पत्रकारको गुमेको अबसर फिर्ता ल्याउन प्रेस युनियन जाग्योःबिरामी भएर नोबेल जाँदा आधा छुट
प्रकाश ब्याकुल
इटहरी पत्रकारहरुले स्वास्थ्य उपचारकोलागि नोबेल हस्पिटल बिराटनगर गएमा ५० प्रतिसत छुटमा उपचार हुने भएको छ । नेपाली कांग्रेस पार्टीको सिद्यान्तमा नैतिक समर्थन जनाउंदै आएको पत्रकारहरुको पुरानो संगठन प्रेस युनियनको सुनसरी शाखामा युवा पत्रकार पवन अधिकारी सभापति भएर जिम्मेवारी सम्हाल्न थालेपछि बिचार,सिद्यान्त अथवा आस्था राजनीति प्रति कुनै भेदभाव नगरी पत्रकारहरुको हकहितमा आक्रमक ढंगले काम थालेको छ । पहिला बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानसंग निशुल्क पत्रकार उपचार बिमाको ब्यबस्था भएकोमा नेतृत्वको कम्जोरीका कारण दिगो हुन सकेको थिएन ।

गणतन्त्र आउने साथ शुरुभएको सो बिमा ब्यस्था अनुसार पत्रकारले बार्षिक ५सय तिर्नु पर्दथ्यो त्यसो गर्दा सालभरी जुनसुकै रोगको उपचार तथा औषधी समेत निशुल्क थियो । पत्रकार महांसंघकै नेतृत्वले प्रभाबकारी भुमिका निर्बाह गर्न नसक्दा सो संझौता तुहेको थियो । नेतृत्वको कम्जोरीले गर्दा पत्रकारले गुमाएको सो अबसर पुन फिर्ता ल्याउन अहिलेको नेतृत्वले चासो नराखेको अबस्थामा प्रेस युनियनको संगठन मार्फत अधिकारीले नोबेल अस्पतालसंग बिना पैसा रोगको उपचार गराउंदा ५० प्रतिशत छुटको ब्यबस्था मिलाएकोमा यो दिगो हुनु पर्ने कुरामा श्रमजीबी पत्रकारहरु आसावाn छन ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।
‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’
एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।
सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर उक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एक बर्षपछि नबिकरण हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा युनियनको सिफारिस लिएर अस्पताल जानु पर्ने ब्यबस्था मिलाइएको अधिकारी बताउंछन। सिफारिस लिएर मात्र बिरामी पत्रकाले उपचार सेवा लिनु पर्ने बाध्यत्मक ब्यबस्थाले कताकता राजनीतिक रंग लगाउन खोजेको हो की जस्तो देखिएपनि अधिकारीले त्यस्तो आसयले संझौता नगरिएको दावी गर्दै भने हेर्नुस कसैप्रति भेदभाव हुंदैन , गरिइने छैन । सबै पत्रकार साथिहरुको सामुहिक हितमा काम गरेको हुं ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


