Spread the love


इटहरी
pb diyali
इटहरी नगरपालिकाको सातौ नगर सभा इटहरी स्थित लायन्स कल्बको सभा हलमा आज भब्य ढंगले सम्पन्न भयो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले १ अर्ब ७८करोडको अनुमानित बजेट छुटयाएर आर्थिक बर्ष २०७७।०७८मा इटहरीलाई बिकसित गर्दै लैजाने बारे बिभिन्न शीर्षकमा ब्याख्या गर्नु भएको छ ।

कुल बजेट बिनियोजन मध्ये चालु तर्फ ७१करोड ७५लाख,पुजिगत तर्फ १अर्ब ४ करोड ८५लाख र बितिय ब्यबस्था तर्फ १करोड ४०लाख अनुमान गरिएको बजेट सार्बजानिक भएको छ ।

Laxmi Gautam को फोटो।

संघीय सरकारले ३० करोेड ९२लाख,संघीय सरकारले ४१करोड १८लाखको सशर्त अनुदान अनि संघीय सरकारको तर्फबाट राजस्व बाँडफाँटबाट १५करोड ५लाख ८६हजार ४सय १० रहने उल्लेख गरिएको छ ।सघीय समपुरकबाट १करोड ६८लाख,प्रदेश समानिकरण अनुदानबाट ९४लाख ७०हजार,प्रदेश समपुरकबाट १ करोड,प्रदेशसंगै राजस्व बाँडफाँडबाट २४करोड२१लाख४३हजार ५सय ९० आन्तरिक आयबाट ३८करोड १५लाख,तराइ मधेश समृद्धी कार्यक्रमबाट ३५लाख,शासकीय सुधार कार्यक्रमबाट २ करोड,न्युनबित परिचालनबाट५ करोड ५०

लाख र नपुग हुने रकम १०करोड रुपैंयालाई संचित मौजात कोषको रकमबाट खर्च गर्न सकिइने गरि बजेट बनाएको उपमेयरले बजेट भाषणमा भन्नु भएको छ । उममहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले सुरुमै मन्तब्य सहित सभाध्यक्षको हैसियतले कार्यक्रम संचालन गनु भएको थियो । प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेलको उपस्थिती भनिएपनि पोखरेल आउनु भएन । उहाँको स्थानमा इटहरी घर भएका पूर्ब उपमेयर,संबिधान सभा सदस्य तथा नेकपा नेता रेबती भण्डारीले सभालाई संबोधन गर्नु भयो । प्रदेश संसदको तर्फबाट इटहरीकै रैथाने लिलम बस्नेत र सर्बध्वज सावाँले शुभकामना मन्तब्य दिनु भयो । साँवा पूर्ब मेयर समेत हुन । सांसदद्धयले इटहरीलाई एक नम्बर प्रदेशको राजधानी बनाउ

