Spread the love


पुनम बिक ,इटहरी
हेण्डिक्राप्टका सामान बनाएर बेचेबापत दैनिक १५सय कमाउने इटहरी४ पंचकन्या टोलकी देवकुमारी राईको लकडाउन भए देखि आज सम्म एक रुपैंया पनि आम्दानी छैन।
महिला सीपबिकास तालिम केन्द्र इटहरीबाट तालिम लिएर स्वरोजगार बनेकी राईले पोते,माला,जुता र चप्पल लगायत महिला सौन्दर्य सम्बन्धी सामाग्रि बनाउने उद्योम गरेर आत्मनिर्भर भएको सात बर्ष भई सकेको छ । बनाएका सामाग्रिहरु संस्थाले नै किनेदिने भएको हुनाले देवकुमारी जस्तै उनीसंगै सिप सिकेका थुप्रै चेलीहरुको दिनचार्य यसैगरेर बित्थ्यो । कहिलेकाही २५सय सम्म दिनको कमाई हुन्थ्यो राई भन्छिन । हयाण्डिक्राप्त उत्पादनका सहायक सामाग्रिहरुका लागि पसलहरु नखुलेको र बनाएका सामान बिकी्र गर्ने अबस्था नभएपछि यतिवेला संस्थाकै अगुवाइमा चेलीहरु मिलेर नौमति बाजा बजाउने तालिम लिइ रहेकी छन ।महिला सिपबिकास तालिम केन्द्रकी अध्यक्ष राधिका थापाले अबसर जुटाइदिएपछि नौमति बाजा बजाउने तर्फ रुचि राखेकी राईले लक डाउनलाई अबसरको रुपमा लिएकी छन । भन्छिन खुलेपछि आफनो सिपको काम थालि हाल्छु । अहिलेलाई बाजा सिक्दैछु ।बाजा सिकेपछि कार्यक्रमहरुमा पेशागत रुपलेनै सहभागि हुने बताउंदै भनिन हामी २२जना साथी छौं ।म टेम्को,ढोलक र दमाह बजाउंने कला सिक्दै छु ।तलेजु सहकारीमा आबद्ध सदस्य महिलाहरुलाई समेटेर यस्तो असहज अबस्थामा संस्कृती संरक्षणमा टेवा पुग्ने काम गरेको महिला सिप बिकास केन्द्रकी अध्यक्ष राधिका थापाले बताउनु भयो ।
माओवादी यूद्धमा जनमुक्ति सेनामा सहभागि भई शान्तिबार्ता देखी राजनीतिक छाडेर लिएर सिंगर सुज सेण्टर नामक जुता उद्योग संचालन गर्दै आएका इटहरी ८का सुमन मंग्रातीले अन्य दक्ष र ब्यबसायिक पार्टनरसंग मिली दरबार सु एण्ड कम्पनी प्राली नामक कम्पनी खोलेर गत बैशाख १ गते भब्य उदघाटन गर्ने योजना बनाएका थिए। बैंकबाट ऋण पाउने पक्का भएकोले २५जनालाई रोजगार दिएर ६महिना भित्रमा स्टाफ बढाई दिनको ५सय जोर जुत्ता उत्पादन गर्ने उद्येश्यले फागुनको पहिलो हप्ताबाटै बिराटचौकमा फयाक्ट्री बनाउन ५।६लाख लगानी गरि सकेका थिए। पार्टनरहरुको जोडबलले धितोसितो ब्यबस्थामिलाई बैंकिङ प्रकृयामा पुगेपछि ऋण स्वीकृतहुने बेलामा लक डाउन सुरु भईदियो । मंग्राती भन्छन । हाम्रो योजनामा तुषारापात आइहालेको छैन । जहिले लक डाउन खुल्छ उद्योग सुरु गर्न ब्याग्र प्रतिक्षामा छौं।
