Spread the love


राम धामी

पाँचथर शरण डाँड्रा वडा नं ४ निवासी पिता खगेन्द्रकुमार माता हर्कमायाका कोखबाट बि. स. २०२९/०३/१० गतेका दिन दोस्रो छोराका रूपममा तिलबहादुर कार्कीको जन्म भयो। चौबिस औले छोरो जन्माएकाले छरछिमेकीहरू अलछिनो छोरो पाईस भनेर आमालाई बारम्बार बेइजत गरेको बुझ्ने भए पछि तिलबहादुर साँच्चै आफु अलछिनो नै भएको ठानि उ नौ वर्षको कलिलो उमेरमा मर्न भनि घरबाट हिडे। उस्ले सात चोटी सम्म आत्मा हत्या गर्ने प्रयास गरे तर उ बिफल भए। त्यस पछि गाँउँ छोडेर उ माग्दै खाँदै ओडारमा रात बिताउदै खाना खान नपाएको दिन पानी पिएर सुत्थे। यसरी पाँचथरबाट झापाको दमक बजार आई पुग्न उसलाई तिन महिनाको समय लाग्यो। त्यस बेला महिनामा दुई वटा दिवाबस मात्र काकडभिटाबाट (नेपाल) काठ्माण्डौका लागी जान्थे। त्यहि बेला “निशान दिवा यात्रु बस सेवा” को हुडमा बसेर चार दिनमा बि.स.२०३८/०९/१५ गते काठ्माण्डौ हालको पुरानो बस पार्कमा ओर्ले। पुसको अति जाडो र भोक प्यास लागेकाले कामको खोजिमा भौतारिदै बानेश्वरको एभरेष्ट होटल नजिक एउटा छाप्रि होटलमा भाड्राँ माज्ने काम पाए। पुसको अति चिसोको बेला भाँडा माज्दा हात खुट्टा सबै पानीले खाएर घाउ भए। औषधि गर्न पैसा माग्दा सम्म नदिए पछि सधै चिया पिउन आउने एक जना ग्राहकलाई उस्ले आफ्नो दुखेसो पोखे। ति ग्राहकले उसलाई खगेन्द्र नवजीवन अपाङ्ग केन्द्र जोरपाटी जान सल्लाह दिए। तर उनि सग त्यहाँ जाने भाडा पनि नभएकाले केहि बोल्न सकेन। केहि दिन पछि उस्ले एउटा यूक्ती निकालि त्यहाँबाट भाग्ने योजना बनाए। एक दिन दोकानमा भएको सबै चिनी चियापत्ती साझ परेपछि उसले पानीमा फ्याकिदिए। भोलि पल्ट बिहान साहुले उसलाई चिया बना, भने पछि उस्ले चिनी चियापत्ती छैन भन्ने उत्तर दिए। त्यस पछि साहुले चिनी चियापत्ती किन्न उसलाई रू पचास दिएर पठाएँ। त्यहि पैसा लिएर उ फरार भयो। त्यस पछि भौतारिदै उ जोरपाटीको खगेन्द्र नवजीवन अपाङ्ग केन्द्रको गेटमा मात्र के पुगेको थियो। त्यहाँको पालेले ढलको पानी छ्यापेर त्यहाँबाट उसलाई लखेट्यो। त्यहि दिन देखि उसले पेट पाल्नका लागी बौध्द, पशुपती, गुहेश्वरी आदी मन्दिरहरूमा भिक्षा माग्न थाले। अलि अलि गर्दै पैसा जम्मा भए पछि पलाष्टिकमा पोको पारि बोरामा हालि मान्छे डुब्ने खाल्डो खनि पैसालाई जमिन मुनि गाड्न थाले। बि.स. २०३८ साल देखि २०६३ साल सम्म गाडिएका पैसा २०६३/१२/२८ गते त्यो बेलाका ईन्सपेक्टर हाल एस पि जयराम सापकोटाका रोहवरमा सबै पैसा खाल्डो बाट झिकेर गन्दा ५,५१,०२५/०० पाँचलाख एकाउन्न हजार पश्चिस रूपैया जम्मा भएका रहेछ। त्यहि पैसाबाट उसले२०६८/१२/२९ गते काठ्माण्डौको गोकर्नमा Joint Disabled Unity Awaz Center चलाई १३ जना सडक बालबालिकालाई पालन पोसन गर्न थाले। १३ जना बाट हाल ४३ जना सडक बालबालिकाहरूको पालन पोसन र शिक्षा दिक्षामा आफुलाई समर्पित गर्दै अहिले पहिलो लटका सडक बालबालिकाहरू कक्षा १२ मा अध्यन गराउन सफल भएका तिलबहादुर कार्की आज ४३ जना सडक बालबालिकाका माता पिता बनेकाछन्। समाजले अपहेलना गरेका चौबिस औले तिलबहादुर कार्की आज यहि समाजका अगाडि आफु सामाजिक काम गरेर उदाहरणिय बनेकाछन्।