लकडाउन केहि खुकुलो बनाउने बुढानिलकण्ठ विपद व्यवस्थापन समितिको निर्णय
- 28 Views
Spread the love
काठमाडौं ,जेष्ठ २०।
नगरपालिका भित्र संचालन हुने पसल तथा व्यवसायको लागि समय सिमा तोक्दै बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेको छ।
जेष्ठ २० गते बसेको सो बैठकले अत्यावस्यक सामाग्रीको ओसारपसार सहज बनाउने तथा निर्माण सामाग्री खरिद विक्रीको कामलाई खुकुलो बनाउने निर्णय गरेको सो बैठकले फेन्सी ,कपडा ,स्टेसनरी तथा विधुतीय सामाग्री विक्री वितरण गर्ने पसललाई बिहान १० बजे सम्म खोल्न दिने पनि निर्णय गरेको छ।
त्यस्तै उक्त बैठकले निर्माण मजदुर मर्मत संभार मजदुर आदिलाई साइकल ,मोटर साइकलमा हिड्ने दिने निर्णय गरेको समितिले नगरपालिकामा क्वारेन्टाइन स्थापनाको पनि निर्णय गरेको छ ।