कांग्रेसका कार्कीसंग पत्रकार रिसाए
इटहरी prakash byakul
प्रेस संगठन प्रदेश न १ले एक बिज्ञप्ती प्रकाशन गरि प्रदेश न एकमा नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रमुख सचेत रहेका संसद केदार कार्कीले संसदमा बोलेको कुराको खण्डन गरेको छ ।
प्रदेश सरकारले पत्रकारहरुलाई कोरोना संक्रमण बारे जनहितमा जारी साबधानी सम्बन्धी सुचना प्रकाशन गराउन दिएको बिज्ञापन नाजायज भनि आलोचना गर्दै कार्कीले राजनीतिक पूर्बाग्राह राखेर संसदमा सरकारको बिरोध गरेका थिए । उनको यस्तो धारणाले प्रेस जगतलाई कुदृष्टिले हेर्ने पुरानै रोग कांग्रेसमा रहनु राम्रो होइन भन्ने आसय बिज्ञप्तीमा छ । संयोक राजन केडी र सहसंयोजक गणेश पोखरेलले हस्ताक्षेर गरेको बिज्ञप्ती यस्तो छ ।

कोरोना भाइरसको महामारीको कारण समग्र क्षेत्र प्रभावित बनेको बेला सञ्चार क्षेत्र पनि प्रभावित भएको छ । कोरोना महामारी नियन्त्रण गर्न गरिएको लगातारको लकडाउनको कारण संकट र जोखिममा परेका सञ्चारकर्मी र सञ्चार माध्यमका प्रमुख समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्छ । खासगरी साना लगानीका मिडियाको संरक्षण, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, प्रदेश स्तरीय आमसंचार प्रशिक्षण प्रतिष्ठान गठन । पत्रकारका लागि विद्युत, टेलिफोन, इन्टरनेटमा छुटको ब्यवस्था । कोरोना राहत पत्रकार कोष स्थापना । श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा, क्षमता विकास र क्लिनफिडको नीति कार्यान्वयन गर्न सरकारको ध्यनाकर्षण गराउँछौं । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको सन्दर्भमा यी विषय समेट्न हामी आग्रहसमेत गर्दछौं । कोरोना महामारीबाट नागरिकलाई सचेत गराउन र महामारी रोकथाम तथा नियन्त्रणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ । यसलाई ख्याल गरेर नै प्रदेश १ सरकारले प्रदेशका सञ्चार माध्यमलाई कोरोना सचेतना सन्देश उपलब्ध गराएर संकटको बेला थोरै भएपनि राहत उपलब्ध गराएकोमा हामी हार्दिक धन्यवाद दिन चाहन्छौं । यो रकम तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा प्रदेश पत्रकार महासंघले वितरण गरिरहेको सन्दर्भमा यसबारे उत्पन्न कतिपय विवाद अनावश्यक रहेको हाम्रो ठहर छ । प्रदेशका साना लगानीका र स्वारोजगारमुलक मिडियाले प्रदेश कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार नागरिकलाई सुसुचित गराउन दिएको रकमले सञ्चार माध्यम र सञ्चारकर्मीले थोरै भएपनि राहत पाएका छन् । तर, यसको बारेमा भ्रम छर्ने, गलत प्रचारबाजी गर्दै नेपाली काँग्रेसका प्रदेशसभा प्रमुख सचेतक केदार कार्कीले संसदमा दिएको अभिव्यक्ति आपत्तीजनक छ । सरकारको काममा आलोचना गर्ने विषय नपाएपछि सरकार र मिडियामाथि अनर्गल आरोप लगाएको स्पष्ट छ । कोरोनाबाट उत्पन्न संकट समाधानको लागि सरकारले अन्य क्षेत्र जस्तै पत्रकार र सञ्चारकर्मीलाई पनि राहत र सहुलित दिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग रहेको छ । यो अवस्थामा सञ्चार माध्यमले राहतकै रुपमा प्राप्त गरेको थोरै रकमको बारेमा अफवाह फैलाउनु, अनियमितता भएको आरोप लगाउनु र सरकारले मुख थुन्न रकम दिएको प्रचार गर्नु निन्दनीय छ । संकटको बेला आफ्नो भूमिका निर्वाह गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई हेर्ने नेपाली काँग्रेसको दृष्टिकोण के हो भन्ने प्रश्न पनि यो प्रकरणमा खडा भएको छ । यसबारे पनि स्पष्ट गर्न हामी सम्बन्धि दलको ध्यानाकर्षण गराउँदछौं । साथै संकटको बेला सक्रिय रहेका सञ्चार माध्यम र सञ्चारकर्मीलाई हतोत्साही बनाउने र बद ्नाम गर्ने काम नगर्न आग्रह समेत गर्दछौं ।
यसै गरि नेपाल पत्रकार महांसंघ प्रदेश नं१ले पनि बिज्ञप्ती निकालेर कांग्रेस सचेतक कार्कीले संसदमा बोलेको कुराले मिडिया जगत स्तब्द रहेको उल्लेख गर्दै जोखिम मोलेर जनताको सुसिचित हुने अधिकारमा अहोरात्र खटने संचारकर्मीहरुलाई कसैले हेलाहोचो गर्न नहुने कुरामा जोड दिएको छ । संघका अध्यक्ष बिक्रम लुईंटेल र महासचिब बिबेक गौतमले हस्ताक्षेर गरेको बिज्ञप्ती यस्तो छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


