Spread the love
Image may contain: 1 person


सीके गदाल


बिदेशी बुहारीले सातै वर्षमा अंगिकृत नागरिकता पाउनु पनि सामान्य कुरा होइन, सौभाग्य नै हो भन्ने ठान्नु पर्दछ।बिदेशबाट ल्याएकी बुहारीलाई छोरीको रुपमा माया इज्जत र अधिकार दिदा पाच्य भइरहेको अवस्था छैन।बिगतका दिनमा नेपाली कांग्रेस, पूर्व एमाले र माओबादीहरुले सरिता गिरिहरु जस्तालाई बुहारी बनाए भित्र्याएर सांसद र मन्त्री बनाएका छन। तर यी बुहारीहरु संसद भवनमा जबरजस्ती हिन्दी भाषा प्रयोग गर्छन र नेपालको राष्ट्रीयता माथी नै धावा बोल्न समेत बाकी राखेका छैनन।यसरी घर परिवारलाई नै भाड्ने र अशुद्ध बनाउने काम गरिरहेका छन।
तापनि राष्ट्रबादी भनिने कम्युनिष्ट सरकार लाचार भएर मुकदर्शक बनेको छ। धन्य हो, कम्युनिष्ट सरकारले बिदेशी बुहारिलाई नागरिकता दिन सातवर्ष पर्खाउने हिम्मत अब चाहिँ राखेछ। यी बुहारिको बिशेषता के छ भने कहिले कुन पाटी कहिले कुन पाटिमा छानी-छानी पोइल जाने गरेका छन।नेपालमा बुहारी भएर आएपछि घरको रिति-थिती अनुसार पति, साशु सशुराको अधिनमा बसेर घर चलाउनु पर्छ।यी बुहारिले आफू खुसी यता र उति गरेर हिड्न पाइदैन। नत्र घर भाडिन्छ र यी बुहारिले घरको गोप्य सम्पति माइती ओसार्न पनि सक्तछन।त्यसर्थ बुहारी माथी कानूनी प्रकृया अझि कसिलो भएन भने नेपाली ज्वांइको सम्पती माथी बिदेशि सशुरालाई रजाइ गर्न अझ सहज हुनेछ।पहिला राजा महाराजले भाइ छोरा भतिजका लागि बिदेशी बुहारी नभित्र्याएको भने होइन, तर उनीहरु घरको नियम संस्कार अनुसार इमान्दार भएर बसे।उनीहरुको परिवारमा अझै पनि बिदेशी बुहारी छन, तर राष्ट्र र राष्ट्रीयताका सवालमा कहि कतै डग- मगाएका छैनन, ईतिहास साक्षी छ।
-!