न प्रदेशका दुइतिहाई संसदले हस्ताक्षेर गर्दा पनि केन्द्रका नेताहरुले राजधानी हुन नदिएको गुनासो गर्नु भयो । संसद साँवाले इटहरीलाई पहिला देखिनै केन्द्रले हेप्दै आएको र अहिले पनि हेपि रहेको भन्दै राजधानी बनाउन र बिकासका अन्य कुरामा केन्द्रबाट हुनु पर्ने सहयोग हुन नसकेको गुनासो गर्नु भयो । केन्द्रका कुन कुन नेताले इटहरी प्रति बैमान गरे भन्नेमा उनीहरुको नाम चाहि खुलाउनु भएन ।इटहरीलाई प्रदेश सरकारबाट गर्न सकिइने जति काम गरेरै छाडने प्रतिबद्धता प्रकट गर्नु भएको छ । सभामा बजेट प्रस्तुत गर्दा कुनकुन बिषयमा के कति रकम छुटयाएको भनेर केही खास खासमात्र रकम तोकेता पनि दलित,अपांग,महिला लगायतको बिषयमा आबस्यक बजेट छुटयाएको छु मात्र भनिएको छ । संचार क्षेत्रमा २५लाख छुटयार स्थानीय अनलाइन पत्रिकाहरुलाई सयोग गर्ने, पत्रकार महासंघको भवन बनाउन सहयोग गर्ने,समानढंगले बिज्ञापन दिने भन्ने कुरा लगायत इटहरीमा पत्रकारकोलागि आमसंचार परिषद बनाउने सम्मको कुरा बजेटमा छ । परिषद बनाउने देखि लिएर याबतकुरामा जेजे बिषय छोएको छ त्यसको लागि त्यति थोरै रकमले केही खास काम बन्न नसक्ने पुराना पत्रकारहरुको अनुमान रहेको छ । दलित बिषयमा पनि कुनै क्रान्तिकारी सोच छैन । गोलमटोल कुराहरु छ । दलितलाई निशुल्क खानेपानीको कुरा पनि काइते खालको छ ।बजेट कति छुटयाएको भनेर स्पष्ट छैन तथापी जातीय छुवाछुत बिरुद्ध उपमहानगरपालिकाको ध्यान गएको चाहिं छ । दलितलाई सुरक्षित आबास लगायत अन्य सम्बन्धमा कुराहरु लेख्दा डुम,चमार भन्ने शब्दहरु निक्कै हेपायसी पाराले प्रस्तुत गरेको पाइएको छ । बजेट तर्जुमा गर्दा इटहरीमा दलितको बिषयबारे सल्लाहा दिनेहरुको कम्जोरी रहेको अनुमान गरिएको छ ।सभाहल बाहिर ब्यबस्था गरेको खाजामा मासु चिउरा रहेपनि खानेहरुले त्यति उत्साह देखाएनन। फुको चिउराको एउटा पोकोमा बिना ग्राभि(झोल बेगर)को मासु नामको हडडीछाला रहेको र त्यही पनि ज्यादा नून हालेर चर्को भन्दै खानेहरु झर्कि रहेका थिए। मासु नखाने साकाहारीहरुलाई छुटटै ब्यबस्था नरहेको भन्दै कार्यपालिका सदस्य भद्रा थापामगरले यो बिल पास हुन्न दिन्न, यस्तो पनि हुन्छ तरिका ?भन्दै कराउंदा अन्य मानिसहरुले सहमती जनाएको आभास देखिन्थ्यो । कुन शेटिंगबाट ,कस्ले खाजा लगायतको ब्यबस्थापन गरेको हो ? त्यो बारे प्रश्न उब्जिएको छ । कतिपय दलित महिला सदस्य,वडा सदस्यहरु उपस्थित देखिएनन। केही जनप्रतिनिधीलाई निक्कै महंगो झोला दिएर भित्र प्रबेश गराइएको थियो भने अध्यक्ष बाहेक अरु जनप्रतिनिधीलाई झोला दिइएन । उपस्थित बिज्ञ समुह,पत्रकार लगायतलाई जनप्रतिनिधीहरुको नाम,पद,मोवाइल र ठेगाना सहतिको प्रिन्टेड डायरी बितरण गरियो । इटहरी उपमहानगरपालिकाले आगमी आर्थिक बर्ष देखि इटहरी नगर क्षेत्रमा नगर बस सञ्चालन गर्ने भएको छ । नगरसभामा उपमेयर लक्ष्मी गौतमले नगरका नागरिकको सहज सेवा र गाउँ शहर जोड्ने उदेश्य अनुरूप नगरबस सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

नगर बस सञ्चालन गर्न इटहरीमा आर्थिक वर्ष २०७७(२०७८ का लागि ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै ठुला सवारी साधन टिपर, मालबाहक ट्रक पार्किङका लागि वडा नम्बर ५ मा ५० लाखको लागतमा पार्किङ निमार्ण गरिने भएको छ ।इटहरी चोकमा विगतमा स्व.राजा विरेन्द्रको शालिक रहेको स्थान आगामी बर्ष विश्व मानचित्रमा नेपाल रहने नेपालको नक्सा सहित पृथ्वी आकारको स्मारक बनाईने भएको हो ।

इटहरी चोकलाई पूथ्वी चोक नामकरणको प्रस्ताब समेत गरिएको छ ।

त्यस्तै इटहरीको वीपी चोकमा पूर्व प्रधानमन्त्री जन नायक स्वगींय विश्वेश्वर कोइराला र इटहरी १७ मा लविपुरमा नेपाली लोकतान्त्रिक तथा प्रगतिशिल आन्दोलनका शिखर व्यक्तित्व जननेता स्व.मदन भण्डारीको शालिक निर्माण गरिने भएको छ ।