Spread the love

Posted by Itahari Fm | error | १९ पटक

इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम लिएर उपमेयर लक्ष्मी गौतम सुत्केरीका घर घर पुग्नुभएको छ । इटहरी १० कि मनिषा सदा,सुस्मिता चौधरी,निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घर पुग्नुभएको हो ।लकडाउनका वेला स्थानीय सरकार घरमै आएपछि सुत्केरी,उहाँका परिवार र स्थानीयवासी समेत खुशि भएका छन । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताउनुभयो । लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका

विपन्न सुत्केरीलाई भेटेर आमा वच्चालाई कपडा,दाल,चामल,गेडागुडी,तेल लगायतका खादयान्न उपलब्ध गराइएको हो । इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न वर्गका सुत्केरी महिलाका घर घरमा पुगेर सुत्केरी भेट कार्यक्रम अन्र्तगत कपडा र पौष्टिक आहारा उपलब्ध गराउने गरिएको छ । लक डाउनका समयमा इटहरी अस्पतालमा सुत्केरी गराउन आउनेको क्रम वढेको छ । सुनसरी र मोरगका विभिन्न ठाँउवाट इटहरी अस्पतालमा सुत्केरी गराउन आउने गरेका छन । सुत्केरी भेट कार्यक्रम भने इटहरी भित्रका सुत्केरी महिलाहरुमा मात्र लागु हुदैआएको छ ।