नयाँ क्रान्तिको यात्रामा अघि बढौं ः दलितलाई कुटेर मार्दा पनि टुलुटुलु हेर्ने सत्ता जनताको सत्ता होइन
प्रकाश ब्याकुल
रुकुम जिल्लाको चौरहजियामा आफनी प्रेमिकाले बोलाए पछि साथिसंग गएका जाजरकोटका नबराज बिक प्रेमिका पक्षबाट अततायि ढंगले मारिएका छन । नबराज सानो जात भएकोले छोरीलाई बिहे गरेर लान नदिने भनि प्रेमिका सुस्मा मल्लका बाबुआमा लगायत वडाध्यक्ष सहित गाउंका जनताले नबराज लगायत ५ जनालाई मारेका छन ।

१ जना बेपत्ता छन । लखेटी लखेटी कुटेर मार्दा राज्य सत्ताको सरक्षक पुलिसले टुलु टुलु हेरेको छ । डोरीले बाँधेर कुटदै मरेपछि खोलामा बगाइएको छ । ठूलोजातकी छोरी बिहे गर्ने कामी हिम्मत भन्दै लिंगमा चोट दिएर ज्यान लिइएको राक्षेसी तान्डव देखिएको छ ।सत्ता संचालक पार्टीको नेता जनार्दन शर्माले फोनबाट आदेश दिदै दलित नरसंहार गर्न उक्साएको घटना प्रकृतिले पुष्टी गर्दैछ । नबराजसंग गएका १८ जना मध्ये १२ जनाले भागेर ज्यान बचाएका छन । उनीहरु सबै कुटपिटबाट घाइते छन। यो घटनामा २० जना बिरुद्ध नबराज पक्षले मुद्धा हालेको छ र १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सुस्मा मल्ल,उनका बाबुआमा,वडाध्यक्ष लगायत छन । यो घटना पछि देशब्यपि रुपमा दलितले खवरदारी आन्दोलन चर्काएका छन । सरकारले यस्तो घटनाका दोषीलाई कडा भन्दा कडा कार्बाही गरि पीडित पक्षका आफन्तलाई क्षेतिपुर्ति दिन माग गरेका छन । त्यति मात्र होइन मृतकहरुलाई शहिदको दर्जा दिन पनि माग चर्किएको छ । अमेरिकामा कालाजातीका एक ब्यक्तिलाई प्रहरीले यातना दिएर मारेको घटनाले अहिले अमेरिकामा रंगभेद बिरुद्ध आन्दोलन चर्कि रहदा नेपालमा जाती भेदको आन्दोलन जारी छ । दलितहरुले गैरदलित प्रति यस घटनालाई लिएर सामाजिक सन्जालमा बिभिन्न आक्रोसहरु पोखि रहंदा कतिपयले सिमा भन्दा बाहिर गएर आबाश्यक्ता भन्दा बढी बोली रहेका छन। कतिपय दलितहरुको अभिब्यक्तिलाई गैरदलितहरुले नसहने खालको पनि प्रतिक्रिया पनि देखिन्छ । गैर दलितहरुले दलितलाई पनि बढीनै हियाएर अभिब्यक्ति दिने गरेको पाइन्छ । अपराध अपराधै हो । अपराधी र अपराधको कुनै जात हुंदैन । जसले गल्ति गरेको छ उसले सजाय पाउनु पर्छ । जातसंग जोडेर अपराधीलाई बचाउने खालको अभिब्यक्ति कसैले दिन्छ भने त्यसलाई पनि कानुन लाग्नु पर्छ । एउटाले अपराध गर्छ अर्कोलाई उसको जातसंग जोडेर गाली गलौज पनि कसैले गर्नु हुंदैन । जो अन्यायमा परेको छ ।उसलाई न्याय मिल्नु पर्छ । जो दोषी छ उ कार्बाहीको भागिदार हुनै पर्छ । अहिले सत्ता पक्षका केही नेताहरुले पीडक पक्षलाई उचाल्ने र पीडितलाई दवाउने खालको अभिब्यक्ति दिने गरेको पाइएको छ । त्यो कदापी उचित हुंदैन । नेतृत्व तहमा बसेको मान्छेले त्यसरी एउटा पक्षलाई राहत र अर्कोलाई आहत पार्ने मनसायले बोलिदिदा आम सर्बसाधारणमा झन त्यस्तै खाले उछ्र्र्रिङखलताहरु मौलाउदै जान्छ । यस्तो कुराले सामाजिक सदभावलाई झन भडकाउंंछ । भडकिने र भडकाउने कुराले सभ्य समाजको निर्माणमा आघात गर्छ । यो बेला खासगरि नेताले होस पुरयाएर काम गर्नु उचित हुन्छ । तर यो शासन ब्यबस्थामा