Spread the love

अर्थमन्त्री युवराज खतिवडालाई बर्खास्त गर्न नेकपा भित्रै आवाज उठ्न थालेको छ । मन्त्री बनेको सुरुवाती दिन देखिनै नेकपाकै नेताहरुको तारोमा पर्दै आएका खतिवडालाई पछिल्लो समय थप अप्ठेरो पर्ने संकेत देखिएको छ ।

विवादीत एमसीसीको विषयलाई बजेटमा समावेश गरेपछि खतिवडा थप विवादीत बेनेका छन् । यसै बिषयलाई लिएर नेकपाकै कतिपय नेताहरुले खतिवडाको बखास्तीको माग गरेका छन् । नेकपाका युवा नेता तथा लेखक आरसी न्यौपानले समाजिक संजालमा एक स्टाटस लेख्दै खतिवडाको बर्खास्तीको माग गरेका छन् । उनले लेखेका छन्  ‘अर्थ मन्त्री खतिवडालाइ वर्खास्त गर एमसीसी भित्राएर सिङ्गो मूलुक अमेरिकाको चरणमा सुम्पन अहोरात्र खटेका र सामुदायिक बिद्द्यालयलाई निजीकरण गर्ने ध्याउन्नमा जुटेका राष्ट्रघाति /जनघाति अर्थ मन्त्री डा.युवराज खतिवडालाइ मन्त्री पदबाट तुरुन्त वर्खास्त गर्न नेकपा (नेकपा) ले सरकारलाइ दवाव दिन ढिलो गर्नु हुदैन ।’

यता शिक्षामन्त्री गिरीराजमणी पोखरेले शिक्षामन्त्रालयको स्विकृति विनानै अर्थमन्त्रालयले एक निजि विद्यालयले एक सामुदायीक विद्यालयको स्तर उन्नतीको जिम्मा लिनु पर्ने छ भन्ने बुँदा बजेटमा छिराएको भन्दै आपत्ती जनाएका छन् । यसबाट पनी अर्थमन्त्री माथी नैतिक दवाव बढेको छ ।