विश्वकर्मा कलाकार समाज, नेपालद्धारा आपतकालिन कलाकार राहत कोषको स्थापना

प्रकाश बराईली अभिब्यक्ति
काठमाडौं, नेपाल
विश्वको महामारीको रुपमा रहेका (कोभिड १९) कोरोना भाईरसले यतीबेला नेपालमा पनि धेरै ब्यक्तिहरुलाई दैनिक हात मुख जोड्न गाह्रो भएको छ । जस मध्य मजदुरहरु त झनै मर्कामा परेका छन् । साथै स्टेज कार्यक्रममा हिडेर जिविकोपार्जज गर्ने कलाकारहरु पनि मर्कामा परेका छन् । कोरोना भाईरसको महामारीले गर्दा स्टेज कार्याक्रमहरु पनि बन्द भएका छन् ।
अब सांगीतीक क्षेत्र कतातिर लम्किने हो कस्तो हुने हो थाहा छैन । यस प्रति सरकारले कुनै चासो देखाएको छैन । सरकारले त चुनावको बेला कलाकारहरुलाई प्रचारप्रसारको लागी मात्र प्रयोग गरेको पाईन्छ । भनिन्छ नि चाईदाको भाँडो नचाईदाको ठाँडो त्यस्तै गरेको छ सरकार । कलाकार राष्ट्रका गहना हुन् भन्छ । हुन पनि हो कलाकार राष्ट्रका गहना हुन् । किनकी गहना त चाहिदा लगाउने नचाहिदा झिकेर राख्ने गर्न मिल्छ । गहना त धितो राख्न पनि मिल्छ । सरकारले कलाकारलाई त्यस्तै गरेको छ ।
कलाकारलाई गहना है राष्ट्रको सम्पती सरह बनाउनुपर्छ । लकडाउनको बेला सरकारले गर्नुपर्ने काम बिभिन्न संघ संस्था र समाजसेबी ब्यक्तित्वहरुले गरिरहेका छन् । लकडाउनपछिको समयलाई मध्यनजर गर्दै विश्वकर्मा कलाकार समाज, नेपालले आपतकालिन कलाकार राहत कोषको स्थापना गरेको छ ।
यस कोषको स्थापना सोही संस्थाका उपाध्यक्ष राजन भुजेल विश्वकर्माले रु ७्र१५५ /- सहयोग गरी सुरु भएको हो भने सोही संस्थाका अध्यक्ष कृष्ण आँशु विश्वकर्माले राजन भुजेल विश्वकर्माको अभियानलाई समर्थन गर्दै रु ५०००/- सहयोग गरेका छन् । साथै चर्चित निर्दैशक एबं मोडल, सोही सस्थाका बरिष्ठ उपाध्यक्ष शंकर बिसीले आफ्नो जन्मदिको दिनमा राम्ररी जन्मदिन मनाउन नपाएकोमा दुख ब्यक्त गर्दै यस कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस बर्ष कोहोलपुर तिरै क्वारेनटाईनमा जन्मदिन मनाउने कुरा शंकर बिसीले जानकारी दिएका छन् । साथै जन्मदिनको अवसरमा बिभिन्न माध्यम तथा सामाजिक सञ्जालमा शुभकामना दिनेहरु प्रति आभार प्रकट गर्नुका साथै लकडाउनपछि काठमाडौं आएपछि सबै सँग भेटघाट गर्ने कुरा शंकर बिसीले जनाएका छन् । शंकर बिसी भन्छन् “आफु कोहोलपुर भएतापनि काठमाडौंमा मन छ ।” आपतकालिन कलाकार राहत कोषलाई अगाडी बढाउन सबैले सहयोग गरिदिनुहुन कृष्ण आँशु , राजन भुजेल बिश्वकर्मा र शंकर बिसीले अनुरोध गरेका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


