ढोका छाेएकाे निहुँमा दलित बालक कुटिए, दबाबमा मिलापत्र गराइयाे : पीडित पक्ष

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ९ सिसा खोलामा घरकाे ढोका छोएको निहुँमा दलित बालकमाथि कुटपिट भएकाे छ ।
निर्माण हुँदै गरेको घरको ढोकामा छोएको निहुँमा तारा थापा मगर र २७ वर्षीय श्याम थापा मगरले १६ वर्षीय बालक दीपक विश्वकर्मामाथि कुटपिट गरेका हुन् ।
कुटपिटबाट दीपकको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । अहिले उनको ओखलढुङ्गाको मिसन अस्पतालमा उपचार भइरहेको बालकका बुवा नीरबहादुर विश्वकर्माले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन नमानेकाे तथा घटना लुकाउन गएको असार १ गते पत्ताले प्रहरी चौकी र पीडकको निरन्तर दबाबमा गाउँमै मिलापत्र गराइएको पीडित पक्षको दाबी छ ।
घाइतेलाई अस्पताल लैजान गाडी भाडास्वरुप १० हजार रुपैयाँ र अस्पताल खर्चकाे लागि १० हजार तीन सय रुपैयाँ दिएर जबर्जस्ती मिलापत्र गराइएको परिवारको दाबी छ । नगरपालिका ९ का वडाध्यक्ष काजी शेर्पाले भने छुवाछुतको घटनालाई विना कानुनी उपचार आफुलाई जानकारी नै नगराइ मिलापत्र गरिएको बताउनुभयो । पीडक तारा थापा मगरले आफूले जातीय छुवाछुत नगरेको तर बालकलाई कुटपिट गरेको स्वीकारेकी छिन् ।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिबाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ । बालकमाथि गएकाे जेठ ३१ गते कुटपिट भएकाे हाे ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



