तालुखुइलेलाई कोरोनाभाइरसको खतरा धेरै ! मृत्युको सम्भावना पनि बढी

काठमाडौं। वैज्ञानिकहरुले तालुखुइले मानिसहरुलाई कोरोनाभाइरसको खतरा अधिक हुने र मृत्यु हुने सम्भावना पनि अधिक हुने बताएका छन् । वैज्ञानिकहरुका अनुसार कपाल झर्नुको पछाडिको कारक एस्ट्रोजोन हर्मोन हो । कोरोनाभाइरसका कैयौं सबैभन्दा खराब केसहरुमा पनि यही हर्मोनको सम्बन्ध पाइएको छ ।
अमेरिकाको ब्राउन युनिभर्सिटीका प्रोफेसर र अनुसन्धान टिमका प्रमुख लेखक कार्लोस वेम्बियरले बेलायती अखबार टेलिग्राफसँग भने ‘वास्तवमा हामी यतो मान्छौं कि तालु खुइलिने समस्याले कोरोनाभाइरसको गम्भीर खतराको संकेत दिन सक्छ ।’ यसअघि तथ्यांकहरुको विश्लेषण गर्दा पनि कोरोनाभाइरसबाट मृत्यु हुने पुरुषको संख्या महिलाको भन्दा अधिक पाइएको थियो । तालु खुइलिने समस्या पनि पुरुषहरुमा नै देखिन्छ ।
प्रोफेसर वेम्बियरले भने ‘हामीलाई लाग्छ एस्ट्रोजोन भाइरसको शरीमा प्रवेशका लागि गेटवेको काम गर्छ ।’ यो टिकले स्पेनमा यस विषयमा दुई अध्ययन गरेको छ । दुवै अध्ययनमा अस्पतालमा भर्ना हुने कोरोना पीडितहरुमध्ये तालुखुइलेको संख्या अधिक भएको पाइयो । मड्रिडका ३ अस्पतालमा भर्ना भएका १२२ बिरामीहरुमा गरिएको अध्ययनमा कोरोना पोजेटिभ देखिएका बिरामीहरुमध्ये ७९ प्रतिशत तालुखुइले भएको पाइयो ।
यो अध्ययनलाई अमेरिकन एकेडेमी अफ डर्मेटोलोजी जर्नलमा प्रकाशित गरिएको छ । स्पेनमै गरिएको एक अन्य अध्ययनमा पनि कोरोनाका ४१ बिरामीमध्ये ७१ प्रतिशत तालुखुइले भएको पाइएको थियो । यी अध्ययनहरुले तालुखुइलेहरुलाई कोरोनाभाइरबाट बच्न अधिक सतर्कताको आवश्यकता भएको देखाएका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