झण्डै १०बर्ष जुता उद्योगमा अनुभव हासिल गरेका मंग्रातीेका अनुसार इटहरीमा साना ठूलागरि २०बटा जुता उद्योग छन । लक डाउन भएपछि इटहरीको जुता उत्पादन क्षेत्रमा झण्डै १ हजार यूवाहरुले आफनो सीप संचालन गर्न नपाई कमाई गुमाएको इटहरी ४ पारुहाङ चौकको सगरमाथा सुज कम्पनीका योगेस मंग्रातीको अनुमान छ ।
इटहरी १७ बालगा्रामकी बिनिता राईले सोही ठाउँमा खाजा घर चलाएर दैनिक एक हजार बचत गर्थिन । कोरोना महामारि संगै जारी लकडाउनले पसल बन्द भएपछि बिनिताले ४सय कुखुरा पाल्न थालेकी छन । चारो खुवाउन पनि मुस्किल छ । महंगी उस्तै अब कहिले लक डाउन खुल्ला र दोकान खोलुउंला ?भन्ने पर्खाइमा बिनिता छन ।
इटहरी उपमहानगर १६का कुल बहादुर निरौला ग्रील ब्यबसायी हुन ।हिमसिखर ग्रील उद्योग खोलेर १४ बर्ष बिताएका निरौला सुनसरी ग्रील ब्यबसायी संको प्रथम उपाध्यक्ष पनि हुन । २० जनालाई रोजगार दिएर काम गर्दा खर्च कटाई मासिक ५० हजार कमाउंने निरौलालाई अहिले सुको कमाई नहुंदा निक्कै सकस उत्पन्न भएको छ । बैंकले ब्याज बुझाउन तागेदा गर्दैछ । लकडाउन भएपछि उद्योगमा १२ जना यूवा कामदारलाई कामै नभएपनि खाने खर्च दिएर संरक्षण गरि रहेको निरौलाले बताएका छन । के गर्नु ?पहिला देखि काम गरेका स्टाफ हुन । आपतमा बचाएर राख्नै परयो ?निरौला भन्छन ।
नेपाल यूवा उद्योमी मञ्च सुनसरी शाखाका अध्यक्ष बिनोद पौडेल इटहरीमा संगठित रुपले देखिइने झण्डै ३ हजार उद्योमी यूवा संम्लग्न उद्योगको अबस्था लक डाउन पछि अहिले सम्म नाजुक रहेको बताउँछन । आपmनै नाममा उद्योग रहेर अनिबार्य पाना नम्बर लिने झण्डै २५हजार उद्योगी मध्ये ३०प्रतिशत यूवा उद्योमीको रुपमा संम्लग्न रहेको अनुमान पौडेलको छ । लक डाउनको बेला अति आबाश्यकीय सेवा अन्तर्गत पर्ने ग्यांस,पेट्रोल,खाध्यन्न,संचार ,स्वास्थ्य लगायत उद्योगमा आबद्ध यूवा एद्योमीहरुले ३०देखि ४०प्रतिशत ब्यपारमा घाटा ब्यहोरेर काम गर्न बाध्य भएको बताए । जनशक्ति नहुंदा प्याकेजिङ,लेबलिङ,आयत इत्यादी कुरामा निक्कै समस्या सहन गरेर लक डाउनको सामना गर्नु परिरहेको पौडेलको दाबी छ । लकडाउनको कारण कारोवार शुन्य अबस्थामा रहेको अटो,होटल,पर्यटन,रेडिमेट,इलेक्ट्रिक,स्कूल,ट्रेनिङ सेण्टर,कन्सल्टेन्सी,गहना पसल लगायतमा परेको आर्थिक दुस्प्रभावलाई संघीय ,प्रदेश सरकार हुंदै स्थानीय तहमा रहेका निकायहरुसंग समन्वय गरि बैंक ऋण बारेमा सहज गराइदिन आग्रह गरिनुका साथै बिभिन्न कर,दस्तुर,नबिकरण, जरिवाना लगायतसंग सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भई रहेको पौडेलको भनाई छ। निकट भबिष्यमा बिदेशबाट भित्रने नेपाली यूवाको सिप कसरी नेपालमै सदुपयोग गरेर उनीहरुबाट फाइदा लिने ?