भोक्राहा नरसिंह गाउँपालिकाका प्रशासकीय अधिकृत उमेश घिमिरेले कार्यालय छाडे
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ मा बनिसकेको कालोपत्रे सडकलाई कागजी प्रकृयामा नयाँ देखाएर भुक्तानीको प्रकृया अघि बढाउन खोजिएको विषयलाई लिएर केहि दिन यता कर्मचारी र जनप्रतिनिधिमा मनमुटाव चुलिएको थियो ।काम सम्पन्न भई भुक्तानी लगायतका सबै प्रकृया सम्पन्न भैसकेको अवस्थामा जनप्रतिनिधि कै रोहवर र दबाबमा सोही सडकका नाममा थप रकम निकासा गर्न लागिएको विषयलाई कर्मचारीहरुले गैर कानुनी ठहरिने भन्दै काम अघि बढाउन नसकिने बताउँदै आएका थिए ।
भोक्राहा नरसिंहको वडा नम्बर ३ फुलचोक देखि उत्तर तर्फको २३ सय मिटर सडक कालोपत्रे भएकोमा २६ सय मिटर काम भएको भन्दै बढी काम गरे वापतको रकम भुक्तानीका लागि वडा कार्यालयले सम्झौता लगायतका प्रकृया अघि बढाएसँगै उक्त विषय विवादित बन्न पुगेको थियो । जसमा कर्मचारीहरुले कागजमा स्टिमेट देखाएर भुक्तानी दिन नमिल्ने बताउँदै आएका थिए ।
उक्त कार्य सम्पन्न गराउनकालागि वडा अध्यक्ष सुकदेव यादवको रोहवरमा उपभोक्ता समिति समेत यसअघिनै गठन भैसकेको थियो । मन्दिरका लागि भनि डाकिएको बैठकमा वडा अध्यक्ष यादवले बाटो निर्माणका लागि भन्दै उपभोक्ता समिति गठन देखि योजना सम्झौता र खाता संचालन समेतको प्रस्ताव पारित गराएको स्थानीयहरु बताउँछन् । यद्यपी माइनोटमा तत्कालिन अवस्थामा उपभोक्ता समितिका पदाधिकारीहरुको नामावली भने रिक्त राखिएको उनीहरु बताउँछन् ।
गाउँपालिका स्रोतका अनुसार वडा मार्फत प्राप्त भएको सिफारिसमा उपभोक्ता समितिका पदाधिकारी सहितको निवेदन समावेश छ । जसमा कालोपत्रे सडक सम्झौता गराई पाउँ लगायतका विषय उल्लेख छ ।स्थानीयहरुले उपभोक्ता समिति गठन गर्दा पदाधिकारीहरुको नाम समावेश नगरी माइनोटमा हस्ताक्षर गराएको बताए । उनीहरुले बदनीयत पूर्ण तवरले आर्थिक चलखेल गर्न आफु पायकका व्यक्तिहरुको नाम राखी गाउँपालिकामा योजना संचालनका लागि सिफारिस गरेको बताए ।
देवराम मधेशीको बुझाईमा बनिसकेको सडकका नाममा थप रकम निकाल्न खोज्नु आर्थिक चलखेल गर्नु हो । बढी सडक बनेको आधार देखाउँदै पुरानो हिसाब मिलान गर्न भन्दै उपभोक्ता समिति गठन गरिनु कानुन विपरित हुने उनको तर्क छ । उनले सो विषयमा गाउँपालिकासँग जानकारी माग गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा उजुरी हाल्ने तयारीमा रहेको समेत बताए ।त्यस्तै अर्का स्थानीय बिन्देश्वर यादवले समेत वडाले चालेको प्रकृया गलत रहेको धारणा व्यक्त गरे । उनले उपभोक्ता समितिका पदाधिकारीहरुको नाम बेगरै माइनोटमा लेखिएका प्रस्ताव उपर हस्ताक्षर गराउनुले शंका उब्जाएको बताए ।
त्यसैगरी स्थानीय नेता समेत रहेका जोगेश्वर यादवले वडा अध्यक्षले गाउँपालिका अध्यक्ष सँग मिलेर रकम पचाउन पुरानो कामको बहाना गरी कागज मिलान गर्न खोजेको आरोप लगाए । उनले गलत कामलाई राम्रो भन्न नसकिने बताए ।
