Spread the love


रुकुम । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरिएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको सन्दर्भमा जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत आइतवार दिउँसो रुकुम जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता भएको हो।

सरकारी वकिल कार्यालयले सो मुद्दामा युवती, उनका बुबाआमा, वडाध्यक्षसहित चौरजहारीका ३४ जनालाई प्रतिवादी बनाइएको छ।

घटनामा ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत बिभिन्न ४ वटा मुद्दा दर्ता भएको हो। मुद्धा दर्ता गरिएका ३४ मध्ये २९ जना हिरासतमै रहेको र ५ जना फरार रहेका छन् ।

घटनामा संलग्न भनिएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने एक जनालाई उक्त कसुरको मतियार अभियोग लगाइएको छ।

प्रहरीले मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस् अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको श्रोतले जनाएको छ।‘ पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस् बनाएर फालेको हाम्रो ठहर हो’, श्रोतले भन्यो।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए। १८ मध्ये १२ जना सम्पर्कमा आए पनि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। ३ जना सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो।

भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा फेला परेको थियो भने भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाहीको शव पछि फेला परेको थियो।

घटनाको अनुसन्धानमा केन्द्रीय प्रहरी इकाईको कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि त्यहाँ पुगेको थियो।

प्रहरी प्रतिवेदनका प्रतिवादीहरू

डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, नाम पविर्तन गरेर युवती, युवतीका बुबा, आमा, दाइ, एक जना नाबालकको पनि नाम परिवर्तित, इन्द्रबहादुर मल्ल, तिलक सन, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, दिपेन्द्र चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राणा, नविनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर, विष्णु मल्ल

फरार प्रतिवादी

तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा

रुकुम हत्याप्रकरण

डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

नवराजसहित ६ जना युवाहरुको हत्यामा सलंग्न ३४ जना आरोपित

१. डम्बरबहादुर मल्ल वडाध्यक्ष
२. डिल्ली मल्ल
३. तुलबहादुर मल्ल
४. प्रेमबहादुर ठकुरी
५. सन्तोष मल्ल
६. मोहन पुन मगर
७. मानबहादुर मल्ल
८. टोपबहादुर मल्ल
९. सर्वजित भन्ने सविन पुन
१०. नाम पविर्तन गरेर युवती
११ं वीरबहादुर मल्ल युवतीका बुवा
१२. आमा प्रकाशी मल्ल
१३. युवतीका दाई
१४ एक जना नाबालकको नाम परिवर्तन
१५. इन्द्रबहादुर मल्ल
१६. तिलक सेन
१७. इन्द्रबहादुर ठकुरी
१८. लिपेन्द्रकुमार मल्ल
१९. हर्कबहादुर मल्ल
२ं०. विनोद मल्ल
२१ं दिपेन्द्र चन्द
२२. नेत्रबहादुर मल्ल
२३. रेशमबहादुर मल्ल
२४. धनराज राणा
२५. नविनकुमार घर्ती
२६. विराज पुन मगर
२७. भीमबहादुर पुन
२८. रमित पुन मगर
२९. विष्णु मल्ल

फरार रहेका ५ जना

३०. तुलाराम घर्ती
३१. डिल्ली घर्ती
३२. लोकेन्द्र घर्ती
३३. सौरभ पुन
३४. भीमबहादुर बुढा