लकडाउनमा नीजि विद्यालय खोले कानुनी रुपमा सम्बन्धन खारेज गर्ने चेतावनी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका समयमा विद्यालयहरु खोली पठन पाठन शुरु गर्ने भनि अघि बढेका नीजि विद्यालय सञ्चालकहरुलार्ई तीन वटा चेतावनी दिनुभएको छ ।
नीजि विद्यालयले २१ गते देखी विद्यालय सञ्चालन गर्ने तयारी गरीरहेका छन् । प्याव्सनले एक विज्ञप्ती निकालि २१ गतेबाट विद्यालय सञ्चालन गर्ने जानकारी गराईसकेको छ । यसै सन्दर्भमा नीजि विद्यालयले जवरजस्त रुपमा आफ्नो तरिकाले अघि बढेमा संगठन चुप लागेर नवस्ने चेतावनी दिँदै संयोजक महरले देशभर आफ्नो संगठनका साथीहरुलाई तीन वटा विकल्पको प्रयोगका लागि तयारी अवस्थामा बस्न समेत निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संयोजक महरले भन्नुभएको छ, ‘लकडाउनको बेलामा निजि स्कुलहरुले सरकारले अनुमती नदिएर जबर्जस्ति भर्ना प्रकृया अगाडि बढाएछन भने हामीसंग तीन ओटा बिकल्प हुनेछन:
पहिलो: नीजि स्कुलका सञ्चालकहरुले स्वबिबेकले यो निर्णय फिर्ता लिने र कोरोना संक्रमणको जोखिमबाट विद्यार्थीहरुलाई जोगाउने साथै जिम्मेवार नागरिकको रुपमा आफुलाई प्रस्तुत गर्ने ।
दोस्रो: यदि स्वबिबेकले नीजि स्कुलका सञ्चालकले यो निर्णय सच्याएनन भने सरकारले कानुन बमोजिम कार्बाही गर्ने र नीजि स्कुलका सञ्चालकलाई गिरफ्तार गर्ने ।
तेस्रो: माथिका दुवै बिकल्प कार्यान्वयन नभएको स्थितिमा विद्यार्थी संगठनले आवश्यकताका आधारमा तालाबन्दी गर्ने र अटेर गर्ने नीजि स्कुलको कानुनी रुपमा सम्बन्धन खारेज गर्न संघर्ष गर्ने ।

अब कुन बिकल्प रोज्ने नीजि स्कुलका मालिकहरुको मर्जी हजुर ! साथै तयारी अवस्थामा रहन अनेरास्ववियूका साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


