के निजी विद्यालयहरू लुटेरा नै हुन् ?”
bhesraj pokharel
अहिले निजी विद्यालयहरूलाई समाजमा भएका सबैखाले अपराधीहरूभन्दा पनि ठुला अपराधी ठानिँदै छ। मानौँ लक डाउनको मार सबैलाई परेको छ तर निजी विद्यालयहरू लुटेको सम्पत्तिमा मोज गर्दै छन्। आरोपमाथि आरोप लागिरहेका छन्।
यो विषम परिस्थितिमा सबैको आशाको नजर सरकारतिर तेर्सिएको छ। जे जस्तो होस् जसरी होस् निकास सरकारले नै दिने हो।
सरकार सबैको अभिभावक हुनुपर्ने हो ! विद्यालयले अभिभावकसँग जबर्जस्ति रकम असुल गर्न मिल्दैन तर उद्योग , होटल , यातायातलाई 5% सहुलियत ब्याजमा रकम छुट्याउने सरकारले विद्यालयलाई चाहिँ किन छुट्याएन?
पूर्वाग्रह यहीँ छ ! सबैलाई उकास्छु भन्ने सरकारले विद्यालयलाई सौतेनी व्यवहार गर्नु भनेको कि त अभिभावकसँग माग कि त बन्द गर भनेको हो ! विद्यालयले सित्तैमा मागेका होइनन् त ! रह्यो कुरा लुटतन्त्रको, देशभरिमै नाफा कमाउने विद्यालय 3% जति मात्रै छन् ! बाँकीले सरकारले प्रति विद्यार्थी गर्ने खर्चको आधाभन्दा कम शुल्कमा शिक्षा दिइ रहेका छन् !
भ्रष्टाचार गर्ने , रक्तचन्दनको तस्करी गर्ने , ठेक्कापट्टामा करोडौं कुम्ल्याएर रातारात रोडपतिबाट करोडपति हुने अनि राष्ट्रियतालाई नगदसँग साटेर मोज गर्नेहरूभन्दा पनि ठुलो लुटेरा निजी स्कुल सन्चालक हुन् भने सरकारले भोलि नै जिम्मा लियोस् न !
पढेलेखेका युवाहरूलाई राज्यले रोजगारी दिन सकेन। विदेशीको पाउ मोल्नुभन्दा आफ्नै देशमा जानेको सीप बेच्नु उचित भनेर निजी स्कुल खोल्न युवाहरू तम्सिए! सरकारले नै अनुमति दियो।
नेपालमा निजी स्कुल खुल्नु अघि 90% हुनेखानेका छोराछोरी इन्डिया र तेस्रो मुलुक पठाइन्थे। त्यहीँ सिलगुडीमा रहेको DPS स्कुलमा 10 कक्षा पढ्ने विद्यार्थीले भर्नामा एक लाख अनि मासिक शुल्कमा 15 हजार तिर्नुपर्छ। कुनै सम्पन्न अभिभावकले लाखौं रुपियाँ महीना तिरेर देश बाहिर छोराछोरी पढाउनु गौरवको विषय बन्दछ तर 3/4 हजार तिरेर नेपालमै पढाउँदा लुटतन्त्र हावी भएको मानिन्छ। यदि यो लुट नै हो भने पक्राउ गरेर कानुनी कारबाही गर्दा भइहाल्यो नि।
म त भन्छु , मौका यही हो अब सरकारले सम्पूर्ण निजी स्कुल बन्द गरेर आफैंले गुणस्तरीय शिक्षा दिनु पर्दछ। हामीले खोजेको पनि यही हो कि त बन्द गर कि त ऋण स्वरुप भएपनि सहयोग गर। होइन भने ज्यानमारालाई भन्दा पनि तल्लो स्तरमा राखेर निजी विद्यालयको सत्तोसराप गरेर त्यसैमा रमाउनु कतिसम्म न्यायोचित हुन्छ ?
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


