बराहाक्षेत्रको प्रकाशपुरमा कोरोना सल्किने संभावना ः नगरपालिकाको लापरवाहीःकांग्रेसको आपती
इटहरी,प्रकाश ब्याकुल(पीबी)
बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर बजार क्षेत्रमा रहेको प्रकाश माबि परिसरमा बनाइएको क्वारेण्टाइनमा नगरपालिकाका जन प्रतिनिधीले राम्रोसंग ध्यान नदिदा कोरोना संक्रमणले प्रकाशपुरबासीलाई स्वतर बनाउने संभाबित खत्राप्रति नेपाली काँग्रेस पार्टीले चिन्ता ब्यक्त गरेको छ ।

लक डाउन खुकुलो बनाइएको मौका पारेर भारतको बिभिन्न स्थानबाट आफनो गृहेस्थानमा आएका झण्डै ६७ जना ब्यक्तिलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य निगरानी गर्ने कुरालाई कांग्रेसले स्वागत गरेपनि क्वारेनटाइनको न्यूनतम मापदण्ड पनि पालना गर्ने गराउने कुरामा स्थानीय सरकारको लापरबाहि देखिएको भन्दै नेपाली कांग्रेस बराहक्षेत्र १० न वडा समितीका सभापति तेजबहादुर गुरुङले बिज्ञप्ती निकालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । क्वारेनटाइनमा बसेका मान्छेहरु खैनी चुरोट किन्ने नाममा अब्यबस्थित रुपले बाहिर निस्किएर बजारमा खुलम खुल्ला डुल्ने गर्दछन। गाउंलेहरुले बिरोध जनाएपछि गुडुडु कुददै कोही पर्खाल नाघेर भित्र छिर्ने र कोही भित्रबाटै पर्खाल नाघेर बाहिर निस्कने गरेका छन। कम्पाउण्डवालको अगाडीबाट मात्र गेट रहेको र त्यहाँ २जना मात्र सुरक्षाकर्मी रहेका छन । पछाडी पटि कुनै सुरक्षा चेक छैन । सुरक्षाकर्मीहरु पनि निश्चित मापदण्डमा बस्नु पर्नेमा खुलम खुल्ला हिंडने र गाउंटोलका पसलहरुमा जाने गर्न थालेपछि जनता आतंकित छन । क्वारेनटाइनमा भातभान्साको लागिराखिएका कर्मचारीहरुले पनि खुलेआम सपिङ गर्न गाउंटोल छिर्ने गरेकोमा यो साह्रै खतरा हुने कुरा तर्फ कांग्रेस वडासमितीले ध्यानाकार्षण गराएको छ ।

लकडाउनको कारण बिपन्न बर्गमा परेको असरलाई लिएर नगरपालिका मार्फत वडाले गरेको राहत बितरण कार्यमा पनि गढबडी भएकोमा कांग्रेसले आपति जनाएको छ । प्रदेश सरकारको बिकास निर्माणमा बिपन्न बर्गका मान्छेलाई काम दिएर राहत दिंदा हुनेमा पनि त्यसो हुन नसकेको सभापति गुरुङको हस्ताक्षेरित बिज्ञप्तीमा उल्लेख छ । नगरले आउने आर्थिक बर्षको बजेट कार्यक्रम ल्याउंदा पनि प्रतिपक्षिलाई बाइपास गरेको प्रति कांग्रेसको अपती रहेको छ । शनिबारकादिन खुलेआम बजार चालु गरिदिएर नगरपालिकाले जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै कांग्रेसले कोबिड१९ प्रति बिश्वस्वास्थ्य संगठनले आब्हान गरेको न्यूनतम सुझाव समेतलाई बराहक्षेत्र नगरपालिकाले उलंघन गरेको भन्दै कांग्रेस वडासभापति गुरुङले अपती जनाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


