मंगलबारेमा विवाद भएपछि इटहरामा मदन भण्डारी ट्रमा सेन्टर बनाउन पहल
मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाहस्थित इटहरा स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी मदन भण्डारी अस्पतालका रुपमा विकास गर्न पहल सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय राजनैतिक अगुवासहित शनिबार भएको आम भेलाले उक्त स्वास्थ्य चौकीलाई मदन भण्डारी अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

१० नम्बर वडा अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको भेलाले अस्पताल स्थापनाको प्रक्रिया अगाडी बढाउन मदन भण्डारी अस्पताल स्थापना पहल समिति समेत गठन गरेको छ । १५ सदस्सीय पहल समितिमा नेकपा मोरङ जिल्ला कमिटी सदस्य मेघनाथ शर्मा कट्टेल अध्यक्ष र ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाई (गोपी) सचिव रहनु भएको छ ।
पहल समितिको सदस्यहरुमा वडा नम्बर ९ का वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङ, वडा नम्बर १० का वडा अध्यक्ष टंक ढकाल र ९ नम्बर वडा सदस्य देवी गौतम हुनुहुन्छ । त्यसैगरी देवीप्रसाद दाहल, डगेन्द्रकेश्वर ढकाल, टुकबहादुर कार्की, सागर पौडेल, रञ्जना अधिकारी, ठगेन्द्रप्रसाद न्यौपाने, बालकृष्ण ढकाल, अनिश कार्की, समिर सुवेदी र भित्रलाल मिश्र पनि पहल समिति सदस्यमा रहनु भएको छ ।
आम भेलालाई सम्बोधन गर्दै पूर्व मोरङ जिविस सदस्य एवम् नेकपा प्रदेश कमिटी सदस्य चन्द्रवीर राईले मुलुकको लोकतान्त्रिक आन्दोलनमा इटहराको बिशिष्ट योगदान रहेको भन्दै नेकपाको सरकारले यस क्षेत्रको न्यूनतम आवश्यकता परिपूर्तिमा ध्यान दिनुपर्ने बताउनुभयो । जननेता मदन भण्डारीको कर्म क्षेत्रका रुपमा रहेको इटहरामा उहाँकै नामबाट अस्पताल स्थापना गर्न आफूहरुले विगत केही वर्षदेखि निरन्तर पहल गरिरहेको पनि जानकारी दिनुभयो ।
औपचारिकरुपमा स्थानीयबासीका तर्फबाट २०७५ सालमा केन्द्र सरकार र प्रदेश सरकारमा अस्पताल स्थापनाका लागि प्रस्ताव पत्र पेश गरिएको नेता राईले बताउनुभयो । यी सबै पहलकदमी र प्रक्रियाहरुको बिषयहरु उल्लेख गरी राष्ट्रपति बिद्यादेवी भण्डारीलाई समेत ज्ञापन पत्र बुझाइएको उहाँले बताउनुभयो ।
पहल समितिका अध्यक्ष मेघनाथ शर्मा कट्टेलले अस्पताल स्थापनाका लागि आफूहरुले गरेको पहलमा पटकपटक सरकारी आश्वासन प्राप्त भएर पनि योजना स्विकृत नभएको भन्दै आफ्नै पार्टीको सरकारप्रति गुनासो व्यक्त गर्नुभयो । मुलुकको राजनैतिक इतिहाससँग जोडिएका स्थलहरुको संरक्षण–सर्वधन र विकासमा सरकारले महत्व दिनुपर्ने उहाँको भनाई छ ।
नेपाल कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्यान्त जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र उहाँकी धर्मपत्नी एवम् नेपालकी प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको कर्मथलोका रुपमा रहेको ऐतिहासिक गाँउ इटहराको पहिचानलाई थप प्रकाशित गर्न मदन भण्डारी अस्पतालको स्थापना गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो ।
भेलाका अध्यक्ष तथा १० नम्बर वडा अध्यक्ष टंक ढकालले मदन भण्डारी अस्पताल स्थापनाको पहल कसैको देखासिकी र सिको नभएको बताउनुभयो । उर्लाबारीको मंगलबारस्थित प्राथामिक स्वास्थ्य केन्द्रलाई सरकारले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने सरकारको निर्णयको विरोध गर्दै भइरहेको आन्दोलनको प्रसंग उल्लेख गर्दै वडा अध्यक्ष ढकालले आफूहरुले त्यसको फाइदा लिन नखोजेको जिकिर गर्नुभयो ।
इटहरामा मदन भण्डारीका नाममा अस्पताल सञ्चालन गर्न संविधान जारी भएदेखि नै पहल भइरहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “हामीले मदन भण्डारीको कर्मथलोमै मदन भण्डारी अस्पताल बनाउन खोजेका हौँ । निरन्तर पहल गरिरहेका छौ । प्रदेश सरकारले उर्लाबारी – ३ मंगलबारेस्थित मंगलबारे अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकाश गर्ने घोषणा गरेपनि काँग्रेससहित स्थानीय युवाहरुले विरोध गरेपनि इटहरामा पहल सुरु गरिएको हो । इटहरा जननेता भण्डारीको कर्मभूमी समेत हो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


