कोरोनाले होटल व्यावसायीमा परेको प्रभाव

– असार ७, २०७७, आइतबार | धरान
जमुनादेवी श्रेष्ठ,
सामान्यतया ग्राहकको चाहाना अनुसार चिया नास्ता, पेय पदार्थ, भोजन जस्ता दैनिक उपभोग्य सेवा दिने ठाउँलाई होटल भन्ने गरिन्छ । जहाँ ग्राहकले खाने, बस्ने र मनोरञ्जनको सेवा लिने गर्छन् । प्रदेश–१ को पर्यटकीय स्थल मानिने धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा करिब ८ सय ५ होटल रहेका छन् । होटल व्यवसायीकाअनुसार प्रत्येक होटलमा दैनिक १ सय भन्दामाथि ग्राहकहरु आउने गरेका छन् । तर, कोरोनाको विश्वव्यापी महामारीका कारण नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै होटल व्यवसाय ठप्प भए ।
धरानमा नाम चलेका ठूला होटलहरुमा गजुर प्यालेस होटल, इजी राइडर्स्, नवयुग होटल, कञ्चनजङगा होटलजस्ता धेरै होटलहरु लकडाउनसँगै बन्द भए । उसैगरी सुरेन होटल, आन्टी होटल, पानवारी होटल, भोजपुरे होटल, दाहाल होटलजस्ता साना लगानीका होटलहरु पनि बन्द भए । व्यवसाय त बन्द भयो नै तर बन्दसँगै घरभाडा, बैंकको ऋण र कामदारको बोझ भने बन्द भएन । होटल व्यवसाय गर्दै आएका होटल याङ्कोपका सञ्चालक हिन्दुहाङ राई भन्छन्–‘कोरोनाको कारण होटल बन्द भएपनि घरभाडा र कामदारको भार हामीलाई थपिएको छ ।’ राईका अनुसार यो अवस्थाले होटल व्यवसाय उठ्न वर्ष दिन लाग्छ ।
होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्ठराई पनि लकडाउने होटल व्यवसायलाई नकरात्मक प्रभाव पारेको बताउँछन् । अरु व्यवसायलाई केही खुकुलो पारे पनि होटल व्यवसाय ठप्प भएको बताउने भट्टराई भन्छन्–‘यही अवस्था लम्बिए होटल व्यवसाय धरासायी बन्छ । अरु व्यवसायको मापदण्ड बनाएर खुल्ला बनाए झैं होटल व्यवसायको पनि मापदण्ड बनाउनु पर्छ ।’ लकडाउने व्यवसायीमा आर्थिक भार थपिएकोले सरकारले व्यवसायीको उत्साहलाई कायम राख्न राहतको व्यवस्था गर्नु पर्ने धारणा अध्यक्ष भट्टराईको रहेको छ । अध्यक्ष भट्टराईका अनुसार एशोसिएसनमा धरानका २ सय ७३ होटल आवद्ध रहेकाछन् ।

