रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ : प्रचण्ड
रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेल नेतृत्वको समितिसँगको छलफलमा प्रचण्डले सत्यतथ्य पत्ता लगाएर हदैसम्मको कारबाहीको सिफारिस गर्न समितिलाई आग्रह गरे ।
जनयुद्धको आधार इलाकामा भएको दुखत तथा अमानवीय घटनाले आफूलाई लज्जाबोध भएको बताउँदै प्रचण्डले छानबिन समितिलाई आफू र आफ्नो पार्टीले सम्पूर्ण सहयोग गर्ने बताए ।
पौडेल नेतृत्वको छानबिन समिति भोलि स्थलगत अध्ययनका लागि रुकुम जाने तयारीमा छ । जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक रुकुम चौरजहारी नगरपालिका-८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए।
विकले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रुप लिएको थियो। केटा पक्षले केटीले बोलाएपछि आफूहरु लिन आएको बताएका थिए। तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएका थिए ।
केटी पक्षले भने लकडाउनको समयमा १९/२० जना आएर गाउँमा होहल्ला गरेका र गाउँलेहरुले सोधपुछ गर्दा भागदौड मच्चिएर घटना भएको दाबी गरेका छन्। घटनामा नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।
घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिसकेको छ । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सदनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सभामुख अग्नि सापकोटाले पौडेल नेतृत्वको समिति गठन गरेर ३० दिनभित्र सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


