गाउँपालिकाको क्वारेन्टिनमा सांसद किराती

भोजपुर । भोजपुर जिल्ला प्रतिनिधिसभा सांसद सुदन किराती रामप्रसाद राई गाउँपालिकाको क्वारेन्टिनमा छन् । संघीय राजधानी काठमाडौंबाट भोजपुर आएका किराती गाउँपालिकाको क्वारेन्टिनमा बसेका हुन् ।

कोरोना भाइरस ( कोभिड १९ ) को जोखिमका कारण अन्यत्र ठाउबाट प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधानका कारण सांसद किराती शनिवारबाट त्यहा बसेका हुन् । उनले त्यहा १४ दिन विताउनेछन् भने परीक्षण पछि मात्र क्वारेन्टिनबाट बाहिरिनेछन् ।
लामो समयको लकडाउनमा संघीय राजधानी काठमाडौंमा रहेका सांसद किराती जिल्लामा विभिन्न जनसरोकारको विषयमा जानकारी लिन तथा प्रत्यक्ष अनुगमण गर्न भोजपुर आईपुगेका हुन् । उनी अहिले रामप्रसाद राई गाउँपालिकाले तयार गरेको क्वारेन्टिनमा छन् । जुन उनको घर रहेको गाउँपालिका समेत हो ।
“ पहुँचको आधारमा सरकारले तय गरेको नीतिको पालना नगर्ने परिपाटी स्थानीय तहमा बढ्दै गयो । ” सांसद किरातीले भने, “ क्वारेन्टिनको गुणस्तर, उचित व्यवस्थापन र मापदण्ड सहित बसेका छौ । यो जिल्लाका सवै क्वारेन्टिनहरुले पुरा गर्नुपर्छ र नागरिकका शास्ती क्वारेन्टिनबाट हट्नुपर्छ । ”

क्वारेन्टिनमा निमुखा सर्वसाधारणलाई मात्र अनिवार्य कोच्ने र क्वारेन्टिनमा मानवीय व्यवहारको समेत अभाव भएको व्यापक जनगुनासो आएपछि सांसद किराती गृहजिल्ला आइपुगेका हुन् । “ नाम मात्रको क्वारेन्टिनका कारण जनताले शास्ती मात्र पाएका छन् भने कतिपय क्वारेन्टिननै उच्च संक्रमणको जोखिमयुक्त रहेका छन् । ” सांसद किरातीले थपे, “ अमानवीय घटना क्वारेन्टिनमा भईरहेको समाचार आइरहेका बेला आफ्नो क्षेत्रमा त्यस्ता घटना हुन नदिन र क्वारेन्टिनको व्यवस्थापनमा ध्यान केन्द्रीत गर्न समेत यो विषम परिस्थितिमा जिल्ला आएको हुँ । ”
आफु संघीय राजधानी काठमाडौमा परीक्षण गरि संक्रमणमुक्त भएको प्रमाण सहित गृहजिल्ला आएपनि वर्तमान प्रावधान अनुसार प्रकृया अनिवार्य पुरा गर्ने उनले बताए । क्वारेन्टाईनमा भौतिक दुरी कायम गर्दै व्यवस्थापन गरिएका स्थानहरुमा सांसद किरातीले स्थानीय सरोकारवालाहरु, जनप्रतिनिधि, सर्वसाधारणसँग संवाद समेत गर्ने छन् ।
स्थानीय हेमन्त राईका अनुसार पछिल्लो समय लकडाउन खुकुलो भएसँगै जिल्ला प्रवेश गर्नेहरुको संख्या बढेको तर पँहुच र शक्ति देखाउदै मापदण्ड अनुसार क्वारेन्टिनमा बस्न नरुचाउनेहरु धेरै देखिएका छन् । “ जिल्ला सदरमुकामको सुविधासम्पन्न स्थान र मजवुद सुरक्षा व्यवस्था सहितको ठाउँमा बस्न छोडेर आफ्नै गाउँपालिकाले तयार गरेको क्वारेन्टिनमा आउनु भएको छ । ” राई भन्छन् ,“ क्वारेन्टिनको मापदण्ड र व्यवस्थापनको समेत नमुना काम सांसद आफैले गर्नुभएकोले स्थानीय दंग छन् । ”
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


