नगरपालिकाका मेयरले रातीराती डुल्दै ब्यपारी कुटे
सुनसरी
इनरुवाबाट सब्जि लिएर चाराली झापा जाँदै गरेका उर्लाबारी नगरपालिका ७ घर भएका पवन चौधरी र गाडी चालक उनका भाईलाई १५ गतेका दिन राती साढे ११.००बजे सुनझोडा पूल वारी चेकिङ गर्ने ठाउंमा उर्लावारी नगरपालिकाका मेयर खडग फागोले कुटपिट गरेका छन ।

ब्यपारि पवन चौधरी उद्दोगबाणिज्य संघ उर्लाबारीका सदस्य पनि हुन । चेकिंग भईरहेको ठाउँ सुनझोडामा ७ जना प्रहरी,नगरपालिकाका मेयर फागो,उ.वा.संघ उर्लावारीका अध्यक्ष र पत्रकार सरोज बस्नेत पनि रहेका थिए भनि पीडित पवन चौधरीले बताएका छन । राती गस्ती गर्ने प्रहरीसंग मेयर,पत्रकार र ब्यपारीका नेतासंगै रहेकोबेला गाडी रोकेर प्रहरीले कहाँबाट आएको र कहाँ हिंडेको भनी सोधे पछि मेयरले सब्जी बोकेको बा.१५प ७३५२को गाडी चालक पवनको भाईलाई भकाभक लाती मुडकी र लाठीले हानेर घाइते पारेका थिए। भाइलाई त्यसरी कुटेपछि पवन स्वयमलाई पनि मेयरले तं को होस भन्दै भक्का भक हान्न थाल्दा प्रहरी मुक दर्शक बनेका थिए। घाइते भएका चौधरीका भाईलाई मेयर फागोकै गाडीमा हालेर उपचारको लागि अस्पताल लगेको बताइएको छ । राती गुण्डाको शैलीमा कुटपिट भएपछि मेयर बिरुद्ध आबाज उठेपनि ब्यापारसंघका मान्छे र पत्रकारहरुले घटना सार्बजानिक गर्न नदिई गुपचुप राखेको बताइएको छ । पीडितले पत्रकारसंग घटनाबारे बोलेको अडियो सुरक्षित छ ।पत्रकार बस्नेत संचार कल्व उर्लावारीका अध्यक्ष पनि हुन । रातीको समयमा मेयर फागोसंग हिडदै मान्छे पिटेको घटना टुलु टुलु हेर्ने पुलिस,पत्रकार,ब्यपारिका नेताको नियत के हो? पीडित चौधरीले यो अन्यायलाई किन सार्बजानिक गरेनन ? पहिला पनि लकडाउनको समयमा हिंडने सर्बसाधारणलाई मेयर फागोले प्रहरीसंगै राखेर लाठी हानेका थिए। के गणतन्त्रमा जनप्रतिनिधीको शासन शैली यस्तै हुनु पर्ने हो त? सर्बत्र प्रश्न उठेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


