कोरोना महाव्याधिमा मालामाल : सांसददेखि मन्त्रीसम्मको तलब बढ्यो, मुख्यमन्त्रीको अब ७१ हजार !

लखन चाैधरी
लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 7.1kShares

कोरोनाभाइरस (कोभिड– १९) महाव्याधिका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्यहरूसम्मको तलब भारी मात्रामा वृद्धि गरेको तथ्य बाहिर आएको छ ।
मुलुकमा कोभिड- १९ को पहिलो संक्रमित देखिइसकेको, तर लकडाउन शुरू हुनुभन्दा करीब २ साताअघि फागुन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मौजुदा तलबमा १६ देखि १८ प्रतिशतसम्म वृद्धि गरेको तथ्य बाहि
मन्त्रिपरिषद्को सो बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ संशोधन गरी सेवा सुविधा वृद्धि गरेको पाइएको हो ।
ऐनको अनुसूची संशोधन गर्दै मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री सहायक मन्त्रीको मौजुदा मासिक पारिश्रमिकमा १६.४५ प्रतिशतले वृद्धि गरिएको हो ।
अनुसूची संशोधनपछि अब मुख्यमन्त्रीको ७१ हजार, मन्त्रीहरूको ६३ हजार, राज्यमन्त्रीको ६० हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ५८ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्रीको ६० हजार ९७०, मन्त्रीहरूको ५४ हजार, राज्यमन्त्रीको ५१ हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ४९ हजार रहेको थियो ।
मन्त्रिपरिषद् बैठकबाट नै प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन, २०७५ को अनुसूची पनि संशोधन गरेको तथ्य खुलेको छ ।
प्रदेश सभाबाट संशोधन नगरी सोझै मन्त्रिपरिषद्बाट संशोधन गरी प्रदेश सभा सदस्यहरूको तलब १८ प्रतिशतले वृद्धि गरिएको हो ।
हेर्नुहोस्, मन्त्रिपरिषद्का निर्णयहरू :


संशोधित अनुसूची अनुसार सभामुखले ६४ हजार, विपक्षी दलको नेता र उपसभामुखले ५९ हजार ५ सय, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिले ५७ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकले ५७ हजार र प्रदेश सभा सदस्यले ५६ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् ।
यसअघि प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐन, २०७५ अनुसार सभामुखको ५५ हजार, विपक्षी दलको नेता र उपसभामुखको ५१ हजार, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिको ४९ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकको ४९ हजार र प्रदेश सभा सदस्यहरूको ४८ हजार मासिक पारिश्रमिक तोकिएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