नेताहरुले दलितलाई न्याय दिने संभावना छैन । जालझेल र छलछाम गरि सत्तामा आएकाहरुले जनतालाई सभ्यताको मार्गमा हिडाउन सक्दैनन । मान्छेलाई मान्छेले जात सम्बन्धीको अबैज्ञानिक कुरा गरेर तल्लो भन्ने र कसैले आफु उच्च हुं भन्ने जुन चलन नेपाली समाजमा छ त्यो साह्रै निच र घटीया चलन हो । असभ्यताको पराकाष्ठा हो । धर्मको आडमा आफु उच्च हुं भन्ने समुदायले यो सब गरिरहेको छ । सत्ता संचालकहरुले यसलाई पहिलादेखि नै संरक्षण गरिरहेका छन ।घटनाबारे सत्य तथ्य छानविन गर्न दवाब दिन न्यायिक आबाज उठाउनेहरुलाई दमन गराउने, पत्रकारहरलाई घटना स्थल जान नदिने जुन काम यो सरकारले गरि रहेको छ । यसैबाट पुस्टि हुन्छ की यो सरकार बिभेदकारी उच्चजातीको संरक्षक हो दलित हत्यारा जातीय अंहकारबादीको मतियार हो । यो कुकामलाई नष्ट गर्न शासक बर्गले पहल गर्दैन । यसकोलागि ठूलो आन्दोलनको खाँचो छ । कथित उच्च भनौउदाहरुबाट सबैखाले तहतप्कामा रहेका कथित दलितहरु पीडत नै छन ।सार्बजानिक संजालहरुमा बर्षिन थालेका आक्रोसहरुलाई ब्यबस्थित गर्न एउटा दर्शन सहितको राजनीतिक अभियानको खाँचो देखिएको छ । कथित दलितहरु अब संधै दलित नै हौं भन्ने मानसिक्ताबाट माथि उठेर आफनो हकअधिकार र आत्म सम्मानकोलागि संघर्ष गर्दै नयाँक्रान्तिको सुरुआत गर्नु पर्छ । पार्टी तथा राजनीतिक शक्तिहरुसंग टांसिएर लामो समयदेखि दलितको नाममा भागभुरो बार्गेनिङ गर्ने परमपरा पनि तोडदै आफनो नैसर्गिक अधिकारकोलागि क्षमता सहितको मनोबिज्ञानले नयाँ खाले आन्दोलनको आँधिब्यहोरी सृजना गर्न अब उत्पीडितहरु चारैतिरबाट जुटनु पर्छ । मालिक रिसाउलाकी भन्ने त्रासबाट मुक्त भएर आत्मसम्मानको लडाईंकालागि कथित दलित नेताहरुले अहिले रहेको सबै पद तथा सेवासुबिधाहरुको लोभ नगरि त्याग गरेर आन्दोलनमा होमिइ जातीय अहंकारबादीहरुलाई परास्त गरि नयाँ शासन ब्यबस्थाको सुरुआत गरौं । छुवाछुतको पीडामा रुमलिएकाहरु ६०लाख बढी संखयामा रहेको तथ्यांक जीबीत छ । प्रतक्ष्य साथ दिने तथा साहनुभुति राख्ने सचेत गैर दलितहरुको संख्या पनि चाहिने जति नै रहेको अनुभुती भईरहेको अबस्था छ । यस्तो मलिलो अबस्थामा किन दलित नेताहरु आन्दोलनलाई ब्यबस्थि त गर्न पटि लाग्दैनन ? अचम्म लाग्दो कुरो छ । केही संख्याले बलीदानी दिनु परे पनि तयार हुनु पर्छ । ६०लाख जनता सडकमा उतारेर सत्ता प्राप्त गर्न सक्ने संभावना प्रष्ट छ । किन भने १९ दिने जनआन्दोलनमा सडकमा आउने ६०लाख थिएनन । यो सबैले देखे भोगेकै कुरा हो । तर पनि राजतन्त्र हटयो भने आज ६०लाख दलित सडकमा आउंदा यो जातीय अंहकारबादी जत्थाले भरिएको शासन सत्ता कसो नहटला ? यो साशन ब्यबस्था हटनु पर्छ । सबैखाले जनताको सहभागिता रहे मात्र त्यो सत्ता दिगो र बलियो हुन्छ । अहिले जातको कारण दलित लाई कुटेर मार्दा पनि टुलुटुलु हेर्ने सत्ता जनताको सत्ता होइन । जनताको वास्तबिक सत्ता प्राप्त भएपछि मात्र सभ्य समाजको निर्माण हुन सक्छ । सभ्य समाजको निर्माण नभए सम्म जातीय छुवाछुत जस्तो घृणित कार्यको अन्त्य हुंदैन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



