Spread the love

पवन शाह
बिराटनगर /

सुनसरी को घुस्कीमा नेपाल भारत सिमा नाका सिल रहेको बेला अवैध रुपमा तसकरी गर्ने तस्कर र सशस्त्र प्रहरी बिच शुक्रवार रति झडप भएको छ ।

भारत बाट ५ बोरा सुर्ति नेपाल तर्फ़ ल्याईरहेको बेला सशस्त्र प्रहरी को टोलीले रोक्न खोज्दा झडप भएको हो । तसकरहरुले ल्याएको सुर्ति सशस्त्र प्रहरी बिओपि घुस्की बाट खटेको टोलिले नियंत्रणमा लिन खोज्दा त्यहाका स्थानियहरुले बिरोध गरेका थिए । तस्कहरुलाई संरक्षण दिन स्थानिय हरुको बिरोधका कारणले स्थिति नियंत्रण भन्दा बाहिर गरेपछी सशस्त्र प्रहरीले चार राउण्ड हवाय फ़ायर गर्नु परेको थियो । रतिको समयमा गाउमा तनाब बढे पछी कप्तानगंज बाट थप सशस्त्र प्रहरी सुरक्षाकर्मि बोलाई स्थिति नियंत्रणमा लिएको श्रोतले बताएको छ ।

सुवर्ण गापा कोरोना

तस्कर र सशस्त्र प्रहरीहरु बिच भएको तनाब को विषयमा आज सुनसरी जिल्ला का प्रमुख जिल्ला अधिकारी, जिल्ला का प्रहरी कार्यालय प्रमुखहरु र गाउ पालिका अध्यक्ष सबैजना बसी घट्नाको बारेमा बुज्दै घटना दोषीलाई कार्वाही हुनेगरी घटना मिलाएका थिए ।