Spread the love
alt

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप आठ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

कोरोना रोग निको भई झापाका एक जना, सुनसरी भोक्राहाका तीन जना, ताप्लेजुङका तीन र पाँचथरका एक जना गरी जम्मा ८ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज भएका आठै जना पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । कोरोना निको भएर प्रतिष्ठानबाट अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ सय पुगेको छ ।

प्रतिष्ठानमा उपचाररत अझै २४ जना रहेको प्रतिष्ठानले जनाएको छ ।