रुकुम घटनामा अत्याचार र विभत्स हत्या भएकै हो : माधवकुमार नेपाल

काठमाडौँ
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले रुकुमपश्चिम घटना दलित समुदायमाथिको अत्याचार र विभत्स हत्या नै भएको बताएका छन । घटनालाई ढाकछोप गर्न नमिल्ने, नवराज विकलगायत सबैले न्याय पाउनुपर्नेमा दुईमत नभएको र घटनालाई ढाकछोप गर्न नमिल्ने उनको भनाई छ ।
“रुकुम घटनाका बारेमा मैले बुझे त्यहाँ अत्याचार भएकै हो, विभत्स हत्या भएकै हो, ढाकछोप गर्न मिल्दैन, घटना मानवता विरुद्धको अपराध हो, दुःखदायी र निन्दनीय छ, छिटोभन्दा छिटो छानवीन गरी कारवाही प्रक्रियामा जानुपर्छ ।”
छुवाछूत मुक्तराष्ट्र घोषणा भएको १४ वर्षको अवसरमा जातिभेद विरुद्ध बिश्वमञ्च (ग्लोबल फोरम) ले मंगलवार आयोजना गरेको भर्चुअल संवादमा नेता नेपालले भने “रुकुम घटनाका बारेमा मैले बुझे त्यहाँ अत्याचार भएकै हो, विभत्स हत्या भएकै हो, ढाकछोप गर्न मिल्दैन, घटना मानवता विरुद्धको अपराध हो, दुःखदायी र निन्दनीय छ, छिटोभन्दा छिटो छानवीन गरी कारवाही प्रक्रियामा जानुपर्छ ।”
छुवाछूत दण्डनीय रुपमा अपराध घोषणा भइसकेको अवस्थामा विभत्स हत्यासम्मको घटनाहरु घट्नु निन्दनीय भएको नेता नेपालको भनाई छ । उनले भने “दलितमाथिको भेदले सीमा नाघेको छ ।” समाजमा महिला र दलितमाथि निक्कै भेदभाव भएको र त्यसमा पनि दलित र दलित महिलामाथि बढी भइरहको उनको दावी छ । “रुकुम घटना अत्यन्तै अमानवीय निन्दनीय हिंस्रक घटना हो, दोषीलाई कुनैपनि हिसावले छोड्ने कुरा आउदैन ।”
“रुकुम घटनाले राष्ट्रकै अनुहारमा कलंकको टिका लागेको छ, त्यो हटाउनुपर्छ । पार्टीभित्र कुरा उठाउछौं, छुवाछूतलाई एजेण्डा बनाउछौँ, छुवाछूत मुक्त शब्दबाट होइन कामबाट हुनुपर्छ, राज्यको सबै निकायलाई सक्रिय बनाउनुपर्छ, हामीकहाँ दण्डको प्रणाली कमजोर छ दण्डहिनताको एउटा कारण सजाय कम हो ।”
छुवाछूत अन्त्यका लागि राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनिक क्षेत्र तथा राज्यका निकायमा ठूलो परिवर्तन जरुरी रहेको नेपालको भनाई छ । पार्टी र राज्यले आफ्नो ठाउँबाट कारवाही गर्न नसक्दा प्रवृत्ति बढेर जाने भएकाले गम्भीरताका साथ लिनुपर्ने उनको भनाई छ । “पार्टीभित्र कारवाहीको बिषय बनाउनुपर्छ ।”
उनका अनुसार सामाजिक, राजनीतिक, आर्थिक सबै क्षेत्रमा भेदभाव छ । यसका लागि राज्य र जनप्रतिनिधिहरु सक्रिय हुनुपर्छ । छुवाछूत हटाउन ठूलो सामाजिक सांस्कृतिक क्रान्तिको आवश्यकता छ । शैक्षिक र सामाजिक अभियानमा जानुपर्छ । पाठ्यक्रममा सुधार गर्न जरुरी छ । सानैदेखि बालबच्चालाई भेदभाव गर्नुहुदैन भनेर पढाउन जरुरी छ ।
नेता नेपालले भने “रुकुम घटनाले राष्ट्रकै अनुहारमा कलंकको टिका लागेको छ, त्यो हटाउनुपर्छ । पार्टीभित्र कुरा उठाउछौं, छुवाछूतलाई एजेण्डा बनाउछौँ, छुवाछूत मुक्त शब्दबाट होइन कामबाट हुनुपर्छ, राज्यको सबै निकायलाई सक्रिय बनाउनुपर्छ, हामीकहाँ दण्डको प्रणाली कमजोर छ दण्डहिनताको एउटा कारण सजाय कम हो ।” फोरमको कार्यक्रममा दलित आन्दोलनका अगुवाहरुले नेता नेपाललाई प्रश्न गरेका छन ।
नेता नेपालले जारी गरेको प्रेस विज्ञप्ति
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा २०७७ जेठ १० गते भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त घटनामा परी ज्यान गुमाउनुहुने युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु । साथै, वेपत्ताको छिटो खोजी गर्न पनि अनुरोध गर्दछु ।
एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु हामी सबैका लागि लज्जाको विषय बनेको छ । यसलाई मैले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको छु । छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको छ । अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ । स्थानीय तहसम्म जननिर्वा्चित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएका छन् ।
मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु । साथै, छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु । kathmandu page bat
माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा
वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
१८ जेठ, २०७७
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


