कोरोना भाइरसको दोस्रो रुप दश गुणा खतरनाक हुने वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९ भन्दा दश गुणा खतरनाक हुने देखिएको छ ।

डेलिमेलका अनुसार अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकले अमेरिका, बेलायत र इटलीमा गरेको कोरोना भाइरसको अध्ययनमा चीनको वुहानमा भन्दा १० गुणा भन्दा धेरै संक्रमण सार्न सक्ने क्षमताको पाइएको छ ।
वैज्ञानिकहरुले म्युटेसन स्ट्रेन तिब्र गतिमा शरीरमा रिसेप्टर्समा आक्रमण गर्ने खालको भएको बताएका छन् । कोरोना भाइरस (SARS-CoV-2) को यो भर्जनको D614G नाम दिइएको छ । यो स्ट्रेनमा अन्य भाइरस भन्दा ४ देखि पाँच गुणा धेरै स्पाइक्स प्रोटिन हुन्छ ।
अध्ययनका अनुसार कोरोना भाइरसको D614G भर्जन १० गुणा धेरै संक्रमण फैलिने खालको रहेको मात्र छैन, यो त्यत्तिकै स्थिर पनि रहेको छ । वैज्ञानिकहरुले कोरोना भाइरसको असर कतै धेरै र कतै कम हुनुको कारण पनि यहीँ विषयसँग जोडिएको बताएका छन् । कुनै देशमा मृत्युदर ह्वात्तै धेरै छ भने कुनै देशमा कम छ । कुनै देशमा लक्षण धेरै देखिएको छ भने कुनै देशमा लक्षण नै देखिएको छैन ।

यसअघि स्ट्रेन इटली, बेलायत र न्युयोर्क जस्ता सहरमा अधिक रहेको मानिएको थियो । यी ठाउँमा सुरुवाती चरणमा कोरोना भाइरसका कारण धेरै मानिसको ज्यान गएको थियो । एजेन्सी
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


