दियाली परिवारद्धारा सरस्वती स्कूलमा ५० हजारको अक्षयकोष स्थापना

कोनेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत बिद्यालयमा काठमाण्डौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय हुनुभएको बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।
सरस्वती स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्वर्गीय हुनुभएको ‘स्वर्गीय हर्क बहादुर दियाली अक्षयकोष’ स्थापना गरिदिनुभएको हो ।
अक्षयकोष स्थापना गरिदिनुभएको सुनचाँदी व्यवसायी सुरेन्द्रले सरस्वती स्कूलमा अध्ययन गर्नुभएको थियो । आफु पढेको स्कूलमा स्वर्गीय हुनुभएको बुवाको नाममा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरूको व्याक्तित्व विकासमा थप टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो । आउँदा दिनमा यसरीनै आफ्नो तर्फबाट स्कूललाई सहयोग गरेर अगाडी बढने दियालीले बताउनुभयो ।
२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको शैक्षिक गुणस्तर सुधार गरि नमुना विद्यालयको रूपमा परिचत गराउन भूतपूर्व विद्यार्थीहरूको समूह अहिले लागि परेको छ । विद्यालयको भौतिक पूर्वाधारको स्तरउन्नती देखि शैक्षिक गुणस्तर सुधारमा लागि परेको स्कूलमा स्थापना भएको अक्षय कोषले ठूलो सहयोग पुग्ने सरस्वती आधरभूत विद्यालय भूतपूर्व विद्यार्थी संगठनका संयोजक खगेन्द्र बाराइलीले बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूतपूर्व विद्यार्थीको समूह लागि परेकोले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई सहयोगको लागि भूतपूर्व विद्यार्थी समूहले अपिल गरेको छ ।
यस अघि पनि कानेपोखरी ६ घर भइ यूकेमा रहनुभएको धन बहादुर लिम्बू र चेत माया लिम्बुले ५० हजारको ‘बुद्ध रानी लिम्बु अक्षयकोष’ स्थापना गरिदिनुभएको छ । उक्त कोषबाट आएको ब्याजले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृती प्रदान गरिदै आएको स्कूलले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