(२०७७ असार ६ गते सम्म लकडाउनका कारण धरान उपमहानगरपालिका चतरा लाइनमा वन्द अवस्थामारहेको होटल एशोसिएनका अफ धरानका अध्यक्ष सरोज भट्टराईको इन्दे्रणी होटल एण्ड लज )
होटलको प्रत्यक्ष सम्बन्ध ग्राहकसँँग हुने बताउँदै लालीगुराँस होटल एण्ड लजका सञ्चालक गणेश घले भन्छन्–‘लकडाउनले गाडी बन्द छ । गाडी नभएपछि आवातजावत बन्द छ । मानिस आवातजावत बन्द भएपछि यो व्यवसाय पनि स्वतः बन्द छ ।’ घलेका अनुसार व्यवसायीहरुलाई घरभाडा र ऋणले तनाब बढेको छ । उनी भन्छन्–‘के गर्ने वैकल्पिक व्यवसाय पनि छैन । होटल व्यवसाय निल्नु न ओकल्नु भयो ।’
लकडाउनले होटल व्यावसायीलाई थिलथिलो बनाएको धारणा होटल व्यवसायी समिति धरानका संयोजक मनोज मेन्याङ्बोको पनि रहेको छ । होटल बन्द भएपनि बैंकको ऋण, घरभाडा र कामदारलाई दिनु पर्ने सुविधा होटल व्यवसायीले बोक्नै पर्ने अतिरिक्त भार व्यवसायीलाई थपिएको बताउँदै मेन्याङ्बो भन्छन्–‘करिब करिब डाँवाडोल भएको होटल व्यवसायीको अवस्थालाई सरकारले कुनै न कुनै कोणबाट सम्बोधन गर्नै पर्छ ।’
नाम चलेका होटलहरु कोरोनाले जसरी प्रभावित भएका छन्, साना होटलहरु पनि उसैगरी प्रभावित छन् । अझ, साना होटलहरुको मूल आयश्रोत नै होटल मात्र हुने भएकोले कोरोनाले साना होटल व्यावसायीहरुको दैनिकीलाई नै प्रत्यक्ष असर पारेको छ । धरान–१२, महेन्द्रपथमा रहेको योञ्जन खाजा घर सञ्चालक कुन्ति योञ्जन भन्छिन्–‘उँधो न उँभो भइयो, होटल बन्द भएपछि हाम्रो दैनिक जीवन नै अप्ठ्यारोमा परेको छ ।’
साना होटलबाट गुजारा गर्ने व्यवसायीहरुलाई हात मुख जोर्न कठिन भएको बताउँदै धरान–९ गौतम पथमा रहेको नमुना खाजा घर सञ्चालक सपना लिम्बू भन्छिन्–‘दोकान बन्द छ । व्यापार छैन, हाम्रो दैनिकी चौपट भएको छ ।’ कोरोनाका कारण साना होटल खोल्नै नसकिने अवस्थामा पुगेको बताउने लिम्बूका अनुसार होटलमै आश्रित परिवार विस्थापित हुने अवस्थामा छन् । उनी भन्छिन्–बचतको किस्ता र ऋण तिर्न सकस परेको छ । यसमा घरभाडा र परिवारको दैनिक घर खर्च जोडिदाँ अत्यास लाग्दो छ ।’ लकडाउन तुरुन्त खोलिए पनि होटल व्यवसायमा यसको प्रभाव लामो समयसम्म रहने अनुमान गर्ने उनी सरकारसँग घर वहाल छुट र बैंकको ब्याज मिनाहा हुनु पर्ने बताउँछिन् ।’

(२०७७ असार ६ गतेसम्म लकडाउनका कारण धरान उपमहानगरपालिका चतरा लाइनमा वन्द अवस्थामा रहेको गुरुङ खाजा घर)
धरानमा रहेका ८ सयभन्दा बढी होटल कोरोनाले नराम्ररी प्रभावित हुँदा होटल व्यवसायी निकै मारमा परेको देखिन्छ । अझ, होेटलमा कार्यरत कामदार र आश्रित परिवारको गणना गर्ने हो भने स्थिति निकै भयावह देखिन्छ । तुरुन्तै लकडाउन खुले पनि पलायनकै चरणमा पुगेको होटल व्यवसायलाई पुनःस्थापना गर्न निकै कठिन छ । तर, ब्याज मिनाहा, घरभाडा छुटसँगै स्थानीय, प्रदेश वा केन्द्रीय सरकारले गर्ने गतिविधि धरान केन्द्रित गर्न सके व्यवसायीलाई राहत मिल्ने होटल व्यवसायी समिति धरानका संयोजक मनोज मेन्याङ्बोको धारणा रहेको छ । संयोजक मेन्याङ्बो भन्छन्–‘सबै तहको सरकारको गतिविधि धरानमा हुने होभने होटल व्यवसायीलाई होटल व्यवसायमै फर्किन उत्साह मिल्ने छ ।’
(धरान उप–महानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालित पत्रकार लेखनवृति कार्यक्रमका लागि तयार पारिएको फिचर )
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



