हिन्दु धर्म परित्याग गर्नुको मुख्य कारण जातीय भेदभाव र छुवाछूत हो। :निर्मला बिक।

– निर्मला बिक
हिन्दु धर्म परित्याग गर्दै अन्य धर्महरुमा मानिसहरू आस्था राख्नुको प्रमुख कारण हिन्दु धर्म भित्रको जातीय छुवाछूत तथा जातीय भेदभाव नै यस्को प्रमुख हो।
हिन्दु धर्मभित्र जोडिएका अन्धविश्वासका केही धर्म ग्रन्थ नै जातीय भेदभाव र छुवाछूतको जंजिर हो।२१ औं शताब्दीमा पनि नेपाल जस्तो देशमा जातीय छुवाछूत जस्ता अमानवीय घटनाहरु दिनहुँ घटिरहेको अबस्थामा हिन्दु धर्म ग्रन्थका केही अंशहरु नै यस्को जड हो।
नेपाली समाजमा जातिय छुवाछूत तथा भेदभाव धेरै भएपनी यसको मुल जरो अन्धविश्वास हिन्दुबादी धार्मिक ग्रन्थ नै समाज भिन्नताको कारक हो।तसर्थ यस्ता विसंगति ,बिकृती,र कुरितिलाई जरैदेखि पराकाष्ठा पार्न सम्पुर्ण बर्ग समुदाय एक हुनुपर्छ।
मानवीय र मानवता भित्रको गहिरो सम्बन्धलाई चुनौती दिने गरि जोडिएको धार्मिक ग्रन्थले मानव मानव बिच उत्पन्न गराएको भिन्नता धार्मिक ग्रन्थका केही श्लोक हरु परिमार्जन गरि व्याबाहारिक रुपमा लागू गर्न सके समाजमा यस्ता जातीय छुवाछूतको घटना घट्न सक्तैन ।
हिन्दु धर्मको धार्मिक श्लोकमा गोदान पद्धतिमा बिभिन्न पाप कटाउने बहानामा गोदान सन्दर्भमा शुद्र स्पर्श दोष पनि उल्लेख छ।यसको अर्थ स्पष्टै छ।शुद्र अर्थात दलितसंग छोइएको पापबाट पनि गोदान गरेपछि मोक्ष पाइन्छ भन्ने अकोलपित शब्दहरु नै जातीय छुवाछूतको कारक हुन।यसरी हाम्रो हिन्दु धर्म पनि जातिय बिभेदको कारक बनेको हो।
यधपी यसो भन्दै गर्दा कसैको धर्मप्रती घृणा जगाउन खोजेको होइन ।अरु धर्ममा पनि कतिपय विकृति नभएका होइनन तर हिन्दु धर्मावलम्बीले धर्मका नाममा जोडिएका गलत कुरालाई छोडेर असल कुराको अनुसरण गर्नुपर्छ।यधपी हिन्दु धर्मको पहिचान मेटिनेछैन।
हिन्दु घर्म गलत भन्नुभन्दा पनि हिन्दु धर्म भित्रका गलत श्लोक हरुलाई अध्यातमिक रुपले परिमार्जन गर्नु समाजको र धर्मावलम्बीहरुको दायित्व हो।धर्म परिबर्तन गरेर मात्र जातिय छुवाछूत अन्त्य हुदैन।जातीय भेदभाव अन्त्य हुदैन।त्यसैले हिन्दु धर्म भित्रका धर्म प्रचारक र धर्म गुरुहरुले हिन्दु धर्मको सहि अनुसरण गरे भेदभाव अन्त्य हुन्छ।
बर्तमान नेपालको सन्दर्भमा हिन्दु धर्मालवम्बीहरु धर्म परिवर्तन तर्फ निकै लागेको पाईन्छ।किन हिन्दु धर्म परित्याग गर्न मानिसहरु लामबद्द छन भने हिन्दु धर्म भित्र जातीय छुवाछूत प्रमुख कारक देखिन्छ ।
जातीय छुवाछूत पुर्णरुपमा हटाउने हो भने हिन्दु धर्मावलम्बी हरुले धर्म परिवर्तन गर्दैनन् होला जस्तो लाग्छ ।
पछिल्लो अवस्थामा धर्म परिवर्तनको लहर बढेपछि हिन्दुवादि संस्था हिन्दु जागरण नेपालले छुवाछूत नमान्ने नीति अघि सार्दै माइकिङ र पम्पलेट गर्दै हिडेको छ ।यद्यपि माइकिङ र पम्पलेट तासेर मात्र हुँदैन छुवाछुत तथा जातीय भेदभाव बिरुद्ध सनेत जागरण गराउन जरुरी छ।
।यसरी अन्तिममा छुवाछूत नमान्ने भनेर प्रचार गर्दै हिड्ने तर छुवाछूत नमान्ने तर ग्रन्थ तथा धार्मिक विधिहरुमा सुधार नगर्ने हो भनेको कुनै अर्थ रहदैन ।अत हिन्दु धर्मप्रतिको अास्था जोगाइ राख्ने हो भने छुवाछूतको पुर्ण अन्त्य गर्नुपर्छ।
यद्यपि जातीय छुवाछुत तथा भेदभावपूर्ण घटनामा हिन्दु जागरण अभियानले समेत चासोका साथ सहभागीता जनाएर यस्ता बिकृती र कुरिती बिरुद्ध सडकमै आवज बुलन्द गर्नुपर्छ।अनि मात्र हिन्दु धर्मको रक्षा हुनसक्छ।
देशैभरी घटिरहेको जातीय छुवाछूत तथा भेदभावका घटना हरु एकपछी अर्को हुँदै गैरहेको बेला अब हिन्दु धर्मावलम्बीका गुरुहरुले समेत मानव सभ्यताको बिकास संगै आधुनिकता समाजको ध्यानसंग जोडिएर मानव समानताको लागि संघर्ष नगेर हिन्दु धर्म समेत लोप हुनसक्छ सबै जातीय भेदभावका घटनामा हिन्दु धर्म नै मुछिएको छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


