स्थायी कमिटीको दोस्रो दिनको बैठकमा किन अनुपस्थित रहे प्रधानमन्त्री ओली ? यस्तो छ कारण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
बैठक पुष्पकमल दाहालले अध्यक्षता गरेर सञ्चालन भएको छ । बिहान ११ः४५ मा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छैनन् ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध सबैजना एक ठाउँमा उभिएको भन्दै असन्तुष्टि जनाएर ओली बैठकमा सहभागी नभएका हुन् । विभिन्न सात एजेण्डा तय भएपछि बसिरहेको स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठकको उद्घाटन सत्रमा आरोप प्रत्यारोप भएको थियो । ओलीले त्यसबेला सरकारले चौतर्फी राम्रो काम गरिरहेको बताएका थिए भने प्रचण्ड र नेपालले कडा आलोचना गरेका थिए । प्रचण्डले ओलीले अहिले कपटी राजनीति गरेकाले आफूले विगतका सम्झौताबाट पछि हट्नु गल्ती भएको बताएका थिए ।
वरिष्ठ नेता नेपालले ओलीका कुरा पटक पटक सुन्दा सुन्दा कान थाकिसकेको भन्दै कटाक्ष गरेका थिए । नेता नेपालले सरकारको असफलता हेर्न आफूसँगै सडकमा निस्किन ओलीलाई चुनौती दिएका थिए ।
बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड(१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।
विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यव्यस्ताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए । ‘उहाँ अहिले आफ्नो कामको व्यस्तताले बैठकमा उपस्थित हुन सक्नुभएको छैन’ थापाले भने, ‘तर उहाँ जतिबेला पनि बैठकमा आउन सक्नुहुन्छ ।’
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