र यहीं संघर्षरत उद्योमीहरुलाई कसरी टिकाउने भन्ने बारेमा अर्थबिद देखि लिएर योजनाका जानकारहरुलाई निम्त्याई छलफल चलाई रहेको पौडेलको भनाई छ । उत्पादन र आम्दानी ठप्पले त्यसै पनि घाटा ब्यहोरि रहेका उद्योमीलाई बजार बन्द भएको लामो समय भईरंहदा गोदाम तथा पसलमा रहेका स्टक समानहरु कतिपय काम नलाग्ने अबस्थामा भएर थप नोक्सानी, त्यहाँमाथि सरकारले कर तिर्नु पर्ने समय सिमा थोपरि दिएकोमा उद्योमी यूवा चिन्तित छन । उद्योग बाणिज्यसंघ इटहरीका अध्यक्ष भिम पौडेल भन्छन ? बिस्तारै लक डाउन त खुकुलो होला तर उद्योग र पसलहरुमा सडि सकेका सामान तह लगाउनुकी नयाँ समान थप्नु अलपत्र अबस्थाले हामी उद्योमीहरु बिरक्त छौं ।
इटहरी ८ बसपार्क क्षेत्रमा रहेको दक्षसिप प्रशिक्षण तथा रोजगार केन्द्रका प्रमुख सुमन साहले दैनिक २सय ३० जनालाई बिभिन्न सिप सिकाउने कार्य बन्द गर्नु पर्दाको पीडा अर्कै छ ।ड्राइभिंग,कुक,बेटर,टायल मार्बल,सिलाइकटाई,बिल्डिङ,प्लमिंङ,ब्युटिसियन,इलेक्ट्रिसयन,हाउस वाइरिङं मोवाइल मर्मत कृषि लगायत १६ वटा बिधामा सिप सिकाउने गरेको बताउने साहका अनुसार बाहिरबाट आएर सिक्दै गरेका २सय बढी बिध्यार्थी लक डाउन सुरु भएपछि अलपत्रमा परे । त्यस मध्ये ५० जना जति सम्पर्कमा रहेर कहिले खुल्छ ?भन्दै प्रशन गरि रहेको तर उत्तर दिन नसकि रहेको साहले बताएका छन । । ।साहले खोलेको रोजगार केन्द्र जस्तै इटहरी क्षेत्रमा रहेका असंख्य कन्सलटेन्सी हरुले बिभिन्न सरकारी शैक्षिक निकाय जस्तै सिटिइभिटिसंग मिलेर स्वरोजगार उत्पन्न गर्ने काम गरि रहेकोमा लक डाउनले रोकिएको छ । काम रोकिदा ब्यबस्थापकीय खर्च कसरी धान्ने? संझौता अनुसार सरकारबाट आउने रकम बारे सोद्दा खेरी ,बजेट त कोरोना फण्डमा गयो भन्दै कर्मचारीले जवाफ दिएको भनि तालिम केन्द्रका सुमन साहले चिन्ता ब्यक्त गरेका छन ।केन्द्रले यो अबधीमा ३३लाख घाटा खाएको सुमन बताउंछन ।