उपभोक्ता समितिको अध्यक्षमा वडाले नाम समावेश गरेका वालकृष्ण यादवले आफुलाई अह्राए अनुसारको कामकालागि अध्यक्षको पदमा बसेको प्रतिकृया दिएका छन् । यद्यपी उनले गर्न लागिएको भनिएको काम नियम संगत हो वा हैन् त्यसबारे आफुलाई जानकारी नभएको उनले अनभिज्ञता प्रकट गरे । उनले कालोपत्रे भैसकेको भएपनि सोही सडकको नाममा उपभोक्ता समिति बनाइएको बताउँदै त्यसको अध्यक्षमा आफुलाई राखिएको स्विकारे ।
सडक निर्माणको विषयमा गाउँपालिकाका इन्जिनियर आशिष साहले नियम विपरित गर्न लागिएको काममा आफ्नो साथ र समर्थन नरहेको बताए । उनले यस अघिनै निर्माण सम्पन्न भएको सडकमा कागजी स्टिमेट तयार पारेर नयाँ भुक्तानीका लागि प्रकृया अघि बढाउनु नियम विपरित हुने बताए । साहले सोही व्यहोराको फिल्ड प्रतिवेदन कार्यालय समक्ष बुझाइएको जानकारी समेत दिए ।इन्जिनियर साहले पुरानो काम सम्पन्न भई यस अघिनै भुक्तानी भैसकेको अवस्थामा त्यसबेला बढी काम भएको भन्दै यतिबेला थप भुक्तानी दिलाउन अपनाउन खोजिएको प्रकृया गलत र नियम विपरित रहेकाले त्यसको भागिदार आफुहरु नहुने स्पष्ट पारे ।
उक्त विषयमा वडा अध्यक्ष सुकदेव यादवले आफुहरुमाथि लगाइएको आरोप गलत भएको बताए । उनले पुरानो बाँकी रकम भुक्तानीकालागि गाउँपालिकाकै निर्णय बमोजिमको प्रकृया अघि बढाउन खोजिएको जवाफ दिए ।गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले भने ठेकेदारले बढी गरेको काम वापतको भुक्तानी पछि दिने भने बमोजिम भुक्तानीका लागि प्रकृया अघि बढाउन खोजिएको बताए ।
आफुलाई असहयोग गर्नेहरुले गलत हल्ला फैलाएको बताउने अध्यक्ष यादवले काम गरे वापतको भुक्तानी दिन खोज्नुलाई गलत व्याख्या गर्न नहुने बताए ।उनले बाटो बनिसकेको भएपनि बढी भएको कामको भुक्तानी दिन खोज्दा कर्मचारीबाट असहयोग भएको भने स्विकारे । उनले भने, परिषद्बाटै शिर्षक छुट्याई रकम विनियोजन भएको छ । त्यसैले पनि कर्मचारीले कागज मिलाएर भएपनि भुक्तानी दिनु पर्छ । उनले उपभोक्ता समिति गठन गरिएको विषय भने झुटो भएको बताए । अध्यक्ष यादवले टेण्डर प्रकृयाबाट आवश्यक प्रकृया अघि बढाउने तयारीमा रहेको बताए ।

उता प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले दबाबमा आएर गलत काम गर्न नसकिने प्रतिकृया दिएका छन् ।जबरजस्ती कागज मिलाएर काम गराउन खोजिएकाले कार्यालयले आफुलाई दिएको स्कुटी र अफिसको नाममा रहेको आफुले प्रयोग गरेको सिमकार्ड जिम्मा लगाएर हिंडेको घिमिरेले बताए । घिमिरेले यसअघि नै भुक्तानी लगायतका सबै प्रकृया सकिसकेको अवस्थामा सोही सडकलाई आधार मानी सम्झौता लगायतका प्रकृया अघि बढाउनै नसकिने बताए । घिमिरेले काम गर्ने सहज वातावरण नबने सम्म कार्यालयमा उपस्थित हुन नसक्ने समेत बताए ।
उता भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर तथा सुचना अधिकारी ओम प्रकाश साहले समेत बनिसकेको सडकको भुक्तानी लगायतको प्रकृया सम्पन्न भैसकेको अवस्थामा सोही सडकमा अर्को भुक्तानी दिन नमिल्ने बताए । कागजी आधार तयार पारी प्रकृया अघि बढाउन खोजिएको भए सरासर कानुन विपरित हुने उनले बताए । भोक्राहामा यसअघि समेत केहि कर्मचारीले दवाबकै कारण काम छाडेको जानकारहरु बताउँछन् । inaruwa online bat
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


