नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने
kisor bk विराटनगर, असार
मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका साथ बृहतरुपमा बृक्षारोपण गर्ने भएको हो ।
मंगलबार नेकपा मोरङ पार्टी कार्यालय पाञ्चालीमा बसेको जिल्ला कार्यालय बैठकले आगामी असार १४ गते मदन जयन्तीको अवसर पारेर जिल्लाका सवै नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई अनिवार्यरुपमा बृक्षारोपण गर्न आब्हान गर्ने निर्णय गरेको हो ।
जिल्लाका रतुवामाई र बेलबारी नगरपालिकामा आयोजना गरिएको बृक्षारोपणमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश सरकारका मन्त्री तथा सांसदहरुसमेत सहभागि हुने नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
रतुवामाईको सात्मेडी र झुनाबारी क्षेत्र अन्तर्गत रतुवा नदीको बगरमा र बेलबारीको वडा नं. ८ मा गरिने बृक्षा रोपणमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसद, पार्टीका शिर्षस्थ नेता, कार्यकर्ता एवम स्थानिय सवै पार्टी सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।
त्यसैगरी नेकपा मोरङको कार्यालय बैठकले जिल्लाका अन्य १५ वटै पालिकाहरुमा स्थानीय पार्टी कमिटीको नेतृत्वमा जिल्लाभारीका सवै पार्टी सदस्यहरुलाई अनिवार्य रुपमा कम्तीमा एउटा भएपनि विरुवा रोप्न आब्हान गरेको अध्यक्ष पोखरेलले बताए । नेकपाको मोरङ जिल्लामा ३५ हजार पार्टी सदस्य छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



