प्रबासी नेपाली एकता मंच,साउदी अरब द्वारा अति पिडितहरुको नेपाल सरकार ले निसर्त:,निशुल्क उद्दार गर्नु पर्ने माग
subin sirpali

भाडादर पुनरावलोकन हुनु पर्ने….
प्रबासी नेपाली एकता मंच,साउदी अरब ले विदेश बाट उद्दार गरिदा अति पिडितहरु लाई निशर्त:,निशुल्क रुपमा उद्दार गर्नु पर्ने माग गरेको छ ।
नेपाल मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रबास कमिटि को रुप मा क्रियाशील मंच ले आज अध्यक्ष शिब राज जैसी र सचिब राजु खनाल द्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा खाडी मुलुकहरु लगायत मलिसियामा रहेका अति पिडितहरुको पहिचान गर्दै हरेक देशमा दुई या तिन उडान सरकार ले निशुल्क गर्नु पर्ने र स्वास्थ चेक जांच लाई सरल र सजिलो बनाउने तर्फ ध्यानाकर्षण गरेको हो ।
कोरोना भाइरस(कोबिद-१९) संक्रमण को कारण ले निम्तिएको संकटकालीन अवस्थामा साउदी अरब मा पिडित नेपालीहरु को सहयोग मा नेपाली दुताबास लगायत संघ संस्थाहरु ले राहतार्थ कार्य गर्दै रहेको स्मरण गर्दै नेपाल सरकार ले श्रमिक उद्दार को लागी जारी गरेको भाडादरसामान्य अवस्थामा भन्दा दुई गुणा महँगो देखिएको ले साउदी अरब बाटनेपाल फर्किन चाहने पिडित नेपालीहरु को लागि तोकेको हवाई भाडा एकदमै बढी र तिर्न सक्ने अवस्था नभएको हुँदा भाडादर तत्काल परिमार्जन गर्न माग गरेको छ ।
विदेश बाट हाल नेपाल फिर्दा स्वास्थ चेकजांच अनिबार्य भएको हुँदा साउदी अरब बाट नेपाल फिर्ता हुन् चाहने नेपालीहरु को परिक्षण शुल्क समन्धमा नेपाली दुताबास ले कुटनीतिक तवरले बार्ता गरेर सहज र सके सम्म निशुल्क या सहुलियत दर मा गराउन पहल गर्न समेत अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमणको कारण ले विदेश मा समस्यामा परेका नेपालीहरु को स्वदेश फिर्ति को लागी नेपाल सरकार ले ‘नेपालीनागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने समन्धी आदेश २०७७’ अनुसार प्रक्रिया अघि बढाएको छ । जसअनुसार हवाई भाडा,स्वास्थ परिक्षण शुल्क,नेपाल मा बस्दा लाग्ने क्वारेन्टाइन शुल्क र गाडी भाडा समेत यात्रु स्वयम् ले बेहोर्नु पर्ने हुन्छ ।
नेपाल सरकार ले उद्दार को लागी चार्टर फ्लाइट को प्रबन्ध गर्ने गरि केहि दिन पहिला हवाई भाडा सार्बजनिक भएको थियो सामान्य अवस्थामा भन्दा तेब्बर मूल्य सार्बजनिक भए पछी नेपाल सरकार ले उद्दार को नाम मा ब्यापार गर्दै रहेको,पिडितहरु लाई राहत नभई आहत पारेको भन्दै नेपाल सरकार को निर्णय को ब्यापक बिरोध भई रहेको छ । बिश्वब्यापी रुपमा ब्यापक जनादवाब पछी मूल्यमा केहि समायोजन पनि गरिएको थियो तर पनि पछिल्लो समायोजित मुल्य समेत धेरै भएको भन्दै बिरोध भई रहेको छ । यसै मेसोमा प्रबासी नेपाली एकता मंच,साउदी अरब ले पनि पिडित नेपालीहरु को पक्ष मा प्रेश बिज्ञप्ती मार्फत आवाज उठाएको देखिन्छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