चालु आर्थिक बर्षमा सरकारसंग एक करोड बराबारको बजेट संझौता पछि इटहरीलाई केन्द्र मानेर सुनसरी,रोल्पा र धनकुटामा सिप सिकाइ रहेकी महिला सिपबिकास केन्द्र इटहरीकी अध्यक्ष राधिका थापाले बताए अनुसार ६ सय जनाको सिकाइ प्रकृया रोकिएको छ ।मोबाइल मर्मत,सिलाई कटाई,ढाकाटोपी,अचार,होम स्टे ट्रेनिङ,टेलर मास्टर,हेण्डिक्राप्ट,एसि रिपेअरिङं,कुक,सेकुरिटी गार्ड,ड्राइभिङ लगायतमा प्रदेश सरकार अन्तर्गत उद्योेग मन्त्रालयको सहयोगमा काम भएको थियो । १०प्रतिशत रकम मात्र निकाशा थियो । उधारोमा काम भा छ । पाटी लाई तिर्ने पैसाले किचकिच हुंदैछ ,कर्मचारीलाई तलब देको छैन । राधिका भन्छिन । उनका अनुसार ४० जना कर्मचारीको बिजोग छ । सरकारबाट रकम आए पछि दिउंला भनेर संझाई रहेकी छन ।
सरकारको निकाय ब्यबसायिक तथा सिपबिकास तालिम प्रतिष्ठान इटहरीका प्रमुख धर्मेन्द्र धमलाका अनुसार यो बर्ष ७सय १० जनालाई बिभिन्न तालिम दिनु पर्नेमा ५ सय भन्दा बढीको तालिम प्रभाबित भयो । प्रतिष्ठान आफैले गत साउन देखि २० जनाको दरले २ लट ब्युटि पार्लर सिध्याईयो । सोही लटमा २० जनाकै दरले सिलाइकटाई तालिम पनि दिन भ्याएर प्रमाण पत्र दिएर पठाइयो । तेस्रो लटको तालिम अनतर्गत ब्युटिपार्लरमा २० जना, सिलाई कटिंगमा २० जना र कम्प्यूटरमा २० जनाको तालिम सकिइन एक हप्ता मात्र बांकी हुंदा लक डाउन लागि हाल्यो ।इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले कार्यालयमै आएर तालिम बन्द गर्नुस भनेपछि बन्द गर्न बाध्ये भएको प्रष्ठिानका प्रमुख धमलाले बताए । तेस्रो लटको तालिम पनि अधुरो रहेको र चौथो लटको कुनै प्रकृया नै नथाली आर्थिक बर्ष सकिन लागेकोले लक्ष्य हासिल हुन नसकेको धमला बताउंछन । अधुरो रहेको तेस्रो लटका बिध्यार्थीलाई असार अन्तिम सम्म भएपनि बोलाएर प्रकृया पुरयाई प्रमाण पत्र दिलाउने प्रयास गरिइने छ धमलाले भने ।प्रतिष्ठानको लक्ष अनुसार नीजी क्षेत्रका तालिम केन्द्रहरुलाई कोटा अन्तर्गत दिइने ५ सय हाराहारीको संख्यामा आउने प्रशिक्ष्यार्थी बिध्यार्थीहरुको भर्ना प्रकृया पनि लक डाउनका कारण रोकिंएको छ । धमलाका अनुसार बोलपत्र स्वीकृत भईसकेका केन्द्रहरुले छनौट प्रकृया थाल्दा थाल्दै लक डाउन भएपछि पुरै प्रकृया स्थगन भएको हो । इटहरी क्षेत्रमा स्वरोजगार सम्बन्धी तालिम दिने शैक्षिक संस्थाहरु कोरोना भाइरसको संक्रमणको कारण जारी लकडाउनले गर्दा लक्ष्य अनुसार जनशक्ति उत्पादन गर्न नसकि रहेको अबस्था र सिप आर्जन गरि ब्यबसाय संचालन गरि रहेका उद्योमी बर्गको समस्यालाई उचित संबोधन गर्न सरकारको ३ वटै निकायमा ध्यानाकर्षण गर्ने काम जारी राखेको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले बताएका छन ।(इटहरी उपमहानगरपालिकाको पत्रकारलाई लेखनबृती कार्यक्रम अन्तर्गत)