शोसित पीडित दलितहरु होसियार
पश्चिम रुकुमको चौरहजारियामा घर भई जाजरकोटको भेरी नगरपालिका अन्तर्गत बस्ने सुस्मिता मल्ल ठकुरीसंग लभ परेर बिहे गर्न बोलाएपछि गएका नबराज बिकलाई तल्लो जात भनेर मल्ल परिवार लगायत ठकुरीहरु मिलेर कुटदै घोचीघोची मारे ।नबराजसंग बेहुली लिन गएका अन्य ५ जना यूबा पनि मारिए। मान्छेले मान्छेलाई तल्लो जात भन्दै राक्षेसी पाराले कुटेर मारी भेरी नदीमा बगाई दिए। त्यो काम गर्न उक्साउने कम्युनिष्ट पार्टीको नामबाट वडाअध्यक्ष जितेका डम्मर मल्ल पनि हुन । घटनाक्रमले देखाए अनुसार कम्युनिष्ट आन्दोलनको नाममा नाम र मनग्गै दाम कमाएका जनार्दन शर्मा प्रभाकर भन्ने मान्छे पनि त्यो कामका मतियार देखिएका छन । कुनै पनि किसिमको बिभेद नगर्ने नगराउने कसम खाएर कम्युनिष्ट पार्टीको नाम लिदै राजननिती गरेर सत्तामा पुगेकाहरुले नबराज बिक जस्तै धेरै घटनाहरु भई सक्दा पनि माफि मागेका छैनन। दलित भनेर आफनै कार्यकर्ताहरुलाई टयाग लगाई दिएका छन । टयाग भिर्नेहरुले उनीहरुको कुरा मानुन्जेल सम्म कमरेड भन्दै फकाई फुल्याई गरि काहिं कतै यसो? भाग भुरो आनासुकि दिन्छन ।रियल कर्तुत बुझेर भनेको मान्ने कुरामा आलटाल गरे vaने पेन्डुलम बनाउंछन । सके सम्म सिध्याउनै खोज्छन । कम्युनिष्टको नाम लिएका राजनीतिक अपराधिहरुले यो देशमा अचाक्ली मच्चाएका छन । नियम कानून बनाएको नाटक गर्छन । तर प्रयोग गर्नेबेलामा सामन्ती चिन्तनले काम गर्छन । दलित भन्दै भिराएको टयागलाई जीवनभर भिराएरै मार्छन त्यो बाट मुक्ति हुन दिदैनन । अहिले रुकुम घटना पछि देशभरी दलित नामबाट बिरोधका कार्यक्रमहरु चल्दै गर्दा दलितहरु संगठित हुन्छन भन्ने डरले राज्य सत्ता संचालन गर्ने कम्युनिष्टहरुले दलितलाई यो असारमा फुटाउने खेती थालेका छन । घटनाको सुरु सुरुमा दलित संघर्ष समिति भन्ने केही दलितका अनुहारहरु अहिले मुक्ति संगठनको नाm लिएर सडकमा आएको देखिन्छ । दलितको आन्दोलनलाई दबाउनको लागि दलितहरु नै लागेको कुरा जनताले नबुझेका छैनन र एकलौटी साशन संचालन गरेर तजविजले प्रयोगमा आउन सक्ने दलितलाई छुटटै आन्दोलन गर्न राज्य सत्ताले नै उक्साएको छ । दलितहरु आफना एजेण्डा लिएर सडकमा आए भने एकल जातीय नष्लवादी चिन्तन बोकेका शासक बर्गलाई घाटा हुने अबस्थाको आंकलन गरि भई रहेको दलित आन्दोलनलाई निस्तेज गर्न स्वयम दलित नै अग्रसर गराउंदैछन । बिभिन्न स्थानबाट उठेका दलितका आबाजहरु संगठित हुन नदिन गरिएको चालबाजीलाई बुद्धिजीबी दलितहरुले नियाली रहेका छन । दलितको नाममा घुस पैठ भएर आएका राजनीतिक पार्टीका झिझिल्याम्तेहरुले बिभिन्न जाल झेल गरि नस्लबादी राज्य सत्ता र तीनका मतियारहरुलाई होलो खुकुलोे गराएर कम सजाए दिलाउने र पीडित दलितलाई झन दुख्ख दिएर मन कुडयाउने काम गर्दै छन । सहर बजार मात्र होइन गाउंघर तिर पनि पश्चिम रुकुमको दलित नरसंहारको घटनालाई सामान्य पारेर सामन्तबादी ठग राज्य सत्ताको रक्षा गर्न बिभिन्न खाले आन्दोलन र बिभिन्न अनुहारहरु भेष बदलेर आउन थालेका छन । शोसित पीडित दलितहरु होसियार । अहिलेलाई यति नै ।L
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


