धरान / सुनसरीको धरान वजारक्षेत्रमा निस्किएको फोहोर चारकोशे जंगलमा लगेर अव्यवस्थित रुपमा थुपार्दा दुगन्धित भएर निस्किएको झिंगा, मछड जस्ता परजीवीहरुले धरानमा रोग निम्त्याउने सम्भावना देखिएको जंगल क्षेत्र नजिकका स्थानीयले गुनासो गरेका छन् । चारकोशे जंगलको सेउती खोला छेउमा जैविक, अजैविक फोहोर मैलाका साथै सिनोजन्य वस्तुहरु खुल्ला रुपमा थपार्दा दुर्गन्ध, झिंगा र मछड सलह जतिकै फैलिएको अवस्था भेटिन्छ । समय समयमा फोहोर मैला जलाउने गरेकाले जंगलमा निस्किएको धुँवाको मुस्लोले लामो समयदेखि यातायातमा सवार यात्रुलाई समेत कठिनाई हुने गरेको धरानका स्थानीयवासीले बताउँदै आएका छन् । चारकोश जंगलमा रहेको आ.यु.डि.पी. खानेपानी आयोजनाको भल्व रहेको पुर्वपट्टी जंगल क्षेत्रको सेउती खोला छेउको ठुलो ठाउँमा थुपारिएको सेताम्मे दुर्गन्धित फोहोर देख्न सकिन्छ । फोहोरमा सलह किरा झै भन्किएको झिंगा, लामखुट्टे र मछड लाखौं लाखको संख्यामा फैलिएको अवश्था छ । यसले धरानको वातावरणमा असर पु¥याउनका साथै रोग फैलन सक्ने सम्भावना पनि उतिकै चुनौतीका रुपमा रहेको देखिन्छ ।