको बताइएको छ ।बन्नुलालको भान्जालाई कामको जिम्मेवारी दिने र चारैतिर कमिशन बांडने गरि हतार हतार काम गर्दा काम लथालिंग भएको छ । उमेर नपुगेका केटाकेटीलाइ अबेर सम्म काम लगाएर अत्यान्त थोरै पारिश्रमिक दिने गरेका छ

न ।कसैलाई दैनिक १२ सय दिएर काम लगाउने गरेका छन भने महिला र केटाकेटीलाई ४सय पचास रुपैयाँ दिएको पाइएको छ । ७ सय ५० दैनिक दिने भनेर काममा आए पनि ५सय ५० दिएको लीलाकान्त चौधरी नाम बताउने कामदारले बताए। कामदार निसा चौधरी,सपना चौधरी,लक्ष्मी चौधरी ,रामप्रसाद मोची लगायतले काम गर्दै गरेको बेला भेटेर प्रश्न गर्दा उनीहरुले गुनासो गरेका छन ।

कम्पाउण्ड सिभत्र जमिनमा बाटो बनाउने काम भई रहेको छ त्यसकोलागि ड्रेन बनाउंदा एकदमै लापरबाहि भएको छ । काहि गहिरो काही होचो छ । पानी जमेको छ । ड्रेन फुटेको छ । जमिन भन्दा ब्लक हालेको बाटो गहिरो छ । के बनाउन लागेको हो? भनेर सबैले बुझने गरि बाहिर नक्सा राख्नु पर्ने केही पनि छैन ।

पार्क बनाउने भन्ने हल्ल गरेका छन । पहिला देखि नै बिभिन्न काम गर्ने गराउने नाममा नगरपालिकाको अर्बौ बजेट त्यहाँ हिनामिना भएको छ । यसपालि प्रदेश सरकारको नाममा आएको बजेट उपभोक्ता समितीको नाममा टाठाबाठाले भ्रष्टचार गरेका छन । समाचार स्रोका अनुसार पहिलो चरणमा चौधरी नातेदारहरुले १।१लाख रकम बाँडेर लगेका छन । समिति भित्रका केही मान्छेलाई सुंइको पनि नदिइ काम थाल्नु र काम कच्चा हुनुमा राम्रै शेटिंगले कुरा मिलाई खाने दाउ रहेको बताइएको छ । यो काम सकेको देखाएर फेरी ४०लाख बजेट थप गराउने भन्ने हल्ला चले पछि सुईको नपाएका सदस्यहरु चनाखो हुन थालेका छन ।

यस बिषयमा पत्रकार तारा पोखरेलले आफनो फेसबुकमा यस्तो लेखेका छन । प्रोटेक्शन वाल धेरै ठाउँ फुटेको या भाच्चिएको , बाहिरी भन्दा ब्लक लगाएको होचो ,

दुबै तर्फको बाल एकातिरको अग्लो अर्को तिरको होचो , कमसल सामाग्री लगाइ बनाएको देखियो । झारो टार्ने कोसिमले बनाएको बुझियो । यसो हेर्दा ब्लक पनि कमसल खालको छ । इटहरी उपमहानगर या प्रदेशले यसको अनुगमन गरि कार्बाही अघि बढाउनु पर्छ । निर्माणमा प्रयोग भई रहेको सिमेण्ट र इंटामा पनि गुणस्तर नभएको अनुभवीहरुले बताएका छन । हार्डवायरहरुबाट सामाग्रि किन्ने नाममा कवाडीको माल प्रयोग गरि कागजपत्र मिलाएको बताइएको छ । ठेक्केदारको लाइसेन्सबारे पनि प्रश्न उठेको छ ।